Advertisement
Advertisement

अन्तराष्ट्रिय

अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने

अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म/ज्योतिश
अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने बोम्जन गुरुङ/विशाल आवाज:'साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास' भन्ने मुल नाराका साथ 'पाँच-स' दक्षिण कोरियाको प्रमुख आयोजना र दक्षिण कोरियामा रहेका २१ वटा क्रियाशील सस्थाहरुको सयुक्त आयोजनामा अक्टोबर २९ तारिख आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने भएको छ।  "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह र २१ वटा सस्था द्वारा पन्चे बाजा र स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति सहित आन्सान स्थित (पाँच स मन्दिर तथा पुस्तकालय नजिकको पार्क) मा सो कार्यक्रम आयोजना गरिने "पाँच स" का कार्यवाहक अध्यक्ष विष्णु थापाले जानकारी दिए ।  पूर्वीय सनातन धर्म, क...
कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा “झम्के साझैमा” रिलिज 

कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा “झम्के साझैमा” रिलिज 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन
कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा "झम्के साझैमा" रिलिज विशाल आवाज:बैदेशिक रोजगारीका लागि हाल दक्षिण कोरियामा रहदै आएका कलाकार गोपीकृष्ण राईको शब्द र अभिनयमा रहेको "झम्के साझैमा" नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ।  बजारमा आएको छोटो समयमै ३४ हजार भिउज पाइसकेको गोपीकृष्ण राइको शब्द र मनिष श्रेष्ठको संगीत र श्वरमा रेकर्डिङ भएको गीतलाई उर्गेन दोङले एरेन्ज गरेका हुन् । कोरियामै रहेका मोडल सुस्मिता गुरुङ संग स्क्रिन सेयर गरेका राइले नै निर्देशन गरेका उक्त भिडियो को भिडियो ग्राफर सोनाम प्रबिन पराजुली हुन् भने मोहन सुनुवार (नविन)ले सम्पादन गरेका हुन् ।गोपीकृष्ण राई नामक अफिसियल आफ्नै युट्युब च्यानलमार्फत रिलिज म्यूजिक भिडियोको छायाङ्कन दक्षिण कोरियाकै बिभिन्न सुन्दर पार्क तथा सहरहरुमा गरिएको छ । ADVERTISEMENT/DIMAG KHARAB/KOREA   गायक टम्पसेर राईको स्वरमा ‘सकिन बन्...
एनआएनएको सचिबमा कोरियाबाट केपि सिटौलाको दरबिलो उम्मेदवारी

एनआएनएको सचिबमा कोरियाबाट केपि सिटौलाको दरबिलो उम्मेदवारी

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
एनआएनएको सचिबमा कोरियाबाट केपि सिटौलाको दरबिलो उम्मेदवारी कमला केसी /दक्षिण कोरिया :गैरआवासीय नेपाली संघ (एनआएनए) को आगामी निर्वाचनमा सचिब पदका लागि केपी सिटौला (कृष्णप्रसाद सिटौलाले) उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए को यहि अक्टुवर १७ देखि २० गतेसम्म हुने ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनवाट नेतृत्वमा पुगि संस्थागत सुधारसँगै नेपाल र नेपालीको हितमा काम गर्नका लागि आफुले सचिब पदमा उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुभयो । नेपालको झापा जिल्ला घर भई लामो समयदेखि कोरियालाई कर्मक्षेत्र बनाउनुभएका सिटौला सन १९९२ सालमा कोरिया प्रवेश गर्नु भएको हो । सन् २००६ देखि एनआरएनए प्रवेश गर्नुभएका सिटौला एनआएनएको संस्थापक र थप अर्को कार्यकाल अध्यक्ष, एनआरएनए आईसीसी सदस्य, एनआरएन एनसिसी कोरियाको संरक्षक र नेपाल पर्यटन वोर्ड, मानार्थ पर्यटन दुतको रुपमा समेत सक्रिय हुनुुहुन्छ । सिटौलाले कोरियामा भ...
फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरद्वारा प्रथम नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने 

फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरद्वारा प्रथम नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेलकुद
फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरद्वारा प्रथम नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने  विशाल श्रेष्ठ/दक्षिण कोरिया:शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष‌ स्थापनार्थ फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा रहेको 율북체육공원 मा अक्टोबर २९ तारिख प्रथम नेपाली कम्युनिटी भलिबल कप २०२३ हुने भएको छ। खेङ्गिदो फ्यङथेक स्थित २०१२ सालमा स्थापना भई निरन्तर नेपाली दाजुभाईहरुको आपतविपतमा सहयोग हुँदै आइरहेको संस्था द्वारा आयोजित प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १३ लाख कोरियन वन प्राप्त गर्ने छन् भने र सेमिफाइनल पुग्ने २ टिमले ५/५ लाख वन र प्रमाणपत्र प्राप्त गर्नेछन्। अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर, उत्क...
‘रामायण’ मा हनुमान बन्दै सनी देओल!

‘रामायण’ मा हनुमान बन्दै सनी देओल!

अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, मनोरञ्जन, मनोरन्जन
बलिउड अभिनेता सनी देओलको हालै फिल्म 'गदर २' प्रदर्शन भएको थियो। फिल्मले भारतीय बक्स अफिसमा आक्रमक कमाइ गरेको थियो। फिल्ममा सनी देओल तारा सिंह बनेका थिए। अब उनी भगवान हनुमानको भूमिकामा देखिने चर्चा चलेको छ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार निर्देशक नितेश तिवारीले उनलाई फिल्म 'रामायण' मा हनुमान बन्न प्रस्ताव राखेका छन्।  फिल्मलाई लिएर सनी पनि उत्साहित रहेको बताइएको छ। तर औपचारिक रूपमा फिल्म साइन गरेका छैनन्।  निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिने चर्चा छ। यो फिल्म तीन भागमा बन्ने बताइएको छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ। जसमा यशको केमियो भूमिका रहनेछ।  यो फिल्मको छायांकन सन् २०२४ देखि सुरू गरिनेछ। प्यान इन्डि...
८ करोडको पलङ, एकरात सुतेको शुल्क १३ लाख !

८ करोडको पलङ, एकरात सुतेको शुल्क १३ लाख !

अन्तराष्ट्रिय, मनोरञ्जन
के तपाईंले एउटा बेड खरिद गर्नका लागि ६ लाख ६० हजार डलर अर्थात् करिब ८ करोड रुपैयाँ खर्च गर्न सक्नुहुन्छ ? सके पनि त्यतिधेरै पैसा खर्चेर कुन मुर्खले एउटा पलङ किन्ला । त्यतिमा त आलिशान महल नै किन्न सकिन्छ भन्नुहोला । तर तपाईंले नकिनेर के भो त ? यही करोडौंको बेड किन्नका लागि मान्छेहरु मरिहत्ते गरिरहेका छन् ।   बेड बिस्तारा उत्पादन तथा बिक्री गर्ने स्विडिस कम्पनी हेस्टेन्सले ८ करोड रुपैयाँ पर्ने बेड तयार गरेको छ । हातैले तयार गरिएको उक्त बेडलाई कम्पनीले स्लीप इन्स्ट्रुमेन्ट अर्थात् शयन साधनको रुपमा ब्रान्डिंग गरेको छ । बेयोन्से, ब्राड पिट, ड्रेक, टम क्रूज तथा एन्जेलिना जोली जस्तो सेलिब्रेटीहरुले त्यस्तो बेड खरिद गरिसकेको बताइएको छ ।   विशेष खालको चेकर प्याटर्नयुक्त यो बेडका अलग अलग मोडेलको मूल्य २ लाख ५० हजार डलरबाट सुरु हुन्छ । यो बेडमा घोडाको पुच्छरको रौंहरु प्रयोग गरिए...
SentBe रेमिट्यान्सले ल्यायो दशैं अफर!,पैसा खातामा आइफोन १५ प्रो हातमा

SentBe रेमिट्यान्सले ल्यायो दशैं अफर!,पैसा खातामा आइफोन १५ प्रो हातमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, विदेश, व्यापार
SentBe रेमिट्यान्सले ल्यायो दशैं अफर!,पैसा खातामा आइफोन १५ प्रो हातमा विशाल आवाज:यसपालिको दशैमा SentBe रेमिटेन्सले कोरियामा रहनुभएका नेपालीहरुका लागि 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 ! अफर लिएर आएको छ। जसमा बम्पर उपहारको रुपमा‌ आइफोन १५ प्रो पाउन सकिने छ। चाडपर्वको बहार NIC ASIA Remit को उपहार यो दशैमा SentBe मार्फत नेपालमा नि:शुल्क पैसा पठाएर आइफोन १५ प्रो जित्ने मौका पाउन सकिने छ। अक्टोबर १ तारिक बाट सुरु भएर अक्टोबर ३१ तारिख सम्म रहने 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 ! मा सहभागि हुनको लागि १ अक्टोबर बाट ३१ अक्टोबर सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत १ जना बिजेता छानि 𝐈𝐩𝐡𝐨𝐧𝐞 𝟏𝟓 𝐏𝐫𝐨 बम्पर उपहारको रुपमा दिइनेछ । जति धेरै पठायो , त्यति नै धेरै जित्ने मौका हुनेछ रकम थोरै धेरै जति पठाउन पनि सकिन्छ।साथै यदि ग्राहकले पहिलो पटक Se...
‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छनौट

‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छनौट

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, मनोरञ्जन
‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छनौट काठमाडौँ । टेलिभिजन रियालिटी सो ‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छानिएका छन् । डिजिटल अडिसनमा छानिएका १०० प्रतिस्पर्धीबाट फिजिकल अडिसनका लागि १८ प्रतिस्पर्धी छानिएको शोका निर्देशक नरेश नाथ योगीले बताए । छानिएका प्रतियोगीतमा शुभम सिंह भुमियार, अमरेन्द्र यादव, अनिल राई, दिपेश घिमिरे, हरी गजुरेल, हुकुम बाबु वली, कृष्ण भुर्तेल लक्ष्मण, पुजन नेपाल, रेशम सापकोटा, संजीव भट्टराई, सरोज खतिवडा, शोभा लामिछाने, श्रीराम कँडेल, सन्तोष तिवारी, अर्जुन पोखरेल, दिल्ली राज अधिकारी, कर्मा लामा र निरोज त्वायाना रहेका छन् । प्रतियोगीताको अवको राउण्ड टेलिभिजनबाट टप १८ देखि सुरु हुनेछ । टप १८ बाट एकसम्म पुगेर विजेता घोषणा गरिने आयोजकले जनाएको छ । शोको सिजन अवधिभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रूपमा प्रस्तुत गर्नुपर्ने छ ...
पाँचौं प्रवासी मजदुर वक्तृत्वकलामा गुन्जमानको प्रथम स्थानसगै नेपालको जीत कायमै

पाँचौं प्रवासी मजदुर वक्तृत्वकलामा गुन्जमानको प्रथम स्थानसगै नेपालको जीत कायमै

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै
पाँचौं प्रवासी मजदुर वक्तृत्वकलामा गुन्जमानको प्रथम स्थानसगै नेपालको जीत कायमै पाँचौं प्रवासी मजदुर कोरियन वक्तृत्वकला प्रतियोगिता–२०२३ मा नेपालको तर्फबाट गुन्जमान लामा विजेता भएको छ । विभिन्न देशका प्रतियोगीहरूमध्ये गुन्जमानले जितेसँगै नेपालले लगातार प्रथम स्थान हासिल गर्न सफल भएको छ । यसअघि सङगे तामाङ, सानु शेर्पा, दुध बहादुर लामा र वायु पौडेलले जितेका हुन् । अन्तर्राष्ट्रिय धर्म इस्टक्टर एसोसिएसन (IDIA) जेग्योसा गुम्बाले आयोजना गरेको खुल्ला प्रतियोगितामा १६ जनालाई पछि पार्दै विजेता भएको हो । उनले विजेता भएसँगै प्रमाणपत्र र नगद ५ लाख वन (नेपाली पचास हजार रुपैयाँ) प्राप्त गरेका छन् । आइतबार सउल जोङ्गाकको जोगेसा गुम्बाको हलमा भएको कार्यक्रममा दोस्रो क्रमशः. श्रीलङ्का पहन थिहगे अन्जन र इन्डोनेसीकी निङसिह त्रि महरिअन्ती भएका छन् । त्यस्तै तेस्रो नेपालका अर्जुन बहादुर मुक्तान र किर्गिस...
एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न 

एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न  विशाल आवाज:नेपालको बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका जापानलाई कर्मथलो बनाउदैं आउनुभएका महेश श्रेष्ठले एनआरएनए केन्द्रको निर्वाचनमा आफ्नो अध्यक्षको उम्मेदवारी दिएसंगै चुनावी अभियानका लागी दक्षिण कोरिया आउने क्रममा पर्वत समाज दक्षिण कोरियाले स्वागत एबं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। सुवन स्थित स्वंयभु रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा पर्वत समाजका अध्यक्ष दिपक केसी र प्रमुख सल्लाहकार नविन पराजुलीले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले एनआरएनए र क्षेत्रीय संस्था एकाअर्काको परिपुरक रहेकोले यसको संरक्षण गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो उहाँले आफु बिजय भएको खण्डमा अहिले देखीएका समस्याहरु हल गर्ने ...