मकवानपुर सांगीतिक धमाका भाग – 2 घोषणा कार्यक्रम मे 13 मा

विशाल आवाज संसंवाददाता: मकवानपुर कोरिया मञ्च, दक्षिण कोरियाले मकवानपुर स्थायी ठेगाना भइ हाल दक्षिण कोरियालाइ कर्मथलो बनाएर दक्षिण कोरियामा बस्दै आएका समस्त मकवानपुरेहरु संग भेटघाट तथा मकवानपुर सांगीतिक धमाका भाग – 2 घोषणा कार्यक्रम मे 13 मा गर्ने भएका छन्।
मे 13 र 14 पिकनिक कार्यक्रमको आयोजना गर्ने निर्णय भएता पनि विशेष प्रविधिक कारण सो कार्यक्रम गर्न नसकिएको र सम्पूर्णलाई मध्येनजर राख्दै कोरियालाइ आफ्नो कर्मभुमि बनाएर बसेका मकवानपुरेहरुलाइ एकत्रीत गर्ने उद्धेश्यका साथ हामीले यो भेटघाट राखिएको संस्थाका अध्यक्ष सुर्य रुम्बाले बताएका छन्।

मकवानपुर कोरिया मञ्च’ कोरियामा रहेका सक्रिय सङ्घ संस्थाहरू मध्ये एक सक्रिय संस्था हो। विगतमा हेटौडा अस्पताललाइ एम्बुलेन्स , कोरोना महामारी संक्रमितको बेला महाअभियान नै चलाइ मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौडा अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित बिरामीहरुको लागि अक्सीजन सङ्गै अन्य स्वास्थ्य सामाग्री वितरण ,त्यसै गरी मकवानपुर भित्रका गढ़ी गाउपालिका , राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका लगायत लाई स्वास्थ्य सामाग्री वितरण गरेका र मकवानपुर जिल्लामा अपतविपत पर्दा सक्रिय रूपमा सहयोगहरु गर्दै आइरहको संस्थाका महासचिव शुभराज भोम्जनले प्रष्ट पारे ।
उक्त कार्यक्रममा उपस्थित भएर कार्यक्रमको सोभा बढाइदिनहुन तमाम कोरियावासी मकवानपुरेहरु माझ मकवानपुर कोरिया मञ्च, दक्षिण कोरियाले हार्दिक अपिल समेत गरेका छ्न।
कार्यक्रम हुने मिति : 2023/05/13 शनिबार
कार्यक्रम हुने स्थान : निक ट्राभलको सभाहल, दोङ्देमुन सौल कार्यक्रम सुरुहुने समय : दिउसो 2:00 बजे
सम्पर्क नम्बर : 010-9005-3786( शुभराज भोम्जन) / सुर्य रुम्बा ( 010-2802-7303)









