चर्को भाडादरका बारेमा पर्यटन मन्त्रालयले युनिभर्सलसँग गर्यो सोधपुछ, काठमाडौं-सिओलको भाडा घटाउन तयार
चर्को भाडादरका बारेमा पर्यटन मन्त्रालयले युनिभर्सलसँग गर्यो सोधपुछ, काठमाडौं-सिओलको भाडा घटाउन तयार
काठमाडौं। पर्यटन मन्त्रालयको हस्तक्षेपपछि कोरियन एयरले भाडा घटाउने भएको छ। मन्त्रालयले कोरियन एयरको जनरल सेल्स एजेन्ट(जिएसए) युनिभर्सल टुर्स एण्ड ट्राभलसँग भाडाका बारेमा सोधपुछ गरेपछि भाडा घटाउन तयार भएको हो।
मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरियन एयर भाडा पुनरावलोकन गर्न तयार रहेको जानकारी दिए।
‘महँगो भाडादरका बारेमा हामीले कम्पनीसँग छलफल गरेका थियौं। केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले युनिभर्सलसँग सम्पर्क गरेर भाडा पुनरावलोकन गर्न तयार रहेको जानकारी गराएको छ,’ उनले बिजमाण्डूसँग भने, ‘युनिभर्सलले कोरियामा छलफल गरेर भाडादर पुनरावलोकन गर्ने सुचना दिएको छ।’
कोरियन एयरले अरु जहाजले उडान नगरेको मौका छोप्दै काठमाडौ- सिओलको भाडा २ लाख रुपैयाँसम्म लिने गरेको छ। एकाधिकारको...








