Advertisement
Advertisement

सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने अध्यक्ष उम्मेदवार बुद्दी गुरुङको माग

Advertisement
Advertisement

सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने अध्यक्ष उम्मेदवार बुद्दी गुरुङको माग

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले MTU हल सदेमुन, १२ तल्ला (경향신문사본사, 서울특별시 중구 정동 22)मिति : २०२३-०७-१५ तारिख (शनिबार) का दिन NRNA दक्षिण कोरियाका संरक्षक, सल्लाहकार तथा पदाधिकारी ,दक्षिण कोरियामा रहेका राजनीतिक संस्थाका प्रमुख ,दक्षिण कोरियामा क्रियाशील पत्रकार साथीहरु, दक्षिण कोरियामा रहेका सामाजिक तथा क्षेत्रिय संघ संस्थाका प्रमुख लगायत सम्पूर्णमा विभिन्न व्यक्तित्व हरु उपस्थिति निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा एनआरएनए दक्षिण कोरियाको २०२३-२५ को अध्यक्ष पदका उम्मेदवार बुद्दी गुरुङले सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने माग गर्नु भएको छ। 

NRNA दक्षिण कोरियाको यहि मिति २०२३-०७-३० तारिखका दिन सम्पन्न हुन गैरहेको निर्वाचनलाई सभ्य, भब्य र सफल बनाउनको लागि सुझाब र सहयोगको अपेक्षा सहित कार्यक्रममा आफ्नो राय सुझाव राख्दै अध्यक्षका उम्मेदवार बुद्दी गुरुङले करिव पाँच हजार प्रमाणित सदस्यहरुको मतले नवौं कार्यसमिति निर्वाचित हुनेमा दक्षिण कोरियामा रहेका श्रमिकहरु विभिन्न ठाउँबाट रहेको हुँदा प्रत्यक्ष भौगोलिक उपस्थितिमा निर्वाचन गराउदा सबै श्रमिक ,विद्यार्थी हरु प्रत्यक्ष उपस्थिति हुन सक्ने अवस्था रहँदैन त्यसकारण कुनै केन्द्रलाई र व्यक्ति हरुलाइ मात्र हेरेर अफलाइन भोटिङ हुनुहुन्न अनलाईन भोटिङ गरेर सबैलाई समेट्नुपर्छ भन्ने माग गर्नुभएको छ। भन्ने बेला श्रमिक मैत्री भन्ने तर केहि व्यक्ति मात्र समेटेर निर्वाचन गर्नु श्रमिक विद्यार्थीहरूको सदस्यता बनाएर निर्वाचनमा चाहि भाग लिन नदिने वातावरण सिर्जना नहोस् भनेर निर्वाचन कमिटिलाइ ध्यानाकर्षण पनि गराउनुभएको छ। उपस्थिति प्रायः ले अफलाइन भोटिङ हुनु पर्ने माग गरेतापनि बुद्दी गुरुङको टिमले मात्र सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने माग गरेका थिए।

यो पनि पढ्नुहोस् को हुन् त बुद्दी गुरुङ:

गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ दक्षिण कोरियामा सबै भन्दा ठुलो र सबै भन्दा विवादित संस्थाको परिचय बनाएको NRNA दक्षिण कोरियाको नवौं कार्यसमितिमा प्रवेश प्राप्त गर्नको निम्ति विभिन्न पदहरुमा विभिन्न व्यक्तीहरूले आफ्नो प्रतिवद्धता पत्र सहित उम्मेदवारीको घोषणा गरिसकेको छ। प्रचारप्रसार पनि तीव्र गतिमा अगाडि बढिरहेको छ। करिव पाँच हजार प्रमाणित सदस्यहरुको मतले नवौं कार्यसमिति निर्वाचित हुनेछ।

।‌‌‌‌‌‌आगामी आउदो जुलाइ 30 तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न बुद्दि गुरुङ ले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा जित हासिल गर्ने अड्कल बाजि गर्दै अध्यक्ष हुने दावि समेत गरेका छन्।

एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्रयास गरिएको छ ।

   सन् १९९१ मा दक्षिण कोरिया प्रवेश गरि १९९९ सम्म साधारण मजदुर को रुपमा काम गरि सन् २००० मा दक्षिण कोरियामै सबै भन्दा पहिला नेपाली हरुका लागि दोङ्ग्देमुनमा पसल खोल्नु भएको अनि त्यस पछि यांग्दोंगफो र सुवनमा समेत नेपाली हरुको सुविधाको लागि पसल रेस्टुरेन्ट सुरुवात गर्नु भएका बुद्धि गुरुङ ज्युलाई दोंग्देमुन र सुवन मा नेपाली हरुको भेटघाट थलो बनाउने श्रेय पनि दिने गरिन्छ।

         दक्षिण कोरियामा २०११ सालमा एसिया मल्टि कल्चर स्थापना गरि २०१९ मा यस्लाई आधिकारिक रुपमा नेपालमा दर्ता गर्न सफल बुद्दी गुरुङ कुरा भन्दा बढी काम गर्न रुचाउने व्यक्ति हो। यस संस्थाबाट प्रत्येक वर्ष नेपाल लगायत भारत, पाकिस्तान,मङ्गोल, थाइल्याण्ड, फिलिपिन्स लगायतका देशका मानिसहरू आएर सेमिनार गर्ने गरिरहेको र नेपालमा पनि सहयोग गरिरहेको छ। Gyeonggi-do malticulture rotary 2019- 2022 को अध्यक्ष भएर काम गरिसकेका गुरुङ पहिले देखि नै भुकम्प आउदा होस् या नेपालमा वाढिपहिरो लगायतका प्राकृतिक प्रकोप ,कोरोना जस्ता आपत बिपत मा परेका नेपाली हरुका हितैषी भएर काम गरेतापनि आफ्नो व्यक्तिगत प्रचारप्रसारको लागि बिरामी भेट्न गएर सेल्फी खिच्ने तथा सामाजिक काम गरेको तस्बिर हरु नहाल्ने अनि सस्तो प्रचार गर्न नरुचाउने व्यक्तिमा गनिन्छ। यसरि व्यक्तिगत प्रचारप्रसार नगर्नाले उहा बाट सहयोग पाउने बाहेक अरु तिर हल्ला नहुने र केहि नगरेको जस्तो देखेतापनि अहिले पनि सुवन क्षेत्र को औपचारिकरुपमा प्रहरीको भाषा अनुवादक भएर सेवा दिदै आइरहनुभएको छ। अन्य अध्यक्षका उम्मेदवार हरु भन्दा आफु सँग समय र कोरियाको immigration सम्बन्धित knowledge र कोरियन भाषामा पनि दख्खल भएका कारण बुद्दि गुरुङ अध्यक्षका रुपमा आफु एक बलियो उम्मेदवार रहेको बताउनुहुन्छ।

 सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका गुरुङ अनेक समस्याहरु आइपर्दा ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ जुन ठाउँमा गयो त्यही सहजै घुलमिल हुनसक्ने खुबी भएका कारण अहिलेपनि सुवन वरपरका क्षेत्रमा एउटा प्रचलित हुनुहुन्छ। काठमाडौंलाई मात्र नेपाल सम्झीने नेपाली नेताहरुको रोग जस्तै कोरियामा पनि दोङदेमुनलाई मात्र नेपाली राजनीतिको केन्द्र बिन्दु मान्ने नेताहरुलाई गतिलो पाठ पढाउनको लागि र दोङदेमुन सहित बाहिरी सहरहरूलाई समेत समेट्नुपर्छ भन्ने धारणाका साथ आफुले उम्मेदवारी घोषणा गरेको उम्मेदवार बुद्धि गुरुङले जानकारी दिनुभयो। साथै आफ्नो सो कदमलाई कोरियामा रहेका सम्पूर्ण नेपालीहरुले स्वागत गरि आफुलाई भारी मतले बिजयी गराउने कुरामा पनि वहाँ ढुक्क हुनुहुन्छ।

        नयाँ सोच बोकेका युवाहरु, दोङदेमुनमै रहेरपनि फरक धारणा राख्ने नेपालीहरु र बिशेषगरी दोङदेमुन बाहिरका नेपाली बाहुल्यता भएका सहरहरू वेजम्बु, सुवन, फेन्थेक, आन्सान, थेगु, थेजन, बुसान र गजेदोबाट समेत आफुलाई प्रसस्त भोट आउने कुरामा विश्वस्त हुनुहुन्छ गुरुङ। 

     बिगतमा तमु धिं द. कोरियाको कार्यसमितिमा रहेर काम गरि सकेको हुदा बिशेष गरी तमु धिं र आत्मिय तथा निकतम सम्बन्ध भएकोले मगर संघ, तमाङ सघं, किरात याक्थुङ चुम्लुङ र अन्य जातिय संगठनहरुबाट पनि आफुलाई पर्याप्त सहयोग प्राप्त हुने त्यसै गरि कास्कीको बासिन्दा भएकोले गर्दा कास्की परिवार दक्षिण कोरिया र कास्की आसपासका लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ र अन्य कोरियामा भएका बिभिन्न क्षेत्रीय संघ संस्थाहरुबाट पनि अरुलाई भन्दा आफुलाई बढी भोट आउनुका साथै जन सम्पर्क समिति कोरियाबाट समेत आफुलाई उल्लेख्य रूपमा भोट आउने कुरामा आफु ढुक्क एबम् बिश्वस्त रहेको जानकारी गराउनुभएको छ।

   वहाँकै शब्दमा भन्नुपर्दा अहिलेको परिस्थितिमा काम गर्न सक्ने क्षमताको साथै कुशल नेतृत्व प्रदान गर्न सक्ने खुबी आफुमा भएको र अहिलेको माहोल तथा जन लहरपनि आफ्नो पक्षमा भएकोले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नु हुन्छ। 

 अन्तमा आफ्नो भावनाको कदर गरि कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई आफ्नो अमूल्य मत आफुलाई दिनको लागि अनुरोध पनि गर्नुभएको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×