छुसकमा “न्यू भिजन सांगितिक सौगात भाग २” हुने
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, विदेश, समाचार
छुसकमा "न्यू भिजन सांगितिक सौगात भाग २" हुने
न्यू भिजन ग्रुप दक्षिण कोरियाले यहि आगामी छुसकको दोस्रो दिन यानिकी सेप्टेम्बर 29 मा कोरियाको किम्हेमा `विविध कारणले कोरियामा उपचाररत आर्थिक अभावका नेपालीहरुलाई सहयोगार्थ´ भन्ने मूल उद्देश्यका साथ "न्यू भिजन सांगितिक सौगात भाग २" आयोजना गर्ने भएको छ ।
गत आईतबार संस्थाको अध्यक्ष जीवन शर्माको अध्यक्षतामा बसेको पुर्ण औपचारिक बैठकले भव्य कार्यक्रमको आयोजना गर्ने पक्का निर्णय लिएको छ । कार्यक्रममा चर्चित गायक प्रकाश सपूत र चर्चित गायिका रचना रिमाल आउने टुंगो लागेको छ भने बाँकी कलाकार समेत चाँडै टुंगो लगाउने संस्थाका अध्यक्ष शर्माले बताउनुभयो । फरक र नयाँ उद्देश्यले 2017 मा कोरियामा स्थापना भएको संस्थाले यस अघि 2018 मा भाग १ भव्यताका साथ सम्पन्न गरेको थियो । विविध कारण कोरियामा उपचार अभावमा धेरै नेपालीहरु छटपटाईरहेका हुन्छन त्यही समस्य...









