Advertisement
Advertisement

नेपाली युवतिको कारण १६ बर्ष कोरिया बस्दा १६ रुपैयाँ लैजान सकेनन

Advertisement
Advertisement

मिन बि.क,हेल्लो कोरिया नेपाल

२० बर्षको उमेरमा उमेरलाई १६ बर्ष बढाएर ३५ बर्षे कोरियन केटिसंग फेक म्यारिज भिषामा कोरिया प्रवेश गरेका एक नेपाली युवाले कोरिया १६ बर्ष काम गरेर घर फर्किदा १६ रुपैयाँ लैजान सकेनन ।

झट्ट सुन्दा यस्तो पनि होला र ? भन्ने प्रश्न जो कोहिको मनमा आउन सक्छ तर यो घटना एकदम सत्य हो । म्यारिज भिषामा कोरिया प्रवेश गरेपछी उनको केही समय मानै एक जना नेपाली युवतिसंग भेट हुन पुग्यो । उक्त नेपाली युवती पनि म्यारिज भिषामा कोरिया आएकी रहिछन तर यिनको बिबाह भने फेक नभएर कोरियन संग सत्य बिबाह थियो ।

कोरिया आएको केही समयमा नै यी दुवै अत्यन्तै नजिकिन थाले । यति सम्म कि उनिहरु काम छुट्टाछुट्टै गर्ने तर बेलुकी संग बस्न थाले । यो बिचमा फेक म्यारिज गरेर आएको युवाको कोरियन केटिले अनावश्यक पैसा माग्ने नत्र भिषा थप्न सहयोग गर्दिन भन्ने झन्झटले गर्दा भिषा थप्न समस्या भैरहेको थियो । नेपाली युवतिले भिषा नथप्न सल्लाह दिएकी थिईन बरु पछि हामी बिहे गएपछी कोरियन नागरिकता प्राप्त गर्न सकिन्छ भन्ने सल्लाह मानेर उसले भिषा थपेन । र कोरियाको बसाईमा भिषा नभएको ब्यक्ती बन्न पुग्यो 

 फेक म्यरिज गरेर आएको अविबाहित युवाले उक्त नेपाली युवती जुन कोरियन संग बिबाह गरेकी आएकी थिईन त्यससंगै कारिएको बसाई बुढाबुढि जसरी बिताएका थिए । उक्त नेपाली युवतीसंग सङै बसेको ८ बर्षपछी मात्रै युवकलाई थाहा भयो कि युवतीको नेपालमा २ जना बच्चा छ डिभोर्स गरेर आएको हो भनेर ।

त्यस परिस्थितिमा युवकलाई छाँगाबाट खसेजस्तो भान भएको थियो । तर नेपालमा भएको श्रीमानसंग डिभोर्स गरिसकेको र यहाँ कोरियन संग पनि नबस्ने आफैसंग बुढाबुढी जसरी बस्ने भएकोले युवकले पनि त्यसलाई बिर्सेर सम्बन्धलाई निरन्तरता दिएको थियो ।

युवकले यति बिश्वास गर्यो कि कमाएको सम्पुर्ण पैसा युवतीमार्फत नेपालमा घर जगा किन्ने युवतीकै नाममा राख्ने काम गर्यो । कोरियाको इन्छनमा दस बर्षको बसाई पछि कोरियाको  एक ठाउँमा सरेका उनिहरुले त्यहाँ एउटा नेपाली रेष्टुरेन्ट खोलेका थिए । रेष्टुरेन्ट खोल्नमा पनि युवकले लगानी गरेको छ ।

नेपाली रेष्टुरेन्ट राम्रै चलिरहेको थियो । युवकले कुकको काम गर्थो भने युवती रिसेप्सनको काम गर्थिन । समय बितिरहेको थियो सम्बन्ध पनि राम्रै चलिरहेको थियो । केही समयपछी युवतिको व्यबहारमा परिवर्तन हुँदै आएको युवकलाई भान हुन थाल्यो । युवती बाहिर जाने २/४ घण्टा हराउने हुँदै कहिलेकाही घरमा नआउने गर्न थालीन ।

एक दिनको कुरा युवतीलाई फलो गर्दै जादा एक जना नेपाली युवकसंग रंगेहात कोठामा फेला पार्न पुग्यो । त्यसपछी युवकलाई सह्य भएन उसको रिसको सिमा रहेन जो संग सोह्र बर्षदेखी बुढी मानेर सम्पुर्ण बिश्वास गरेर सबै सम्पती सुम्पिएर बसेको छ उसैलाई यो अबस्थामा देखेपछी युवकले युवतिलाई दुई झापट लगाई दिएछ ।

त्यत्तिकैमा युवतिले लैंगिक हिंसामा प्रहरिमा उजुरी गरिछन युवकको भिषा नभएकोले प्रहरिले समातेर तत्काल नेपाल पठाईदिएछ । १६ बर्ष कोरिया बसाइमा उनले कमाएको करिव ५ करोड रुपैयाँ युवतीले आफ्नो पोल्टामा पारिसकेकी थिईन भने युवकले १६ रुपैयाँ समेत लैजान सकेन । प्रहरीले समातेपछि युवकले घाँटीमा लगाएको सुनको सिक्री समेत युवतिले मेरो हो भनेर फुकाल्न लगाएकी थिईन ।

हाल उक्त युवक खाडी मुलुकको भिषा लगाएर पर्खी बसेका छन । कोरिया युवतिले उनैले लगानी गरेको रेष्टुरेन्ट संचालन गर्दै छिन भने नेपालमा घर जगा सपिङ्ग कम्प्लेक्स खडा गरेकिछन ।

यो सत्य घटना हो । सचेतनाको लागि कसैको पनि नाम नखुलाएर कथाको रुपमा लेखिएको हो । सचेत रहनुहोला बिदेशमा आएर १००% बिश्वास कसैलाई पनि नगर्नुहोला । रमाईलो गर्नुहोस दुख गरेर कमाएको पैसालाई आफैले बचत गर्नुहोस । सकारात्मक सोच राखौं ????

 

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUS

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUSMit navn er Mads Jensen, og jeg er en ekspert inden for on...

Lemon Casino Play’n GO Must-Try Sloty

Spis treściDlaczego warto grać w sloty Play'n GO w Lemon Casino?Top 3 Must-Try Sloty Play'n GO: Analiza i RTPJak maksymalnie wykor...

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×