Advertisement
Advertisement

एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न 

Advertisement
Advertisement

एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न 

विशाल आवाज:नेपालको बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका जापानलाई कर्मथलो बनाउदैं आउनुभएका महेश श्रेष्ठले एनआरएनए केन्द्रको निर्वाचनमा आफ्नो अध्यक्षको उम्मेदवारी दिएसंगै चुनावी अभियानका लागी दक्षिण कोरिया आउने क्रममा पर्वत समाज दक्षिण कोरियाले स्वागत एबं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

सुवन स्थित स्वंयभु रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा पर्वत समाजका अध्यक्ष दिपक केसी र प्रमुख सल्लाहकार नविन पराजुलीले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले एनआरएनए र क्षेत्रीय संस्था एकाअर्काको परिपुरक रहेकोले यसको संरक्षण गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो उहाँले आफु बिजय भएको खण्डमा अहिले देखीएका समस्याहरु हल गर्ने गरि एजेन्डा अगाडी सारेको प्रष्ट पार्नुभएको थियो । आफ्नो जन्मथलो पर्वतसंग कोरियामा जोडीन पाउदा परिवारसंग भेटिएको महशुस भएको भनेर खुशी व्यक्त गर्नुभयो । 

कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, चुनावी अभियानका क्रममा अमेरिका देखीआउनुभएका सचीव पदको उम्मेदवार कृष्णजिवि पन्त समाजका सल्लाहकार ईन्दिरा तिवारी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रमुख सल्लाहकार नविन पराजुलीले राख्नुभएको थियो भने अध्यक्ष दिपक केसीले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव कमला केसीले गर्नुभएको थियो ।

को हुन् महेशकुमार श्रेष्ठ:

महेशकुमार श्रेष्ठ गैरआवासीय नेपाली संघमार्फत सञ्चालित विश्वव्यापी अभियानमा सुपरिचित नाम हो । नेपालको बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ जापानका प्रभावशाली व्यवसायीमध्ये एक हुन् । विश्वकै दोस्रो ठूलो बन्जीजम्प परियोजना ‘द क्लिफ प्राइभेट लिमिटेड’ का प्रमोटर रहेका श्रेष्ठले व्यवसायिक परिचय स्थापित गरेका छन् ।

पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने कालीगण्डकीको खोंचमा बनेको आधा किलोमिटर लामो पुलमा सञ्चालित विश्वकै अग्लो बन्जी र स्विङ (पिङ) हाल सञ्चालनमा छ । उनले जापानमै बसेर स्विट्जरल्यान्डलाई पछि पार्दै निर्माण भएको विश्वकै दोस्रो अग्लो बन्जीलाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् ।

५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङका लागि जम्प गर्ने प्लाटफर्म निर्माण गरिएको छ । खोलादेखि पुलको उचाइ २२८ मिटर अर्थात् ७४८ फिट छ।

एक आत्मनिर्भर व्यवसायीको परिचय बनाएका श्रेष्ठले व्यवसायिक सञ्जाल व्यापक बनाउँर्द लगेका छन् । सामाजिक एवं धार्मिक कार्यमा पनि उत्तिकै रुचि राख्ने श्रेष्ठले नेपालमा रेमिट्यान्स भित्र्याउने विश्वव्यापी कम्पनी सिटी एक्सप्रेस सञ्चालन गरेका छन् ।‘म अहिले जापानमा भए पनि नेपालका थुप्रै क्षेत्रमा लगानी गरेको छु । धेरै नेपाली युवाले रोजगारी पाउनुभएको छ । विदेशमा भएर पनि नेपालीहरुको लागि निरन्तर काम गरिरहेको छु’, श्रेष्ठ भन्छन्, ‘बन्जी जम्पको प्रवर्द्धनमा विभिन्न सञ्जाल विस्तार गरेर विश्वका पर्यटकहरुलाई नेपाल भित्र्याउन सहयोग गरिरहेको छु । सामाजिक संस्था एनआरएनबाट पनि मैले नेपालीहरुका लागि सहयोग गरेको छु ।’

श्रेष्ठको व्यवसायिक सञ्जाल:श्रेष्ठ सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेड र टोनन कम्पनी लिमिटेड जापान (भारतीय र नेपाली भोजनालय) का अध्यक्ष एवं सीईओ छन् । त्यस्तै किवी फल उत्पादन र बजारीकरणमा सक्रिय जेएनएन कृषि कम्पनी लिमिटेड पनि उनैले सम्हालेका छन् । सिटी ट्राभल एण्ड टुर कम्पनी लिमिटेड जापान र सीआई मानव संसाधन कम्पनी लिमिटेड जापानका निर्देशक भएर उनले व्यवसायिक रुपमा छलाङ मारिरहेका छन् ।

जापानमा मात्रै नभएर नेपालमा पनि महेशको व्यवसायिक सञ्जाल लोभलाग्दो छ । नेपालमा उनले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि, सिटी एक्सप्रेस म्यानेजमेन्ट प्रालि, सिटी टेक (आईटी) प्रालि, सिटी इन्भेष्टमेन्ट फन्ड प्रालि, सिटी एक्सप्रेस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडमा साझेदारी गरिरहेका छन् ।

जलविद्युतसँगै भौतिक पूर्वाधार निर्माणमा श्रेष्ठले लगानी गरेका छन् । हिमालयन पावर पार्टनर लिमिटेड (हाइड्रो पावर प्रोजेक्ट), एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र एनआरएन नेपाल विकास कोष लिमिटेडका उनी निर्देशक छन् ।

एनआरएनएसँगको यात्रा विश्वका ८७ देशमा सञ्जाल विस्तार भइसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सन् २००३ देखि नै आवद्ध भएको उनी बताउँछन् । जापानबाटै ‘राष्ट्रिय समन्वय परिषद’ (एनसीसी) को संस्थापक रहेका उनी संघको अन्तर्राष्ट्रिय समन्वय परिषद कोषाध्यक्ष हाल उपाध्यक्षको जिम्मेवारीमा छन् ।

‘एनआरएनएमा बसेर जति काम गरें, सबैको चित्त बुझ्ने गरी गरेको छु । सदस्य र डेलिगेट्सहरुको मन दुखाउने गरी कुनै भूमिका निर्वाह गरेको छैन’, उनले भने ।सन २०१७ देखि २०१८ सालसम्म नेपाल सरकारको विदेशी लगानी समन्वय तथा अनुगमन समितिको सदस्य रहेका श्रेष्ठ चुनौती सामना गर्न सधैं अघि सर्ने आफ्नो बानी भएको बताउँछन् ।

‘यतिबेला एनआरएनए संकटको अवस्थामा छ । संस्थालाई एकताको सूत्रमा बाँधेर हिंड्ने बेला भएको छ । अहिलेसम्म जति जिम्मेवारी लिएर काम गरें, सबै सफल बनाएको छु’, उनले भने, ‘अब नेतृत्व सम्हालेर चुनौती र सम्भावना दुवै काँधमा बोकेर हिंड्न तयार छु ।’

श्रेष्ठ सन् २०१९ देखि २०२१ सम्म गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष र सन् २०२१ देखि हालसम्म उपाध्यक्ष छन् । इन्जिनियरिङमा स्नातक गरेर पछि मानवशास्त्र तथा समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी जापानको ग्लोबिस युर्निभर्सिटीबाट एमबीए सकाएर हाल जापानकै केट्सु युर्निभर्सिटीमा पीएचडी अध्ययन गरिरहेका छन् ।

उनी एनआरएनएको नेतृत्व सम्हालेर मुलुकको समृद्धिमा काम गर्न अघि बढेको बताउँछन् । सोहीअनुसार व्यवसायी श्रेष्ठले यस पटक एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एनआरएनएको ११औं महाधिवेशनमा यही असोज ३० अर्थात अक्टोबर१७ देखि काठमाडौंमा हुँदैछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×