कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार
कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढे संगै तारा पुन मगर ले खुल्ला उपाध्यक्ष पदमै उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सजिलै सँग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता ,पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता तारा पुन मगरलाइ सबै ले महिला त हो नि महिला उपाध्यक्ष मा त जान्छ होला नि भनेर सोचिरहेको समयमा खुल्ला उपाध्यक्षकै रुपमा उम्मेदवारी दिने घोषणा गरेरै उम्मेदवारी दर्ता गरे लगत्त...








