Advertisement
Advertisement

८ करोडको पलङ, एकरात सुतेको शुल्क १३ लाख !

Advertisement
Advertisement

के तपाईंले एउटा बेड खरिद गर्नका लागि ६ लाख ६० हजार डलर अर्थात् करिब ८ करोड रुपैयाँ खर्च गर्न सक्नुहुन्छ ? सके पनि त्यतिधेरै पैसा खर्चेर कुन मुर्खले एउटा पलङ किन्ला । त्यतिमा त आलिशान महल नै किन्न सकिन्छ भन्नुहोला । तर तपाईंले नकिनेर के भो त ? यही करोडौंको बेड किन्नका लागि मान्छेहरु मरिहत्ते गरिरहेका छन् ।

 

बेड बिस्तारा उत्पादन तथा बिक्री गर्ने स्विडिस कम्पनी हेस्टेन्सले ८ करोड रुपैयाँ पर्ने बेड तयार गरेको छ । हातैले तयार गरिएको उक्त बेडलाई कम्पनीले स्लीप इन्स्ट्रुमेन्ट अर्थात् शयन साधनको रुपमा ब्रान्डिंग गरेको छ । बेयोन्से, ब्राड पिट, ड्रेक, टम क्रूज तथा एन्जेलिना जोली जस्तो सेलिब्रेटीहरुले त्यस्तो बेड खरिद गरिसकेको बताइएको छ ।

 

विशेष खालको चेकर प्याटर्नयुक्त यो बेडका अलग अलग मोडेलको मूल्य २ लाख ५० हजार डलरबाट सुरु हुन्छ । यो बेडमा घोडाको पुच्छरको रौंहरु प्रयोग गरिएको छ । यो बेडको निर्माता कम्पनी हेस्टेन्सको स्थापना सन् १८५२ मा स्वीडेनको वास्टर मेनल्याण्ड काउन्टीस्थित कोपिंगमा भएको हो । यो कम्पनीले पलङमा २५ वर्षको वारेन्टी दिन्छ ।

 

करोडौं खर्च गरेर पलङ किनेपछि ग्राहकहरु ढुक्क होउन् भन्ने कम्पनी चाहन्छ । त्यसैले खरिद गर्नुअघि ग्राहकलाई पलङको जाँच गर्न तथा ट्रायल गर्न पनि भनिन्छ । कम्पनी भन्छ, ‘जुन बिस्तारामा तपाईं जीवनभर सुत्नुहुन्छ, त्यसको परीक्षण निकै जरुरी छ । यसमा कुन धेरै समय पो लाग्छ र ?’

 

हेस्टेन्सको सबैभन्दा खास तथा मुख्य स्लीप स्पा फिचरले बेड प्रयोगको अनुभवलाई एक तह माथि उठाइदिएको छ ।

 

अमेरिकास्थित यो बेडका स्टोरहरुले ग्राहकलाई परीक्षण शयनको अवसर उपलब्ध गराउँछन् । यो निकै आरामदायी बेड हो ।

 

एक समाचार साइटका रिपोर्टरले न्युयोर्कमा यो स्लीप स्पाको भ्रमण गरेका छन् र भनेका छन् कि ग्राहकहरुलाई अँध्यारो तथा लेभेन्डरको सुगन्धयुक्त शोरुममा लैजाने कुरा उल्लेख गरेका छन् । त्यहाँ बस्नुअघि बेडलाई हेलो भन्न लगाइन्छ ।

 

स्टोरका एकजना प्रतिनिधिले ग्राहकसँग कुराकानी गर्दछन् र बेडको गद्दामा आराम गर्दा शरीरलाई कस्तो महसुस गर्नुभयो भनेर सोध्छन् । यस क्रममा एक घण्टा टेस्ट शयन गर्न पाइन्छ ।

 

करोडौंमा किनेको बेडको स्याहार सम्भार पनि खास हुने नै भयो । आफ्नो ओछ्यानलाई अत्युत्तम अवस्थामा राख्नका लागि यसलाई के समयको अन्तरालमा १८० डिग्री सम्म मोड्न तथा घुमाउन आवश्यक हुन्छ ताकि सुत्ने सतह शरीर तथा सुताइको स्थिति अनुकुल होस् ।

 

लण्डनमा द ल्यांगहमस्थित द इन्फिनिटी स्वीट होटल हस्टेन्सको यही बेडबाट सुसज्जित छ । यो बेड ३७ पत्र तथा २०० केजीभन्दा धेरै अनि सावधानीपूर्वक छनोट गरिएका चिजबाट निर्माण गरिएको छ । उक्त होटलमा पाहुना सुत्नका लागि तीनवटा अलग अलग हेस्टेन्स बिस्तारा छनोट गर्न सक्दछन् । उक्त बेड भएको स्वीट रुममा बस्नका लागि एक रातको १० हजार डलर अर्थात् करिब १३ लाख रुपैयाँ तिर्नुपर्दछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...

Sociale medier og casinospil: Forstå free spins tilbud effektivt

Sociale medier og casinospil: Forstå free spins tilbud effektivtMit navn er Mads Jensen, og som ekspert inden for online gaming og...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×