Advertisement
Advertisement

अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने

Advertisement
Advertisement

अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने

बोम्जन गुरुङ/विशाल आवाज:’साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास’ भन्ने मुल नाराका साथ ‘पाँच-स’ दक्षिण कोरियाको प्रमुख आयोजना र दक्षिण कोरियामा रहेका २१ वटा क्रियाशील सस्थाहरुको सयुक्त आयोजनामा अक्टोबर २९ तारिख आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने भएको छ।

 “साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास” भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह र २१ वटा सस्था द्वारा पन्चे बाजा र स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति सहित आन्सान स्थित (पाँच स मन्दिर तथा पुस्तकालय नजिकको पार्क) मा सो कार्यक्रम आयोजना गरिने “पाँच स” का कार्यवाहक अध्यक्ष विष्णु थापाले जानकारी दिए । 

पूर्वीय सनातन धर्म, कला, संस्कार एवं नेपाली मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्धेश्यले आयोजित उक्त कार्यक्रम नेपाली सम्पर्क समिति दक्षिण NCC कोरिया सहजकर्ताको भूमिकामा रहनेछ भने सहकार्यमा गैर आवासीय नेपाली संघ ख्यङ्गी इन्छन प्रान्त दक्षिण कोरिया, नेपाल तराई समाज दक्षिण कोरिया, नेपाल गोरखा परिवार दक्षिण कोरिया, अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया, बागलुङ समाज दक्षिण कोरिया, नवलपुर समाज दक्षिण कोरिया, कास्की परिवार दक्षिण कोरिया, अनेसास कोरिया, पर्वत समाज दक्षिण कोरिया, बर्दियाली समाज दक्षिण कोरिया, भोजपुर समाज दक्षिण कोरिया, झापाली समाज दक्षिण कोरिया, दोलखाली समाज दक्षिण कोरिया, तनहुँ समाज दक्षिण कोरिया, मधेसी समाज दक्षिण कोरिया, उद्यमशील युवा मञ्च दक्षिण कोरिया, नुवाकोट समाज दक्षिण कोरिया, आन्सान नेपाली समाज दक्षिण कोरिया, सुर्खेत समाज दक्षिण कोरिया र प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया रहेको “पाँच स” का वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्याम अर्यालले बताए ।

परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित “पाँच-स”ले पूर्वीय कला,संस्कार साथै संस्कृतिको प्रवर्द्धनमा दक्षिण कोरियामा दशैं तिहार,तिजमा कार्यक्रम गर्ने तथा ध्यान योगा सिकाउने, पुजापाठ गर्ने ,विभिन्न सिपमुलक तालिम हरु दिने, कोरियामा एकमात्र साझा साँस्कृतिक मन्दिर तथा आनसान लाईव्रेरी को स्थापना गर्ने लगायत विभिन्न तरिकाले परदेशमा रहेर पनि घररदेशको कला सस्कृति जगेर्ना गर्ने काम गर्दै आइरहेको छ।

प्रवासमा रहेर पनि आफ्नो देशको मौलिकताको संरक्षण र सम्बर्द्धनमा टेवा पुग्नुको साथै नेपालीहरु विचको अपनत्वको अनुभूतिसँगै आत्मियता र भाईचारा अभिबृद्धि बढाउन यस कार्यक्रममा ब्यापक उपस्थिति हुने नेपाली सम्पर्क समिति NCC का अध्यक्ष हरी खनालले अपेक्षा र विश्वास व्यक्त गरे । “पाँच स’ को प्रमुख आयोजना र कोरियामा रहेका अन्य कृयाशील संस्थाहरूको सहकार्यमा “संयुक्त विजयादशमी महोत्सव- २०८०” मा टिका जमरा ग्रहण तथा स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति समेत रहने भएकोले उक्त कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउनुहुन कोरियास्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिका लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम तपसिल

मिति : २९ अक्टोबर, २०२३ (आईतबार)

स्थान : (पाँच स मन्दिर तथा पुस्तकालय नजिकको पार्क,आन्सान)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×