Advertisement
Advertisement

एनआएनएको सचिबमा कोरियाबाट केपि सिटौलाको दरबिलो उम्मेदवारी

Advertisement
Advertisement

एनआएनएको सचिबमा कोरियाबाट केपि सिटौलाको दरबिलो उम्मेदवारी



कमला केसी
/दक्षिण कोरिया :गैरआवासीय नेपाली संघ (एनआएनए) को आगामी निर्वाचनमा सचिब पदका लागि केपी सिटौला (कृष्णप्रसाद सिटौलाले) उम्मेदवारी घोषणा गर्नुभएको छ ।

एनआरएनए को यहि अक्टुवर १७ देखि २० गतेसम्म हुने ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनवाट नेतृत्वमा पुगि संस्थागत सुधारसँगै नेपाल र नेपालीको हितमा काम गर्नका लागि आफुले सचिब पदमा उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुभयो । नेपालको झापा जिल्ला घर भई लामो समयदेखि कोरियालाई कर्मक्षेत्र बनाउनुभएका सिटौला सन १९९२ सालमा कोरिया प्रवेश गर्नु भएको हो ।
सन् २००६ देखि एनआरएनए प्रवेश गर्नुभएका सिटौला एनआएनएको संस्थापक र थप अर्को कार्यकाल अध्यक्ष, एनआरएनए आईसीसी सदस्य, एनआरएन एनसिसी कोरियाको संरक्षक र नेपाल पर्यटन वोर्ड, मानार्थ पर्यटन दुतको रुपमा समेत सक्रिय हुनुुहुन्छ ।
सिटौलाले कोरियामा भाषा नजान्दा ६ बर्ष जेल परेकि चन्द्रा कुमारी गुरुङको कथा ब्यथा सबैको समक्ष प्रस्तुत गर्नुभएको थियो भने उहाँलाई कोरिया सरकारले पहिलो मानार्थ नेपाली नागरिको रुपमा सम्मान समेत गरेको थियो । रोजगारी सँगै सामाजिक क्षेत्रमा समेत सक्रिय सिटौला नेपालको पर्यटन दुत भएर काम गर्ने देखि एनसिसी अध्यक्ष हुँदा कोरियामा नेपाली बुद्व प्रतिमा स्थापनाको लागी समेत योगदान पुर्‍यानुभएको थियो । त्यस्तै कोरियामा हरेक जनवरी १ तारिकमा नेपाली पोशाक अनि ढाका टोपि लगाएर सिओल टावर घुम्ने अनि घुमाउने कार्यक्रमको विकास गर्ने काम समेत सिटौलाले शुरुवात गर्नुभएको हो ।


गुम्दै गरेको एनआरएनएको साखलाई जोगाउँदै गर्ब गर्न लायक प्रवासी नेपालीहरुको साझा संस्था बनाउने मुल उद्धेश्यका साथ आफुले सचिब पदमा उम्मेदवारी दिन थालेको उहाँको भनाई छ । “नेपालीका लागि नेपाली“ भन्ने मुल नारा सहित एनआरएनएको दुई दशकको यात्रामा विश्वभरका ८७ देशमा नेपालीहरुको पहिचानका साथै कर्मभूमि र मातृभूमि विचका बहुआयामिक सेतुका रुपमा स्थापित हुँदै गईरहेको एनआरएनए बिगत चार बर्ष यता उदेश्य बिहिन झै भएर अल्मलिनुका साथै कर्तव्य र गन्तब्य बिहिन भएर भागबन्डामा अलमलिएको भन्दै उम्मेदवार सिटौलाले यसको गरिमालाई बचाउनका लागि पनि आफु निर्वाचनमा होमिन थालेको बताउनुभयो ।
एन आर एन धनिमानिको क्लब हो, श्रमिक, बिद्यार्थी, महिला आदिलाई भोट बैंक र बिदेशमा बसोबास गर्ने नेपालीहरुको संख्याको रुपमा मात्र प्रयोग गर्छ भन्ने भ्रम लाई चिर्न तथा यसको बृहत्तर सुधार, थप परिस्कृत नेतृत्व, प्रभावकारी र परिणाममुखी बनाउनु पर्नेमा ढिलै भए पनि प्रवासीहरु एकजुट हुनुको बिकल्प छैन भन्ने आफ्नो सोच रहेको उहाँले बताउनुभयो । ‘पोखरी सफागर्न डिलबाट निर्देशन अर्थात् मुकदर्शक बनेर होइन, जाल लिएर पोखरिमै पस्नु पर्छ भन्ने“ मान्यतालाई आत्मसात गर्दै र गुम्दै गरेको एन आर एनको साखलाई पुनर्जीवित पार्न र गैरआवासीय नेपालीको गरीमा उच्च बनाउन आफुले उम्मेदवारी दिन लागेको भन्दै अमुल्य मत दिएर बिजयी गराउन समेत उहाँले अपिल गर्नुभएको छ ।


गैरआवासीय नेपाली संघमा पदको लागि सयौं खोक्रा एजेन्डा र प्रतिबद्धताहरुको फुलबुट्टाले भरिएको दस्तावेज पस्किने तर न्युनतम नगरिनहुने कामहरु समेत केही नगर्ने प्रवृत्ति मौलाएको भन्दै आफु बिजयी भएपछि एनआरएनलाई नमुना संस्था बनाउन पहल गर्ने समेत उहाँको योजना छ । सन् २००५ को दोस्रो विश्व सम्मेलन देखि एनआरएनएमा जोडिएर १८ बर्ष देखि एनआरएन कोरियाको संस्थापक अध्यक्षबाट आइसीसी सदस्य हुंदै, विभिन्न कार्यदलमा अग्रगामी भुमिका निर्बाह गर्दाका अनुभव र कोरिया स्थित विभिन्न संघ संस्थाको सन्चालक समिति सदस्यको रुपमा सिकेका ज्ञान र सिप बाट संघ तथा सम्पूणर् गैरआवासीय नेपाली हरुको हक हितमा काम गर्न सक्ने आत्मविश्वास र इच्छाशक्ति प्रस्तुत गर्दै संस्थामा सक्षम व्यक्तिहरुको खांचोलाई थोरैभए पनि बल थप्न सक्ने दृढता र आत्म बिश्वास समेत सिटौलाले व्यक्त गर्नुभएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×