Advertisement
Advertisement

दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो “जारी” आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी

Advertisement
Advertisement

दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो “जारी” आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी

विशाल श्रेष्ठ/दक्षिण कोरिया:इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको सउल दोङ्देमुनको नजिकै हाउसफुलका साथ तर विवादस्पद तरिकामा प्रदर्शन सम्पन्न भएको छ।

नेपालमा नेपाली नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागेको हो। चलचित्र “जारी”सउल सो हेर्न उपस्थित अधिकांश दर्शक हरुले व्यवस्थापन फितलो रहेको गुनासो गरेका थिए । न त हलको पर्दा राम्रो छ न त साउण्ड सिस्टमनै न त पिक्चर क्वालिटी न त कुर्सि हरु नै गतिलो आयोजकहरुले धेरै कुरामा बिचार पुर्याउनु पर्ने दर्शक हरुले बताएका हुन्।

चलचित्र प्रदर्शनको अबस्थाको केहि तस्बिरहरु:

कोरियाको अन्य शहरहरुमा पनि प्रदर्शन हुन बाकी नै भएका कारण आयोजक जवाफदेही हुन पर्ने दर्शक को भनाइ छ। यत्रो ११ बर्ष कोरियाको बसाईमा धेरै चोटी नेपाली मुभीहरु हेर्न गएको तर आज हेरेको जारी हेर्दा जस्तो झुर र फितलो ब्यबस्थापन अहिले सम्म नदेखेको क्रेज बढि छ भन्दैमा बिहेको भोजमा जसरी कुर्सी राखेर पैसा बचाउ अभियान गर्नु त भएन नि यार!त्यत्रोमान्छे आउछ भन्ने थाहा पक्कै पनि थियो होला !कि त २ सो चलाउन पर्थ्यो कि अलि १/२ लाख बढि तिरेर गतिलो हलमा पनि लगाउन सकिन्थो होला!पैसा कमाउ तर त्यसरी पनि होइन कि दोस्रो पल्ट कुनै प्रोग्राम नै गर्न नपर्ने जस्तो ! भनेर एक दर्शकले त फेसबुकमा आक्रोश नै पोखेका छन् यस्तै आक्रोश पोख्ने दर्शक समग्रमा धेरै छन्।

दर्शकहरुको उत्साहजनक सहभागिता तस्बिर:

कस्तो छ त चलचित्र जारी??

हांग्मा (मिरूना मगर) र नामसाङ (दयाहाङ राई) दम्पत्ति हुन्।

फिल्मको सुरूआतमै दयाहाङको एक संवाद छ– ‘मेरो घरमा त के अबासी भयो। न भैंसी ब्याउँछ न मान्छे।’

बिहे भएको पाँच वर्ष भए पनि उनीहरूको बच्चा जन्मिएको छैन। यही निहुँमा नामसाङले श्रीमतीलाई ‘थारी आइमाई’ भन्दै गाली गर्छन्। त्यसपछि दुवै जनाबीच झगडा पर्छ। आफूलाई लात्ताले हान्न लागेपछि हांग्माले घर छाडेर माइत जाने निर्णय गर्छिन्। 

तर उनी आफूलाई श्रीमान लिन आउने आशमै हुन्छिन्। एक दिन मेलामा अर्काे युवकले पालाम जितेर हांग्मासँग विवाह गर्छन्। पालाम लिम्बू समुदायको लोक गीत हो। यो विभिन्न सांस्कृतिक जमघट, विवाह, चाडपर्व जस्ता कार्यक्रममा गाइन्छ।

हांग्माले अर्को बिहे गरेपछि नामसाङलाई जारी तिर्नुपर्ने हुन्छ। तर माइती गरिब भएको कारण तिर्न सक्दैनन्। जारी तिर्न नसकेपछि हांग्मा नामसाङको घरमा नोकर भएर बस्न तयार हुन्छिन्। 

यो जारी प्रथाको मात्र होइन, जारी तिर्न नसक्दा नोकर बन्नु परेको घटनाक्रमको कथा हो।

निर्देशक उपेन्द्र सुब्बाले लिम्बू समुदायको प्रेम कथालाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन्। फिल्म त्रुटिबिहीन भने छैन।

जारी तिर्न नसकेर नोकर बनिरहेकी हांग्माका श्रीमानलाई देखाइएको छैन। यसबीच उनले हांग्माको बारेमा किन खोजी गरेनन् भनेर जवाफ दिइएको छैन।

लिम्बू समुदायमा वैवाहिक सम्बन्धमा बस्ने कि नबस्ने भन्ने निर्णय लिने अधिकार महिलालाई दिइन्छ। यस फिल्ममा पनि हांग्मालाई उक्त अधिकार दिइएको छ। तर पितृसत्तात्मक सोच नै हाबी देखिन्छ। माइतीले जारी तिरेर घर फिर्ता लैजाँदा हांग्मा के चाहन्छिन्, सोधिएको छैन।

फिल्ममा अभिनेत्री मिरूना मगरले राम्रो अभिनय गरेकी छन्। उनी लिम्बू समुदायको परिवेशमा घुलमिल भएकी छन्। फिल्ममा दयाहाङदेखि विजय बरालसम्म सबै कलाकारको राम्रो अभिनय छ। 

फिल्मले कहिले हसाउँछ, कहिले रूवाउँछ। केही दृश्य हँसाउनकै लागि पनि राखिएको छ। भैंसीलाई राँगो लगाउने दृश्य र संवाद यसको उदाहरण हो। फिल्ममा बारम्बार जनावर र महिलाको तुलना गरिएको छ। 

कथा भने सुस्त रूपमा अगाडि बढ्छ। त्यसैले पहिलो हाफमा अल्छी लाग्न सक्छ। दोस्रो भागले दर्शकलाई निराश गराउँदैन।

फिल्मको छायांकन सरल छ सेतोपाटी वाट

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!Ahoj, jmenuji se Jan Novák a rád bych se s vámi podělil o svou zkušenost...

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?Dobrý den, jmenuji se Martin Novák a dnes se s vámi podělím o své ...

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×