सुदुरपश्चिम समाज द. कोरिया द्वारा बनभोज तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिने

लोकराज पाण्डे/दक्षिण कोरिया:सुदुरपश्चिमबासिको साझा संस्था सुदुरपश्चिम समाज दक्षिण कोरियाले “आपसी एकता सामूहिक उत्तरदायित्व, सुप कोरियाको स्थायित्व” भन्ने मूल नाराका साथ यहि मिति २०२३ जुलाई २९ र ३० गतेका दिन “वृहत बनभोज तथा साङ्गीतिक कार्यक्रमको आयोजना” गर्न लागेको उक्त कार्यक्रमका संयोजक लोकराज पाण्डे ले जानकारी गराउनु भएको छ।
सुदूरपश्चिम बासीको एकता,सद्भाव भाइचारा अभिवृद्धिको साथै सुदूरपश्चिमकै ९ वटै जिल्लाका व्यक्ति हरुको एक अर्का सँग बलियो अनि प्रगाढ सम्बन्ध स्थापित गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको छ।उक्त बनभोज तथा साङ्गीतिक कार्यकममा नेपाल बाट आमन्त्रित लोक तथा आधुनिक चर्चित देउडा गायक उमाशंकर जोशी को साथ मा गायिका निरुता खत्री को बेजोड प्रस्तुति रहने भएको छ। उक्त कार्यक्रममा पुरुष र महिला को लागि क्रमशः ९०००० र ५०००० कोरियन वन प्रवेश शुल्क निर्धारण गरिएको छ ।
“वृहत वनभोज तथा सांस्कृतिक कार्यक्रम २०२३” सफल पार्नका लागि समाज मा आबद्ध सल्लाहकार, पधाधिकारी, सदस्य, खेलाडी सहित सुदुरपश्चिम लाई माया गर्ने पूर्व मेची देखि पश्चिम महाकाली सम्म का सम्पूर्ण दाजु भाइ तथा दिदि बहिनि हरुमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ।









