Advertisement
Advertisement

Day: २४ आश्विन २०८०, बुधबार ०७:३६

‘रामायण’ मा हनुमान बन्दै सनी देओल!

‘रामायण’ मा हनुमान बन्दै सनी देओल!

अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, मनोरञ्जन, मनोरन्जन
बलिउड अभिनेता सनी देओलको हालै फिल्म 'गदर २' प्रदर्शन भएको थियो। फिल्मले भारतीय बक्स अफिसमा आक्रमक कमाइ गरेको थियो। फिल्ममा सनी देओल तारा सिंह बनेका थिए। अब उनी भगवान हनुमानको भूमिकामा देखिने चर्चा चलेको छ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार निर्देशक नितेश तिवारीले उनलाई फिल्म 'रामायण' मा हनुमान बन्न प्रस्ताव राखेका छन्।  फिल्मलाई लिएर सनी पनि उत्साहित रहेको बताइएको छ। तर औपचारिक रूपमा फिल्म साइन गरेका छैनन्।  निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिने चर्चा छ। यो फिल्म तीन भागमा बन्ने बताइएको छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ। जसमा यशको केमियो भूमिका रहनेछ।  यो फिल्मको छायांकन सन् २०२४ देखि सुरू गरिनेछ। प्यान इन्डि...
८ करोडको पलङ, एकरात सुतेको शुल्क १३ लाख !

८ करोडको पलङ, एकरात सुतेको शुल्क १३ लाख !

अन्तराष्ट्रिय, मनोरञ्जन
के तपाईंले एउटा बेड खरिद गर्नका लागि ६ लाख ६० हजार डलर अर्थात् करिब ८ करोड रुपैयाँ खर्च गर्न सक्नुहुन्छ ? सके पनि त्यतिधेरै पैसा खर्चेर कुन मुर्खले एउटा पलङ किन्ला । त्यतिमा त आलिशान महल नै किन्न सकिन्छ भन्नुहोला । तर तपाईंले नकिनेर के भो त ? यही करोडौंको बेड किन्नका लागि मान्छेहरु मरिहत्ते गरिरहेका छन् ।   बेड बिस्तारा उत्पादन तथा बिक्री गर्ने स्विडिस कम्पनी हेस्टेन्सले ८ करोड रुपैयाँ पर्ने बेड तयार गरेको छ । हातैले तयार गरिएको उक्त बेडलाई कम्पनीले स्लीप इन्स्ट्रुमेन्ट अर्थात् शयन साधनको रुपमा ब्रान्डिंग गरेको छ । बेयोन्से, ब्राड पिट, ड्रेक, टम क्रूज तथा एन्जेलिना जोली जस्तो सेलिब्रेटीहरुले त्यस्तो बेड खरिद गरिसकेको बताइएको छ ।   विशेष खालको चेकर प्याटर्नयुक्त यो बेडका अलग अलग मोडेलको मूल्य २ लाख ५० हजार डलरबाट सुरु हुन्छ । यो बेडमा घोडाको पुच्छरको रौंहरु प्रयोग गरिए...
आजको राशिफल : २०८० असोज २४ गते (बुधबार)

आजको राशिफल : २०८० असोज २४ गते (बुधबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योग पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप प्रत्यारोप आइपर्दा समस्या खेप्नुपर्नेछ स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन पनि पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै...