Advertisement
Advertisement

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले “Nepal Korea Driving License” नामक मोबाइल एप सार्वजनिक गरेका छन्। सन् २०१७ मा EPS मार्फत कोरिया आएका थिङले नेपाली समुदायको आवश्यकतालाई मध्यनजर गर्दै उक्त एप निर्माण गरेका हुन्।

हाल कोरियामा नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी E-7 भिसा भएकाहरूले नेपाली ड्राइभिङ लाइसेन्सको आधारमा बिना लिखित परीक्षा नै कोरियन लाइसेन्समा ट्रान्सलेट गर्न पाउने व्यवस्था भए पनि अन्य भिसा भएका नेपालीहरूले भने नेपाली लाइसेन्स भए पनि अनिवार्य रूपमा लिखित परीक्षा दिनुपर्ने अवस्था छ। साथै, कोरियामै पहिलोपटक ड्राइभिङ सिकेर लाइसेन्स निकाल्न चाहने नेपालीहरूका लागि पनि लिखित परीक्षा चुनौतीपूर्ण बन्ने गरेको छ। यही कठिनाइलाई सहज बनाउने उद्देश्यले थिङले अंग्रेजी र नेपाली भाषामा तयारी गर्न मिल्ने एप तयार गरेका हुन्।

उनका अनुसार धेरै नेपालीहरूलाई कोरियन भाषामा परीक्षा तयारी गर्न कठिन हुने भएकाले एपमा नेपाली भाषामै प्रश्न–उत्तर, अभ्यास सेट, ट्राफिक संकेतको व्याख्या तथा मोक टेस्ट समावेश गरिएको छ। यसअघि केही व्यक्तिहरूले नेपाली भाषामा पुस्तक प्रकाशन गरे पनि पुस्तक सधैं साथमा बोकेर हिँड्नुपर्ने तथा जहाँसुकै सहज रूपमा अध्ययन गर्न नसकिने समस्या रहेको उनले बताए। मोबाइल एपमार्फत भने जुनसुकै समयमा, जहाँबाट पनि तयारी गर्न सकिने उनको भनाइ छ।

हाल यो एप iPhone को iOS प्लेटफर्ममा मात्रै सार्वजनिक गरिएको छ। Android संस्करणको प्रक्रिया अन्तिम चरणमा रहेको र आगामी एक हप्ताभित्र सार्वजनिक गरिने थिङले जानकारी दिएका छन्।

थिङले यसअघि पनि दुईवटा एप सार्वजनिक गरिसकेका छन्। नेपाली समुदायलाई उपयोगी डिजिटल माध्यम निर्माणमा उनी निरन्तर सक्रिय रहँदै आएका छन्। 𝐀𝐩𝐩𝐬 𝐜𝐥𝐢𝐜𝐤 𝐡𝐞𝐫𝐞

https://apps.apple.com/kr/app/korean-driving-test-in-nepali/id6769035483?l=en-GB

Screenshot
Screenshot

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?Witam! Nazywam się Michał Kowalski i jako ekspert w dzie...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×