२६ असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले बताए ।
न्यायाधीश डण्डपाणि शर्माको इजलासले घटनामा उनी संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउनुपर्ने आदेश गरेको हो ।
महरा लगायत ४ जनामाथि आपराधिक विश्वासघात ,भन्सार चोरी तथा संगठीत अपराध सम्बन्धी कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलेको थियो ।
विद्युतीय चुरोट(भेप)भित्र सुन लुकाएर ल्याउने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले राहुल लगायतमाथि अनुसन्धान गरेको थियो ।
राहुल पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन् ।...
२६ आश्विन २०८०, शुक्रबार १५:०९२६ आश्विन २०८०, शुक्रबार १५:०९२६ आश्विन २०८०, शुक्रबार १५:०९ by विशाल श्रेष्ठNo Comments
कोरियालि प्रहरीको अनुसन्धानमा परेका माओवादी नेता दिपशिखा आइतबार नेपाल फर्कदै
विशाल श्रेष्ठ/दक्षिण कोरिया:कोरिया स्थित नेपाली राजदूतले मगाएको औषधी बोकेका कारण अध्यागमनमा रोकिएर बिगत २ महिनादेखि कोरियाली प्रहरीको अनुसन्धानमा परेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ को केस अनुसन्धान शुक्रबार सकिएर आइतबार नेपाल फर्कने भएका छन्।
गत अगस्ट १० मा कोरिया प्रस्थान गरेका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान थालेको थियो।
स्रोतका अनुसार दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए। राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ।
पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी उनले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन।
इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखा...
२६ आश्विन २०८०, शुक्रबार ०२:५८२६ आश्विन २०८०, शुक्रबार ०२:५८२६ आश्विन २०८०, शुक्रबार ०२:५८ by विशाल श्रेष्ठNo Comments
एनआएनएको सचिबमा कोरियाबाट केपि सिटौलाको दरबिलो उम्मेदवारी
कमला केसी /दक्षिण कोरिया :गैरआवासीय नेपाली संघ (एनआएनए) को आगामी निर्वाचनमा सचिब पदका लागि केपी सिटौला (कृष्णप्रसाद सिटौलाले) उम्मेदवारी घोषणा गर्नुभएको छ ।
एनआरएनए को यहि अक्टुवर १७ देखि २० गतेसम्म हुने ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनवाट नेतृत्वमा पुगि संस्थागत सुधारसँगै नेपाल र नेपालीको हितमा काम गर्नका लागि आफुले सचिब पदमा उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुभयो । नेपालको झापा जिल्ला घर भई लामो समयदेखि कोरियालाई कर्मक्षेत्र बनाउनुभएका सिटौला सन १९९२ सालमा कोरिया प्रवेश गर्नु भएको हो ।
सन् २००६ देखि एनआरएनए प्रवेश गर्नुभएका सिटौला एनआएनएको संस्थापक र थप अर्को कार्यकाल अध्यक्ष, एनआरएनए आईसीसी सदस्य, एनआरएन एनसिसी कोरियाको संरक्षक र नेपाल पर्यटन वोर्ड, मानार्थ पर्यटन दुतको रुपमा समेत सक्रिय हुनुुहुन्छ ।
सिटौलाले कोरियामा भ...
२६ आश्विन २०८०, शुक्रबार ०१:०७२६ आश्विन २०८०, शुक्रबार ०१:०७२६ आश्विन २०८०, शुक्रबार ०१:०७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कारको प्राप्ति पनि हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता पनि बढ्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ...