परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित, म परिवर्तनको लागि बुलन्द आवाज उठाउछु साथ सहयोग तपाईंको हुनेछ-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि नारायण पौडेलले ले उपाध्यक्ष पदमा उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ।।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता नारायण पौडेलले यसअघि कोषाध्यक्षको रुपमा उम्मेदवारी दिने घोषणा गरेका थिए तर विभिन्न कारणवस अचानक उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएपछि दक्षिण कोरियामा उपाध्यक्ष पद लाइ पनि एकदमै महत्वपूर्ण साथ हेरिएको छ।
सन् २००८ मा इपिएस खुले लगत्तै सुरुमै इपिएसमार्फत दक्षिण कोरिया प्रवेश गरि २०२० सम्म(१२ वर्ष सम्म) मजदुर भिषामै वसेका पौडेल बागलुङ जिल्लाको स्थायी बासिन्दा हुन् । इपिएसमार्फत काम गर्दैगर्दा सामाजिक एकताको काममा पनि अग्रसर हुने पौडेल ५ वर्ष बाग्लुङ समाजको भलिबल क्याप्टेन भएर कुशल नेतृत्व गरिसकेको अनुभवको साथै हाल बागलुङ समाज दक्षिण कोरियाको सल्लाहकार समेत रहेका छन्। दक्षिण कोरियाको प्रख्यात र लोकप्रिय सस्था मोक्पो साम्हो साझा चौतारीको सस्थापक अध्यक्ष भएर दुइ भागमा विभाजीत पानि बाराबारको अवस्थामा पुगेको मोक्पो समुहलाइ एक ढिक्का गराएर कुशल नेतृत्व दिनुको साथ साथै हाल मोक्पो साम्हो साझा चौतारीको सल्लाहकारको भूमिकामा छन् । आफुपनि खेलाडी भएको नाताले दक्षिण कोरियामा पनि खेलको माध्यमबाट सवैलाइ एकजुट गरौ र भातृत्व प्रेम विकास गरौं भन्ने उद्देश्यका साथ OHC BAGLUNG स्थापना गर्न लाएर आफु संरक्षकको भूमिकामा छन् पौडेल। सन् २००८ देखि २०२० सम्म मजदुर भिषामा कोरियामा कार्य गरिसकेको अनुभब बटुलेका कारण पनि मजदुर हरुको कुरा सुनेकाले भन्दा भोगेकाले मजदुर हरुको बास्तबिक पिडा र भोगाई महसुस गर्न सक्छन् त्यसकारण पनि आफु मजदुर भएकैले यसपाली एनआरएनए दक्षिण कोरियाको उपाध्यक्ष पदमा होमिएको बताउँछन् पौडेल। मजदुरहरु सधैं प्रयोग मात्र भइरह्यो अरु हरु को लागी भर्याङ मात्र भइरह्यौ त्यसैले हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने सधैं भर्याङ मात्र भैेरहनेकि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो त्यसैले आफ्नो सरल र सहज प्रतिवद्धताका साथ उपाध्यक्ष पदमा होमिएका छन् । हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन्।
पछिल्लो समय सउलको सुयु यकमा HAPPY COOK TANDOORI नामक नेपाली रेष्टुरेन्ट सन्चालकको रुपमा रहेका नारायण पौडेल आफु संघर्ष गरिरहने संघर्षशील व्यक्ति भएको बताउदै एनआरएनएमा आफुनै पुग्यो भने बाहिर बाट सुनाउदा कुरा नसुन्दा भित्र पुगेपछि त बोल्ननै पाउछ भनेर कार्यसमितिमै बसेर सुन्न सुनाउन बुझ्नबुझाउन आफु लागि परेको बताउछन्। राजनीति झोला अलि टाढै बिसाएर समाज परिवर्तनमा होमिएका कारण राजनिती प्रतिसोध, खिचातानी आफुमा नहुने र बोलेको काम पुर्याउने कसैलाइ खुसि पार्न वा दुखि पार्ने हिसाबले होइन समाजले चाहे अनुसारले काम गर्ने बताउछन् पौडेल।फोटो देखाउनको लागि सामाजिक काम होइन सामाजिक काम भनेको सामाजकै लागि हो भन्ने विचार बोकेका कारण पनि सामाजिक काम गरेको खास्सै फोटो खिच्न नरुचाउने पौडेलले विभिन्न सामाजिक कामका साथ साथै आफु मोक्पोमा हुदा देखिनै डाक्टरलाइ हप्ता/हप्ता महिना/ महिना दिनमा प्रत्यक्ष उपस्थित गराएर स्वास्थ्य परामर्श सम्बन्धित कार्यक्रम हरु सन्चालन गर्दै आएका छन्।
2008 देखि ई.पि.एस.भिसामा रहि श्रमिक हुनुको पीडा बुझ्दै दु:ख-सुखमा हातेमालो गर्दै समयको माग अनुसार व्यावसायिक भिसामा रहेको नारायण पौडेल नवौं महाधिवेशनमा स्वतन्त्र तर्फबाट कोषाध्यक्ष पदको उम्मेदवारि घोषणा गरेका थिए ।तर समय,नीति-नियम,बिधानका साथै विभिन्न खाले समस्या खडा भएका कारणले कोषाध्यक्ष पद बाट हटेर पुन उपाध्यक्ष पदमा उम्मेदवारी हालेका थिए अघि बढ्न खोज्नेलाई त्यतिकै अघि जान दिनु हुन्न भन्ने मनसाय बोकेका साथिहरुले दाबी बिरोध गर्दा गर्दै पनि आफ्नो उम्मेदवारी कायम भएको बताउछन् पौडेल ।।आफु परिवर्तनको लागि बुलन्द आवाज उठाउने भएको कारण पनि सबैको साथ सहयोग रहने कुरामा विश्वस्त देखिन्छन् नारायण पौडेल।










