Advertisement
Advertisement

कल सेन्टरको सुरुवात गरेर भाषा अनुवादक र कानुनी परामर्श दाता राख्ने,एनआरएनए कप पुनः सन्चालन गर्ने,नेपाल डे, नेपाल फेस्टिवल मनाउन कार्यक्रम अघि बढाउने -युविन श्रेष्ठ, युवा संयोजक उम्मेदवार 

Advertisement
Advertisement

कल सेन्टरको सुरुवात गरेर भाषा अनुवादक र कानुनी परामर्श दाता राख्ने,एनआरएनए कप पुनः सन्चालन गर्ने,नेपाल डे, नेपाल फेस्टिवल मनाउन कार्यक्रम अघि बढाउने -युविन श्रेष्ठ, युवा संयोजक उम्मेदवार 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा अफिसियल रुपमा दर्ता भएको इभेन्ट म्यानेजमेन्ट कम्पनी KTM2SEOUL का सन्चालक युविन श्रेष्ठले बिपिन गुरुङको प्यानलबाट उम्मेदवारि दर्ता गरे लगत्तै चुनावको गर्मि पनि कोरियाको गर्मि जत्तिकै ह्वात्तै बढेको छ।

विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिवर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि भनेको नेपालको संवैधानिक अधिकार भएको सस्था NRNA भएको कारण केन्द्र भित्रै बसेर कार्य गर्ने र सबै युवा हरु लाइ समेटेर लाने उद्देश्यका साथ यसपाली गैरआबासिय नेपाली समाज कोरियाको आउदै गरेको अधिबेसनमा युवा संयोजक को लागि उम्मेदवारी दिएको बताउछन् युविन श्रेष्ठ ।

 ADVERTISEMENT/SIMRIK TRAVEL

सन् २०१२ सेप्टेम्बरमा D-2 भिषामा दक्षिण कोरिया प्रवेश गरेका श्रेष्ठ छोटो समयमै D-10 हुदै E-7 देखि F-2 भिषामा कोरियामा आफ्नोे व्यवसाय गर्दै कार्यरत छन्। लगभग पाँच वर्ष सम्म कोरियाको परिचित रेमिट्यान्स कम्पनी हानपासमा कस्टमर सर्भिस हुदै ब्रान्च मेनेजर, अपरेसन मेनेजर देखि लिएर मार्केटिङ मेनेजर समेत भएर कुशल नेतृत्व गरेको अनुभव बटुलेका श्रेष्ठ गुमि इमिग्रेसन मा समेत भाषा अनुवादक बनेर नेपाली हरुलाइ सहयोग गरिसकेका छन्। मार्केटिङको शिलशिलामा तथा सामाजिक कामको शिलशिलामा दक्षिण कोरियाको ८०/९० % ठाउ प्रत्यक्ष पुगिसकेको र घुमिसकेको अनुभवको आधारमा पनि श्रेष्ठ कोरियन र नेपाली संस्कृति, विकास निर्माण, व्यापार व्यवसाय, अवस्था हरुलाइ नजिक बाट हेर्ने र अवलम्बन गर्ने अवसर पाएको बताउछन् र यो पनि आफ्नो सकरात्मक र बलियो पक्ष रहेको पनि बताउछन्।आफु विद्यार्थी र श्रमिक दुबै भइसकेकोले विद्यार्थी र श्रमिकहरुको हकहितको लागि आफ्नो मुख्य प्राथामिकता हुने बताउदै आफ्नो कार्यकालमा नारामा मात्र हैन साच्चिकै NRNA विद्यार्थी र श्रमिक मैत्री हुने बताछन्।

सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका श्रेष्ठ अनेक समस्याहरु आइपर्दा ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ जुन ठाउँमा गयो त्यही सहजै घुलमिल हुनसक्ने खुबी भएका कारण कोरियामा प्रचलित छन्।उसो त जहां समस्या त्यहा युविन श्रेष्ठ भनेजस्तै भएको छ श्रेष्ठ। श्रेष्ठले हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन्।यसका साथै कोरियामा आयोजना हुने अधिकांश कार्यक्रम हरुमा सहयोगी बनेर आर्थिक नैतिक र भौतिक रुपमा सक्रिय सहभागिता मा सहयोग गर्दै आउने श्रेष्ठको परिचय नै बनेको छ। ‘समृद्धि सुरक्षा र समर्पण’ आफ्नो ट्याग लाइन भएको श्रेष्ठ संखुवासभा समिति दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न सामाजिक संघ सस्था हरुमा सक्रिय रुपमा आवद्ध छन्।

 दुरदर्शी एनआरएनए दक्षिण कोरियाको निर्माणका लागि युवाहरुको मजबुत हातेमालाे भन्‍ने नाराका साथ अघि बढेका श्रेष्ठ एनआरएनएमार्फत राजनीति गर्नेभन्दा पनि सामाजिक सेवा गर्नुपर्ने र त्यसका लागि युवाहरुको भूमिका बलियो बनाउनु कुरा मुख्य रहेको बताउछन्। कोरियामा बसोबास गर्दै आइरहेका युवाहरूलाई एकीकृत, संगठित एवम् सशक्तिकरण गरि awareness , depression सम्बन्धित कार्यक्रम हरु गर्ने, student relief fund निर्माण गर्ने ,कल सेन्टरको सुरुवात गरेर भाषा अनुवादक र कानुनी परामर्श दाता राख्ने जस्ता आफ्ना महत्त्वपूर्ण मुद्दाहरूमा आवाज उठाउन क्षमता बिकास गराई NRN movement मा सहभागी गराउने उनका योजनाहरू छन्। 

मुख्यतः आफै पनि तेक्वान्दो खेलाडी भएको कारण खेलकुद लाइ पनि विशेष प्राथमिकतामा राखेर एनआरएनए कै मुख्य आयोजनामा एनआरएनए कप पुनः सन्चालनमा ल्याउने तथा आफु KTM2SEOUL नामक इभेन्ट म्यानेजमेन्ट कम्पनी का सन्चालक भएका नाताले पनि गर्न सकिन्छ नै भन्ने हेतुले नेपाली समुदाय विच भाषा, संस्कृत्तिको माध्यमवाट आपसी सहयोग बढाउने, नेपालपनि हाम्रो लागि टाढा नहोस, पराई नहोस भन्ने भान गराउन र नेपालमा पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाली हरुका लागि छुट्टै सुविधा सम्पन्न स्टेडियमै वर्षको कम्तिमा एक चोटी नेपालको ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरु बोलाएर नेपाली कला, सस्कृति ,पर्यटन झल्कने प्रस्तुत दिएर नेपाल डे, नेपाल फेस्टिवल मनाउन नेपाल राजदुतावास र कोरियामा रहेका सम्पूर्ण संघ सस्था हरु सग सहकार्य गरेर पहल गर्ने बताउछन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×