Advertisement
Advertisement

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्रथम पोखरा फुटसल कप २०२६” आयोजना हुने भएको छ। कास्की एफसीको प्रस्तुति तथा कास्की परिवार दक्षिण कोरियाको आयोजनामा प्रतियोगिता आगामी जुन १४ तारिख आइतबार सञ्चालन हुन लागेको हो।

नेपाल फुटबल महासंघ कोरियाको मुख्य सहजीकरणमा “एकता हाम्रो पहिचान, स्वास्थ्य हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुने उक्त प्रतियोगिता छनान् स्थित मेचीअप फुटसल फिल्ड (천안시 동남구 신방동 645-1) मा हुने आयोजकले जनाएको छ।

कास्की परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष सन्तोष गुरुङका अनुसार प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली खेलाडी तथा फुटबलप्रेमीहरूलाई एउटै मैदानमा जोड्दै खेलकुदमार्फत सामुदायिक सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

संस्थाका संरक्षक खोम प्रसाद गुरुङले विभिन्न क्षेत्रका नेपाली फुटबल टोलीहरूको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्दै प्रतियोगिताले प्रवासमा नेपाली समुदायबीच सद्भाव र सहकार्यको भावना थप मजबुत बनाउने बताए।

प्रतियोगितामा विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित ३५ लाख कोरियन वोन प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई २० लाख कोरियन वोन पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही ४ लाख कोरियन वोन पुरस्कार दिइने आयोजकले जनाएको छ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही १ लाख कोरियन वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक सुवास गुरुङले जानकारी दिए।

प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन निर्धारण गरिएको छ भने टिम दर्ताको अन्तिम मिति जुन ७ तारिख साँझ ५ बजेसम्म राखिएको छ। आयोजकका महासचिव चिरञ्जीवी केसी (रोहन) का अनुसार Hana Bank को खाता नम्बर 84091000984904 (खातावालाको नाम: 카스키 패밀리 코리아) मा शुल्क जम्मा गरी सहभागिता सुनिश्चित गर्न सकिनेछ।

फेन्तेकस्थित महारानी थकाली रेष्टुरेन्ट मुख्य प्रायोजक रहेको प्रतियोगितामा NSER Korea Multi Consultant र लुम्बिनी रेष्टुरेन्ट एण्ड बारले समेत सहकार्य गरेका छन्। प्रतियोगितालाई सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, फुटबल क्लब, खेलाडी तथा खेलप्रेमी नेपालीहरूलाई आयोजकले सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ।

सम्पर्क : * Rup Gurung : 010-7358-0362 * Subash Gurung : 010-2117-0196 * Subash Thakuri : 010-5934-1480 * Santosh Gurung : 010-2153-288

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?Jmenuji se Martin Novák a dnes se podíváme na online kasino 22...

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den Shop

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den ShopMein Name ist Lukas Müller, und ich möchte Ihnen heute das ICE Ca...

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?Jsem Jan Novák, odborník na online hazardní hry a hrá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×