Advertisement
Advertisement

‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छनौट

Advertisement
Advertisement

‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छनौट

काठमाडौँ । टेलिभिजन रियालिटी सो ‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छानिएका छन् । डिजिटल अडिसनमा छानिएका १०० प्रतिस्पर्धीबाट फिजिकल अडिसनका लागि १८ प्रतिस्पर्धी छानिएको शोका निर्देशक नरेश नाथ योगीले बताए ।

छानिएका प्रतियोगीतमा शुभम सिंह भुमियार, अमरेन्द्र यादव, अनिल राई, दिपेश घिमिरे, हरी गजुरेल, हुकुम बाबु वली, कृष्ण भुर्तेल लक्ष्मण, पुजन नेपाल, रेशम सापकोटा, संजीव भट्टराई, सरोज खतिवडा, शोभा लामिछाने, श्रीराम कँडेल, सन्तोष तिवारी, अर्जुन पोखरेल, दिल्ली राज अधिकारी, कर्मा लामा र निरोज त्वायाना रहेका छन् ।

प्रतियोगीताको अवको राउण्ड टेलिभिजनबाट टप १८ देखि सुरु हुनेछ । टप १८ बाट एकसम्म पुगेर विजेता घोषणा गरिने आयोजकले जनाएको छ । शोको सिजन अवधिभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रूपमा प्रस्तुत गर्नुपर्ने छ ।

मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो । जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरूका लागि महागफाडी उपयुक्त प्लेटफर्म हुने निर्देशक योगीको धारणा छ ।

कार्यक्रमको फाइनल अस्ट्रेलिया र पहिलो वल्र्डटुरको सुरुवात क्यानडाबाट गरिने कार्यक्रममा दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ । जसको भोटिङ पार्टनरको रूपमा ‘माई पे’ रहेको छ ।

‘महागफाडी’को निर्णायक मण्डलमा वरिष्ठ हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहेका छन् । अभिनेता कामेश्वर चौरासिया कार्यक्रमको संचालकमा रहेका छन् ।

‘महागफाडी’को शिर्ष विजेताले १५ लाख नगद तथा सवारी साधन, फष्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौँ हुनेलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले बताएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?Jmenuji se Jan Novák a rád bych vám přiblížil online kasin...

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland ist

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland istMein Name ist Max Müller, und in diesem Artikel werde ic...

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×