तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशनबाट गितासिंह गुरुङ नेतृत्वको कार्यसमिति चयन
बोम्जन गुरुङ १९ मार्च २०२३, सउल कोरिया:
गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा १९ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट गितासिंह गुरुङ (बिक्रम) गुरुङ अध्यक्ष रहने गरि २५ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो ।
संस्थाका शाखा अध्यक्ष कर्ण गुरुङको सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव सन्तोष गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमका प्रमुख ...
५ चैत्र २०७९, आईतवार १०:२५५ चैत्र २०७९, आईतवार १०:२५५ चैत्र २०७९, आईतवार १०:२५ by विशाल श्रेष्ठNo Comments
राजकुमार तामाङ सौल/ दक्षिण कोरिया:अब HANPASS बाट पैसा पठाउदा स्मार्ट फोन र स्मार्ट वाच पनि जीत्न सकीने भयको छ ! सस्तो छिटो र सजिलै पैसा पठाउन सक्नुको साथै अब पैसा पठाउदा थुप्रै उपहार पनि जित्ने सकिने HANPASS ले बताएको छ ! मार्केटिंग अफिसर बिष्णु गुरुङका अनुसार आउदै गरेको हामी नेपालीहरुको नया बर्ष २०८० सालको सुखद अवसरमा हानपास परिवारले सम्पूर्णमा ग्राहक मनुभावहरुको लागी अग्रिम रुपमा सुख, शान्ति, सम्वृद्धि एंव प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दै यस सुभ अबसरमा "हानपासबाट पैसा पठाउदा आफन्तलाई उपहार पनि" एवेंट लिएर आएको बताउनु भएको छ !
यो योजना अन्तर्गत नेपालमा पैसा पाउनेले नया बर्ष २०८० को अबसरमा LUCKY DRAW मार्फत अग्रिम रुपमा नया बर्षको गिफ्टको रुपमा २ जना भाग्यसालीले SAMSUNG स्मार्ट फोन र ५ जना भाग्यसालीले स्मार्ट वाच जीत्न सक्ने छन् ! यो योजना अबधि मार्च १ बाट मार्च ३१, २...
२ चैत्र २०७९, बिहीबार ०८:१८२ चैत्र २०७९, बिहीबार ०८:१८२ चैत्र २०७९, बिहीबार ०८:१८ by विशाल श्रेष्ठNo Comments
सन्तोष खड्का:सौल/ दक्षिण कोरिया ।
बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको आयोजनामा अहिले सम्मकै ठुलो धनराशीको प्रथम घुम्टे भलिबल कप २०२३ मे ७ मा आयोजना हुन गइरहेको बाग्लुङ समाज दक्षिण कोरियाथेगु शाखाले बताएको छ। टिम दर्ता शुल्क ४ लाख वोन मात्रै रहेको उक्त प्रतियोगिताका लागि टिम दर्ताको अन्तिम मिति अप्रिल ३० सम्म राखिएको छ।
उक्त प्रतियोगितामा बिजेताले २५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, उप बिजेताले १५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, सान्तवना ५ लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र(२ टिमलाई)र उत्कृष्ट खेलाडीलाई १ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।...
३० फाल्गुन २०७९, मंगलवार ११:४४३० फाल्गुन २०७९, मंगलवार ११:४४३० फाल्गुन २०७९, मंगलवार ११:४४ by विशाल श्रेष्ठNo Comments
एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् ।
लुम्बिनी — एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा बुद्धस्थलको पदयात्रा गर्दै उनीहरु यहाँ आइपुगेका हुन् ।
भारतका बोधगया, सारनाथ र कुशीनगर लगायत तीर्थस्थलको पदयात्रा गर्दै उनीहरु बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । भिक्षु छेसुङको नेतृत्वमा रहेका कोरियाली भिक्षु -भिक्षुणी भैरहवा लुम्बिनी सडकखण्ड अन्तर्गत दानव नदीबाट पदयात्रा गर्दै मायादेवी मन्दिर पुगेका थिए ।त्यहाँ उनीहरुले विश्व शान्तिका लागि प्रार्थना र मायादेवी मन्दिरमा पूजाआजा गरे ।
टोली बुधबार बिहान भारतस्थित बुद्धस्थल श्रँवस्तीका लागि पदयात्रा गर्दै जाने कार्यक्रम छ । फेब्रुअरी ९ तारिकदेखि पद...
२९ फाल्गुन २०७९, सोमबार ११:५९२९ फाल्गुन २०७९, सोमबार ११:५९२९ फाल्गुन २०७९, सोमबार ११:५९ by विशाल श्रेष्ठNo Comments
घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न
बिक्रम बज्यू , दक्षिण कोरिया:नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन आइतबार सम्पन्न भएको छ। “भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा सम्पन्न भएको चौथो अधिवेशन वाट सोम योन्जन सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन हुनुभएको छ।
किम्हे शहरको जि.के.एस हलमा सम्पन्न बुसान साखाको चौथो अधिवेशन वाट सोम योन्जन तामाङको नेतृत्वमा उपाध्यक्षमा धनजित वाईबा , उपाध्यक्षहरूमा धनराज पाख्रिन ,चित्र लामा, सबिता तामाङ, जिनस तामाङ र सोभा लामा चयन भए महासचिवमा नेत्र वाईबा चयन भए भने सचिवहरूमा जित बहादुर तामाङ, सम्राट लामा, प्रकाश लामा, सर्मिला तामाङ,छिरिङ लामालाई जिम्मेवारी दिए ।कोषाध्यक्षमा पुष्प मोक्तान , सह-कोषा...
२८ फाल्गुन २०७९, आईतवार १२:०१२८ फाल्गुन २०७९, आईतवार १२:०१२८ फाल्गुन २०७९, आईतवार १२:०१ by विशाल श्रेष्ठNo Comments
बिक्रम बज्यू /दक्षिण कोरिया: नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कोरियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ। ”संचारमा समावेशी आवाज ” भन्ने मुल नाराका साथ फोनिज कोरियाको तेश्रो अधिबेशन शनिवार बेलुको ८ बजे भर्चुअल जुम मार्फत सम्पन्न भएको हो ।
अधिबेशनबाट गोकुल थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । अध्यक्षमा गोकुल थोकुर सर्वसम्मत चयन भए भने ,वरिष्ठ उपाध्यक्षमा उत्तम खाजुम , उपाध्यक्षमा विशाल श्रेष्ठ चयन हुँदा कोषाध्यक्षमा अमिर योन्जन चयन भएको छ। त्यसैगरी सचीवमा विमल सिं लामा , सह-सचीवमा रोशन राई चयन भएको छ। भने सदस्यहरुमा क्रमशः बिक्रम बज्यु,राम बहादुर तामाङ,निश्चल काउछ,गेल्छिरी शेर्पा,उदय लामा ,लक्ष्मण थोकर , राम बहादुर थोकर र एडिन छन्त्याल चयन भएको हो ।
विशाल आवाज संग कुरा गर्दै नव निर्वाचित अध्यक्ष थोकरले भने 'तीन - तीन बर्षमा हुन पर्ने अ...
२७ फाल्गुन २०७९, शनिबार ०५:३६२७ फाल्गुन २०७९, शनिबार ०५:३६२७ फाल्गुन २०७९, शनिबार ०५:३६ by विशाल श्रेष्ठNo Comments
वर्दीमै रक्सीले मातेका प्रहरीले सडकमा ‘सलमान खान’ पोज देखाए
सप्तरीमा शुक्रवार एक प्रहरी जवानले दिउँसै रक्सीले मातेर सडकमा सर्कस देखाएका छन्। रक्सीले मस्त भएका उनले सडकमै वर्दी खोलेर सलमान खानले झै वडी प्रदर्शन गरेका थिए।
प्रहरी जवान सञ्जिवकुमार रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि बर्दी फुकालेर अशोभनीय हर्कत गर्न थालेपछि उनलाई हेर्न सर्वसाधारणको भिड जम्मा भएको थियो।
सर्वप्रथम उनले सडकमा उभिएर सवारी जाँच गर्न थालेका थिए। सामाजिक संजालमा सार्वजनिक भएको उनको भिडियो अहिले भाईरल भईरहेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत रायले नशामा लठ्ठ छन्। अर्धनग्न अवस्था रहेका उनले स्थानीयसँग वादविवाद गरिरहेका छन् । हातमा लठ्ठी लिएर यताउत्ता दौडिरहेका उनी भिडियो खिचिरहेकाहरुलाई संकेत गर्दै ‘तैले भिडियो खिचेर केही हुँदैन’ भन्दै चुनौती दिन्छन्।
‘खिच–खिच, म...
२६ फाल्गुन २०७९, शुक्रबार १४:२४२६ फाल्गुन २०७९, शुक्रबार १४:२४२६ फाल्गुन २०७९, शुक्रबार १४:२४ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ :काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेपलान्चोक जिल्लाको १३ वटै स्थानीय तहका ३५ वटा विद्यालयमा अध्ययनरत झण्डै ६०० गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेको छ।
काभ्रे सम्पर्क समिति दक्षिण कोरिया संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा आर्थिक स्थिति कमजोर विद्यार्थीहरुलाई स्कुल ब्याग, क्याल्कुलेटर, ज्यामिति बक्स, कापी ,डट्पेन,पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको थियो। शैक्षिक सामाग्री बितरणका लागि संस्थाले १३ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुनेगरी छुट्टाछुट्टै संयोजक चयन गरेर मापदण्ड निर्धारण तथा जिम्मेवारी बाँडफाँड गरेका थिए ।
जिल्लाभरिको ७ गाउँपालिकामध्ये प्रत्येक गाउँपालिकाबाट ३/३ वटाको दरले विद्यालय छनोट गरि, जिल्लाको तुलनात्मकरुपमा सुगम रहेको ३ वटा नगरपालिकाबाट १/१ वटा मात्र विद्यालय छनोट गरेको थियो...
२२ फाल्गुन २०७९, सोमबार १३:५०२२ फाल्गुन २०७९, सोमबार १३:५०२२ फाल्गुन २०७९, सोमबार १३:५० by विशाल श्रेष्ठNo Comments
गोकुल थोकर/फोनिज कोरिया, कान्तिपुर:कोरियाली सरकारले हप्तामा ५२ घण्टाभन्दा बढी कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियमअनुसार कम्पनीले चाहे बढी समय पनि काम लगाउन सक्ने भएको छ ।
सन् २०१८ मा सुरू गरिएको हप्तामा ५२ घण्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै रोजगारदाताहरूको विरोधका कारण ठूला कम्पनीहरूमा लागू भए पनि सन् २०२१ देखि मात्रै सबै कम्पनीहरूमा लागू भएको थियो ।
नयाँ नियमअनुसार कम्पनीहरूले साप्ताहिक मात्र नभई मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक आधारमा ओभरटाइम व्यवस्थापन गर्न सक्नेछ । कम्पनीमा धेरै काम हुँदा दिनमा १३ घण्टासम्म र हप्तामा ६९ घण्टासम्म काम लगाउन सक्नेछन् । त्यस्तै चौमासिक १४० घण्टा, अर्धवार्षिक २५० घण्टा र प्रतिवर्ष ४४० घण्टा काम लगाउन सक्नेछन् । तर कामदारले दैनिक ११ घन्टा आराम अनिवार्य गरिने नियममा उल्लेख छ ।
यसअघिको मुन...
२१ फाल्गुन २०७९, आईतवार ०३:२८२१ फाल्गुन २०७९, आईतवार ०३:२८२१ फाल्गुन २०७९, आईतवार ०३:२८ by विशाल श्रेष्ठNo Comments
पासाङ याङ्जीलाई पन्ध्रौं संस्कारणको मिस तामाङ उपाधि
काठमाडौं–मिस तामाङ २०२३ को उपाधि पासाङ याङ्जी वाइबा तामाङले पहिरिनुभएको छ । १४ प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुली कमलामाई वडा ९ की याङ्जी १५ औं संस्करणको मिस तामाङको ताज पहिरन सफल हुनुभएको हो ।
मम्स इन्टरनेसनल नेपालले आयोजनामा राष्ट्रिय सभागृहमा शनिवार साँझ आयोजित ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै अन्तिम ५ मा पुग्नुभएका उहाँले निर्णायकले सोधेको प्रश्नको उत्तरबाट निर्णायकको मन जित्नुभएको हो ।
अश्लील साइटहरु प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छ ? भन्ने निर्णायकको प्रश्नमा उहाँले जो मान्छेसँग मोबाइल र नेटको पहुँच नै छैन उनीहरुबाट पनि बलात्कारका घटना हुने गरेको भन्दै अश्लील साइट बन्द गर्नुभन्दा नैतिकता शिक्षाको आवश्यक रहेको तर्क गर्नुभएको थियो ।
मिस डिसिप्लेनको टाइटलसमेत हात पार्नुभएका उहाँलाई प्रमुख निर्णायक नायक रम...