दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो "जारी" आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी
विशाल श्रेष्ठ/दक्षिण कोरिया:इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको सउल दोङ्देमुनको नजिकै हाउसफुलका साथ तर विवादस्पद तरिकामा प्रदर्शन सम्पन्न भएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागेको हो। चलचित्र "जारी"सउल सो हेर्न उपस्थित अधिकांश दर्शक हरुले व्यवस्थापन फितलो रहेको गुनासो गरेका थिए । न त हलको पर्दा राम्रो छ न त साउण्ड सिस्टमनै न त पिक्चर क्वालिटी न त कुर्सि हरु नै गतिलो आयोजकहरुले धेरै कुरामा बिचार पुर्याउनु पर्ने दर्शक हरुले बताएका हुन्।
चलचित्र प्रदर्शनको अबस्थाको केहि तस्बिरहरु:
कोरियाको अन्य...
१० बैशाख २०८०, आईतवार १३:०३१० बैशाख २०८०, आईतवार १३:०३१० बैशाख २०८०, आईतवार १३:०३ by विशाल श्रेष्ठNo Comments
"छक्का पन्जा-४" MOKPHO SHOW सफलताको साथ प्रदर्शन सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "स्वास्थ नै धन हो भन्ने नाराको" साथमा खेल विकासको निम्ति Mokpo FC VC Nepal , मोक्पो साम्हो साझा चौतारिको समर्थनमा अप्रिल २३ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" , कोरियाको ठुलो सहर मोक्पोमा भव्यताका साथ प्रदर्शन सम्पन्न गर्ने भएको छ।
दक्षिण कोरियाको MOKPHO सहर स्थित samho-eup office seobu branch/ Hyundai samho Lotte super (한마음 가정의원) मा प्रदर्शन भएको छक्का पन्जा-४ चलचित्रलाइ पनि माया गर्न र मनोरञ्जन लिएर चलचित्र कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि धेरै मात्रामा मोक्पोमा रहनुभएका व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा उपस्थिति रहेको थियो ।
मोक्फो सो को केहि तस्बिरहरु:
चलचित्र छक्कापञ्जा ४ दक्षिण कोरियाको राजधानी सउल,इक्सान,जिन्छन्...
१० बैशाख २०८०, आईतवार १२:५५१० बैशाख २०८०, आईतवार १२:५५१० बैशाख २०८०, आईतवार १२:५५ by विशाल श्रेष्ठNo Comments
ब्लकबस्टर चलचित्र जारी (मुगुक शो) मे ०७ मा हुने
बोम्जन गुरुङ
२३ अप्रिल २०२३, कोरिया
पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र "जारी" यही आउँदो मे ०७ तारिक हिमालयन एफसी दक्षिण कोरियाको खोगेक छिवन सेन्थ (고객 지원 센터) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै चलचित्र प्रदर्शनको तयारीमा जुटेको आयोजकले बताएको छ ।
"कबड्डी ४" मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको र यी दुई जोडीलाई खुबै रुचाईएको छ । चलचित्र "जारी" रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको वैशाख १ गतेबाट रिलिज भएको सो चलचित्रले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ ।
चलचित्र गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको छ । चलचित्र ...
१० बैशाख २०८०, आईतवार ०१:२७१० बैशाख २०८०, आईतवार ०१:२७१० बैशाख २०८०, आईतवार ०१:२७ by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी। दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।
महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै गरेको ब्याँस गाउपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए ।
नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन ।
“जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएकी जानकारीमा आएको छ’’, बुढाथोकीले भने, “तुइन प्रयोग गर्ने क्रममा उनी महाकालीमा बगेको आशंका गरिएको छ ।”
...