Advertisement
Advertisement

दुइ मान वनमा आत्मसम्मान नगुमाउनुहोस,जिन्दगीभर पश्चातापको तापमा नराप्नुहोस। -डा.केशव थापा, महासचिव उम्मेदवार 

Advertisement
Advertisement

दुइ मान वनमा आत्मसम्मान नगुमाउनुहोस,जिन्दगीभर पश्चातापको तापमा नराप्नुहोस। -डा.केशव थापा, महासचिव उम्मेदवार 

गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको नवौं महाधिवेशन यहि आउँदो जुलाई २९ र ३० तारिखमा हुदैछ। दक्षिण कोरियामा सबै भन्दा ठुलो र सबै भन्दा विवादित संस्थाको परिचय बनाएको NRNA दक्षिण कोरियाको नवौं कार्यसमितिमा प्रवेश प्राप्त गर्नको निम्ति विभिन्न पदहरुमा विभिन्न व्यक्तीहरूले आफ्नो प्रतिवद्धता पत्र सहित उम्मेदवारीको घोषणा गरिसकेको छ। प्रचारप्रसार पनि तीव्र गतिमा अगाडि बढिरहेको छ। करिव पाँच हजार प्रमाणित सदस्यहरुको मतले नवौं कार्यसमिति निर्वाचित हुनेछ। विशाल आवाजले “एन.आर.एन.ए. विशेष कार्यक्रम” अन्तर्गत यस भन्दा अघि तीन जना अध्यक्षको उम्मेदवारहरू लगायत अन्य उम्मेदवारहरुको परिचय मतदाताहरू माझ प्रस्तुत गरिसकेको छ। आज महासचिव पदको लागि उम्मेदवार दिनुभएको डा. केशव थापाको बारेमा चर्चा गर्ने छौ।

सन् २०१४ सेप्टेम्बरमा विध्यार्थी भिषामा प्रवेश गर्नुभएका डा. केशव थापा हाल कोरियाको प्रतिष्ठित थेगु ह्वानी विश्वविद्यालयमा विशेष प्राध्यापक रूपमा कोरियन विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स(A.I) अध्यापन गराउदै हुनुहुन्छ। उहाँले विद्यावारिधि गरेको विषय इलेक्ट्रोनिक ईन्जिनियरिङ र आर्टिफिसियल इन्टेलिजेन्स( A.I) हो। तात्कालिन NRNA (सन् २०१७-२०१९) लक्ष्मी गुरुङ लामा अध्यक्ष भएको कार्यसमितिमा सचिव पदमा मनोनित भएर आफ्नो कार्यकुशलता प्रस्तुत गरिसक्नुभएको छ। सचिव पदमा बसेर कुशलता पूर्वक कार्यभार निर्बाह गरेकै कारण तात्कालिन महासचिव इन्दिरा तिवारी नेपाल फर्के पश्चात उक्त रिक्त पदमा कार्यवाहक महासचिवको जिम्मेवारी लिएर सफलतापुर्वक साङ्गठनिक सङ्कट लाई टार्नुभएको थियो। हाल फेरि सोही पदको लागि गैरआवासीय नेपाली संघलाई नया प्राण दिनको निम्ति नयाँ जोस र प्रतिवद्धता सहित उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ।

डा.केशव थापा एक प्राज्ञिक तथा प्राविधिक व्यक्तित्व हुनुहुन्छ । उहाले असल व्यवहार, सरल स्वभाव, ईमान्दार, कर्तव्यनिष्ठ, कामप्रतिको लगनशीलता र कुशल नेतृत्वकर्तालाई आफ्नो परिचय बनाउनु भएको छ। विभिन्न संघ संस्थामा रहेर समाजलाई प्रदान गरिएको योगदान मार्फत आफुलाई अब्बल साबित गरिसक्नुभएको छ। गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले उहा  जत्तीको योग्य व्यक्ती उम्मेदवार पाउनु अहिलेको अवस्थामा गर्वको कुरा हो। उहाँले नवौं कार्यसमितिमा आफ्नो स्थान बनाउन सकिएन भने गैरआवासीय नेपाली संघ दक्षिण कोरियालाई ठुलो घाटा र क्षति हुने अनुमान NRNA निर्वाचनलाई नियालीरहेको शुभचिन्तक, जानकारहरू बताउँछन् । त्यसैले पनि उहालाई सचेत मतदाताको परिचय दिएर विजय गराइ दिन पनि अनुरोध गरिएको छ। प्राज्ञिक व्यक्तीले संस्थालाई सहि दिशा र गन्तव्यमा पुर्याउने खुबी हैसियत र क्षमता राख्दछ भन्ने कुरामा मतदाता सचेत हुन आग्रह गर्नुभएको छ।

अधिकांश उम्मेदवारहरूले “मजदुर मैत्री एनआरएनए ” बनाउने नारा बोकेर चुनावमा होमीएका छन। तर मजदुर मैत्री कसरी बनाउने भन्ने कुरालाई स्पष्ट राखेको छैन। विगतमा अध्यापन गर्नु भन्दा पहिले उहा पनि श्रमिक रहेको र मजदुरको समस्याहरुहरू बारे भुक्तभोगी भएको हुदा मजदुरको समस्यालाई अनुभुत गरेको छ। त्यसैले एनआरएनएलाई कसरी मजदुर मैत्री बनाउने भन्ने कुरामा स्पष्टरूपमा आफ्नो विचार राखेर थापा चुनावमा आउनु भएको छ। दक्षिण कोरियामा ईपीएस मार्फत कोरियामा प्रवेश गर्ने मजदुरहरुको थुप्रै समस्याहरु छन। ति समस्याहरू सुन्ने निकायहरु नभएको कारणले धेरै मजदुरहरुले थप समस्याहरु भोगिरहेको छ। त्यस समस्याहरुको सुनुवाई र समाधानको लागि हटलाइन सेवा लाई पहिलो प्राथमिकतामा राखेको छ। मजदुरहरुलाई आई पर्ने कानुनी समस्यालाई समाधानको निम्ति कानुनी परामर्श दिने कार्यक्रमहरू सञ्चालन गर्ने। भाषाको समस्याको लागि अनुवाद सेवा सञ्चालन गर्ने । मजदुरहरूलाई आर्थिक व्यवस्थापन तथा नेपालमा लगानी गर्ने परियोजनाको बारे परिचय तथा प्रशिक्षणको कार्यक्रमहरु सञ्चालन गर्ने। मजदुरहरुको लागि सिपमुलक कार्यक्रमहरु गर्ने । मजदुरहरुहरूको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य सम्बन्धी परामर्श दिने । औधोगिक दुर्घटनामा परेकोहरूको लागि जुनसुकै समयमा सहयोग गर्ने । कुनै पनि नेपालीको मृत्यु भएमा लासको उचित व्यवस्थापन र समाधान गर्ने लगायतका अरू थप मजदुरहरुलाई आवश्यक पर्ने सम्पुर्ण कार्यक्रमहरु सञ्चालन गर्ने जस्ता एकदमै महत्वपूर्ण योजना हरु बनाउनु भएको छ।

‘नेपाल खेलकुद अनुसन्धान तथा प्रबर्द्धन प्रतिष्ठान’ ( NESPO) दक्षिण कोरियाको अध्यक्षको रूपमा काम गरिरहनु डा. थापा नेपाल लाई खेलकुद मार्फत देशलाई चिनाउनु पर्छ भन्ने अभियानमा लागिरनुभएको  छ। नेप्सोको मुल नारा भनेको “Root to Olympic” हो । मतलब ओलम्पिकमा पदक दिलाउने खेलाडी उत्पादन गर्नु हो। यस नारालाई आत्मसात गर्दै नेपालबाट खेलाडीहरूलाई कोरियामा बोलाएर प्रशिक्षणको व्यवस्था गरिदै आएको छ। यस संस्थामा कोरियाको ओलम्पिक कमिटीमा काम गरिसकेको विज्ञहरु सामेल छन। हाल नेपालवाट तेक्वान्दोका खेलाडीहरूले नेपाली यस संस्थाको लाभ लिइरहेको छ। अन्य विधाका खेलाडी हरूलाई समेत यो सुविधा प्रदान गर्ने तयारी छ। खेलाडीलाई आवश्यक पर्ने मनोवैज्ञानिक, प्राविधिक, वैज्ञानिक प्रशिकणहरु कोरियाको ओलम्पिक विज्ञहरु बाट दिने गरेको छ। NRNA को कार्यसमितिमा आफु अटाएमा अझ व्यवस्थित गरेर नेपाल सरकार तथा राजदुतावास संग समन्वय गरेर अगाडि बड्ने योजना रहेको जानकारी दिनुभएको छ। नेपालमा “खेलकुद पर्यटन” लाई प्रबर्द्धन गर्ने कार्यमा पनि अग्रसर हुनुहुन्छ । केहि कोरियन ट्राईथोलन खेलाडी हरूलाई नेपालको उच्च हिमाली भेगमा खेल्ने वातावरण मिलाउने कार्य पनि गरिसकेको छ। त्यस्तै गरि फुटबल प्रेमीको लागि विगतमा आफु कार्यवाहक महासचिव हुदा “एनआरएनए कप” सफलतापुर्वक सम्पन्न गरेको र आफु विजय भएमा “एनआरएनए कप” फेरि पुनः सञ्चालन गर्ने कुरा पनि जानकारी गराउनुभएको छ

हाल सोनसिकको सल्लाहकारको भुमिका निभाइरहनुभएको थापा विगतमा सचिवको रूपमा समेत कार्य गरिसक्नुभएको छ। सोनसिकमा रहदा विद्यार्थीको हक हित र अधिकारको सुनिश्चितताको लागि आवाज उठाउनुको साथै विद्यार्थीको व्यक्तित्व विकासको लागि विभिन्न सेमिनार, औधोगिक भ्रमण लगायतका कार्यक्रमहरु उहाँको कार्यकालमा सम्पन्न गर्नुभएको थियो। सोनसिकले नेपाल चिनाउने कार्यक्रम नेपाल डे ( NEPAL DAY) नियमितरुपमा हलहरूमा गर्दै आएकोमा त्यस कार्यक्रमलाई खुल्ला स्टेजमा गर्ने कुरा उहाको कार्यकालबाट सुरूवात गरिएको हो। अबको NRNA चुनावमा विजय भएमा “विद्यार्थी राहत कोष” स्थापना गरि विध्यार्थीको समस्याहरुको समाधान गर्ने योजना बनाएका छन। जसले गर्दा विद्यार्थीहरूलाई सेमेस्टर परिवर्तन गर्ने बेला पर्ने आर्थिक समस्याको समाधान गर्न सजिलो हुनेछ ।

डा.थापा भन्नुहुन्छ ” मेरो प्रतिस्पर्धी उम्मेदवारहरु संग सौहार्द, सहिष्णुतापूर्ण र मित्रताको सम्बन्ध छ र आफ्नो क्षेत्रमा अब्बल रहेकोले उहाँहरू प्रति सम्मान छ। तर उहाँहरू अहिले पनि कार्यसमितिमा हुनुहुन्छ र उहाँहरूले काम गरेर देखाउन सक्नु भएको छैन। त्यसैले केहि हदसम्म एनआरएनए आलोचित हुनमा उहाँहरू पनि जिम्मेवार हुनुहुन्छ। त्यसैले यस पटक टेस्टेड र प्रमाणित भैसकेको म विजयी हुने कुरामा ढुक्क छु। आम मतदातालाई यो भन्न चाहन्छु कि तपाईंहरु दुई मान वनमा खरिद वा बिक्री नहुनुहोस्। मासिक करिव दुई लाख कमाउने तपाईंले आफ्नो आत्मसम्मान नगुमाउनुहोस। जिन्दगीभर पश्चातापको तापमा नराप्नुहोस। एनआरएनए लाई सबल सक्षम र आलोचना विहिन बनाउने जिम्मा तपाईंको हातमा छ। इजरायली दार्शनिक तथा इतिहासविद् युवल नोहा हरारीले एउटा अन्तर्वार्तामा भनेको थिए। ” निर्वाचनले सत्य हैन नेता जिताउछ ।” यो भनाईलाई गलत सावित गरेर सत्य लाई जिताउन आग्रह गर्दछु। विपिन गुरुङको प्यानलमा सम्पुर्ण समुदाय, जातजाति, लिङ्ग क्षेत्रहरूलाई समेटेर समावेशी टिम वनाएको हुनाले विपिन गुरुङको टिम बाट उम्मेदवारी दिएको छु। मलाई बुझ्नुहोस् चिन्नुहोस् र मत दिन योग्य छ जस्तो लाग्छ भने मतदान गर्नुहोस् । अन्तिममा, तपाईंको एउटा मत सिङ्गो संस्थाको भविष्य हो। संस्थामा तपाई पनि हुनुहुन्छ। मत तपाईंको इज्जत पनि हो। इज्जत नगुमाउनुहोस।उम्मेदवारहरूको बारेमा राम्रोसँग अध्ययन र अनुसन्धान गरेर मतदान गर्नुहोस् । धन्यवाद ।”

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×