Advertisement
Advertisement

इ९ देखि विद्यार्थी सम्म, पत्रकारितादेखि व्यवसायी सम्म-सरोज कुमार खड्का उपाध्यक्ष पदका  उम्मेदवार

Advertisement
Advertisement

इ९ देखि विद्यार्थी सम्म, पत्रकारितादेखि व्यवसायी सम्म-सरोज कुमार खड्का उपाध्यक्ष पदका  उम्मेदवार

एनआरएन कोरियाको नवौं महाधिवेसन यहि जुलाई २९ र ३० तारिख हुँदै छ । उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरिसकेका सरोज कुमार खड्का एकमात्र उम्मेदवार हुन जो इ९ को अनुभव देखि पत्रकारिता, विद्यार्थीको अनुभव संगाल्दै हाल व्यवसायी सम्मको अनुभव लिदै छन् ।

कोरिया आउनुअघि नेपालमा बैंकको जागिर खाने सपनाको पाइलाहरु भर्खरै शुरु गर्दै थिए । कोरियाको फ्लाइट सेड्युल आएसँगै रहरै रहरमा शुरु गरेको बैंकको जागिर करिब ३ महिनामै राजीनामा गरेर सन् २०११ मा विदेश जाने अर्को सपनालाई रोजे । केही समय कोरियाको वातावरणमा घुलमिल हुन निकै कष्ट गर्नुपर्यो । यहाँ टोपी, पञ्जा, मास्क लगाएर दिनभरी उभिएर काम गर्दा टाइशुट लगाएर बैंकको कुर्सीमा बसेर जागिर खाएको झल्झली सम्झिए । विस्तारै काममा बानी पर्दै गयो ।

पछि संगत भयो पत्रकार महासंघको पूर्व अध्यक्ष रघु त्रिपाठी, कोषाध्यक्ष पुष्पराज लामिछाने, इश्वर दाहाल । उनीहरुकै संगतमा लागेर कोरियाको १२ देखि १४ घण्टाको कामको बावजुद पनि समय निकालेर पत्रकारितामा कलम चलाउन थाले । अनलाइन न्युजपोर्टल हेल्लोनेपालकोरियाडटकम प्लाटफर्म छँदै थियो । विस्तारै लेखनमा बानी पर्न थाले । त्रिपाठीले लेख्नमा हौस्याए, लामिछानेले भिडियो अन्र्तवार्ता लिन सिकाए । पछि सोही न्युजपोर्टलमा सम्पादकसम्म भए । कोरिया आउनुअघि कुनै दिन पत्रिकाको कुनातिर स्थान पाएको समाचारमा आँखा गयो । विदेशबाट आफ्नो गाउँका युवाहरुले आर्थिक सहयोग गरेर उदाहरणिय काम गरेको समाचार थियो । त्यतिबेलै आफू पनि कोरिया पुगेपछि त्यस्तै सहयोग गर्नुपर्छ भनेर मनमनै अठोट लिएका थिए ।

 

यता आएर त्यहि सोच बेला बेला स्मरण हुन्थ्यो । एकदिन सोही टिममा कुरा राखे । कोठामा भएका सबैले २०हजार, ३० हजार वन दिन सहमति जनाए । केहि दिनको प्रयासमै बाजुरामा विद्यालय भवन निर्माणको लागि रु.८० हजार सहयोग उठाएर नेपाल पठाए । पहिलो प्रयासले सार्थकता पायो । पछि हेल्प नेपाल नेटवर्कको १४ देश मध्येको एउटा कोरिया टिम पनि बन्यो । टिम मार्फत पुस्तकालय निर्माण, स्वास्थ्य चौकी, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा सहयोग लगायतका काममा आर्थिक सहयोग संकलनमा धेरै काम गरे । यसमा रुद्र शर्मा, आरपि देवकोटा, खेम कार्की, अशोक मैनाली लगायतको साथ थियो । सहयोगी दाताहरुबाट संकलित रकमको पारदर्शिता सहयोग रकम सम्बन्धित ठाउँमा पठाएर त्यसको विवरण प्रकाशित गर्दा सबैप्रति विश्वास आर्जन गर्न सफलता प्राप्त भयो । त्यसरी काम गर्दै गर्दा सोचे वा क्या गरियो । यसरी पत्रकारिता र परोपकारी काम गर्दा गर्दै विस्तारै मास्टर्स पुरा नभएकोमा पछुतो हुन थाल्यो ।

नेपालमा स्नातकोत्तर अध्ययन गर्दा गर्दै जागिर, कोरियन भाषा लगायतको कारण पढाइ प्राथमिकतामा परेको थिएन । पैसा कमाउन यता आएपछि अब फेरि विस्तारै पढाइ पुरा गुर्नपर्ने महसुस हुन थाल्यो । आफ्नो भाषा गुरु पूर्ण सर कोरियामै हुनुहुन्थ्यो । पूर्ण सरले गाउँकै साथी सन्तोष पनि अध्ययन गर्दै गरेको सउलमा रहेको कोरियाको टप ५ भित्र पर्ने युनिभर्सिटीमा भर्ना हुन सुझाए । इपिएस भिषा करिब ६ महिना बाँकी छँदै स्नातकोत्तर अध्ययनको रहर पुरा गर्न नेपाल फर्किए ।

२०१६ मा पुन एमबिए अध्ययनको लागि विद्यार्थीको रुपमा कोरिया भित्रिए । २ वर्ष अध्ययन पुरा गरी सन् २०१८ मा रेमिट्यान्स कम्पनीमा नेपाल प्रमुखको रुपमा करिअर शुरु गरे । करिब ७ वर्षअघि बैंकमा काम गर्ने रहर पुनरावृत्ति भएको महसुस भयो । रेमिट्यान्स कम्पनीमा काम गर्दाकै दौरान आफ्नै व्यवसाय गर्ने सोच दिमागमा चलिरहन्थ्यो । त्यहिबीच नेपालको छुर्पी अमेरिकाबाट कोरिया आयात भएको देखे । उनले नेपालबाटै स्याम्पल मगाए । कोरियामा कुकुरको लागि प्रयोग हुने नेपालको छुर्पि नयाँ व्यवसाय थियो । उक्त कामलाई ठूलै रुपमा गर्न करिब ५ वर्षको रेमिट्यान्स करिअरबाट बिदा भए । हाल अनलाइन मार्फत बिक्री भइरहेको नेपालको इलाम, सिन्धुपाल्चोक, दोलखा लगायत जिल्लाका किसानहरुले उत्पादन गरेको दुधबाट बन्ने छुर्पिको बिक्री गरेर नेपालमा डलर भित्र्याउँदा एक प्रकारको सन्तुष्टि छ । तर नेपालबाट भनेजस्तो क्वालिटीको सामान नआउँदा बेला बेला तनाव व्यहोर्नु पर्ने बताउँछन् । हाल कोरियामा मंगोलिया, बेल्जियम, न्युजिल्यान्ड लगायतका देशहरुबाट पनि आयात हुन थालेको छ । नेपालबाट परम्परागत रुपमा बनाइएको छुर्पि भन्दा केही गुणस्तरिय देखिने उक्त देशको छुर्पिले नेपाली छुर्पिलाई प्रतिस्थापन गर्ने चिन्ता उनलाई छ ।

रेमिट्यान्स कम्पनीमा काम गर्दै गर्दा र बीचमा विद्यार्थी भएको बखतमा पनि कुनै न कुनै रुपमा परोपकारी कामहरुमा भने सहभागी भइ नै रहे । तर डा. महावीर पुनले अन्तर्वार्ताका क्रममा भनेको सम्पूर्ण शरिर नै बिरामी छ तर औंलामा लागेको चोटको उपचार गरेर हामी मख्ख परेका छौ भन्ने भनाइले बेला बेलामा झस्काउँथ्यो । सानोतिनो परोपकारी कामले थोरै मात्रामा पिडितलाई मलम लगाउन सके पनि दिर्घकालिन समाधान खोज्नुपर्छ भन्ने सोचिरहन्थे । त्यसका लागि नेपालमै रोजगार सिर्जना गर्नुपर्छ । नेपालबाट निर्यातमुखी सामानको उत्पादन हुनुपर्छ । यस्तै कुरालाई सम्वोधन गर्न व्यक्तिगत रुपमै महाबीर पुन राष्ट्रिय अविष्कार केन्द्र खोलेर दिनरात लागिपरेका छन् । डा.पुन जसरी दिनरात लागि पर्न नसके पनि सरोज कुमार खड्काको नेपालमै उद्यमशिलताको विकास गरी नेपाली वस्तु विदेश निर्यात गर्ने सोचलाई बृहत रुपमा अगाडि बढाउन एनआरएन कोरियाको उपाध्यक्ष पद पहिलो खुड्किलो बनोस् । उनलाई विजयको शुभकामना ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×