GME REMITTANCE द्वारा ब्रेन ट्युमरको बिरामी सरोज थपलिया लाइ सहयोग
विशाल श्रेष्ठ/दक्षिण कोरिया: बारा जिल्ला कोल्बि निवासी २५ बर्षिय सरोज थपलिया रोजगारीको सिलसिलामा हाल द. कोरियाको ख्यङसाङनाम्दो किम्हेे ( 경상남도 김해시) मा अवस्थित( 정원금속)नामक कम्पनीमा आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार भइ उपचारमा ५ करोड वन लाग्ने र निजपरिवारका एक्ला छोरा भएका कारण कोरिया बासिमा सहयोगको अपिल भैरहेको सामाजिक सन्जालवाट जानकारी प्राप्त भए पश्चात दक्षिण कोरियामा रहेको GME REMITTANCE ले सहयोग स्वरुप पाच लाख वन निज बिरामीको खातामा ट्रान्सफर गरेर सहयोग गरेको छ।
दक्षिण कोरियामा रहेर आर्थिक कारोबार मात्र नभएर मजदुर हरुको लागि नजिक वाट सहयोग र जनसेवा गर्नु पर्छ भन्ने भावले यस दुखद घडीमा रेमिट्यान्सको तर्फबाट पनि केहि हद सम्म सहयोग होस् भन्ने हेतुले केहि मात्रामा सहयोग गरेको रेमिट्यान्सको मेनेजर सुनेश केसी ले ...
१८ फाल्गुन २०७९, बिहीबार १०:०६१८ फाल्गुन २०७९, बिहीबार १०:०६१८ फाल्गुन २०७९, बिहीबार १०:०६ by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय कलाकार जयनन्द लामाको प्रतिमा स्थापना को लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरिया द्वारा रु ४५ हजार सहयोग हस्तान्तरण
विशाल श्रेष्ठ/दक्षिण कोरिया:वरिष्ठ नृत्य निर्देशक, अग्रज कलाकार, तामाङ चलचित्रको जन्मदाता, अभिभावक, गायक, लोकगीत संकलक, अभिनेता तथा वरिष्ठ कला साधक सिन्धुपाल्चोकको मात्र नभई राष्ट्रकै गहना आदरणिय व्यक्तित्व जयनन्द लामा ज्यु को प्रतिमा स्थापनार्थ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले रु ४५ हजार रकम सहयोग हस्तान्तरण गरेको छ।
स्व. जयनन्द लामाको वार्षिक पुण्यतिथिको अबसर पारेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पामा बहुआयामिक कलाका धनी स्व.लामाको प्रतिमा निर्माण गर्नको लागि सहयोग स्वरुप सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको संस्थागत तर्फबाट रु.२५००० र सल्लाहकार फुर्वा शेर्पाको अभियानबाट प्राप्त रु.२००६२ (1. Phurba sherpa 50000 won 2. Sanjiv bhandari.50000won ...
१८ फाल्गुन २०७९, बिहीबार ०७:५७१८ फाल्गुन २०७९, बिहीबार ०७:५७१८ फाल्गुन २०७९, बिहीबार ०७:५७ by विशाल श्रेष्ठNo Comments
एनआरएन कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्रीले युएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा जज गर्ने भएका छन् । मार्च ३ देखि ५ सम्म अमेरिकाको लास भेगासमा हुने विश्व वरीयताको छनोटमा पर्ने यो प्रतियोगिता जी २ अन्तर्गत छ ।
४० अन्तर्राष्ट्रिय रेफ्रीमा ४८ वर्षे क्षेत्री नेपालबाट रहेका छन् । सन् २००६ र २००८ मा यो प्रतियोगिता खेलेका उनले पहिलो पटक रेफ्री गर्न लागेका हुन् । दक्षिण कोरिया र अमेरिकामा प्रान्तीय च्याम्पियनसिपमा रेफ्री गर्दै आएका उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक जज गर्न मौका पाएका हुन् ।
वेस्टगेट रिसोर्ट एवं क्यासिनोमा हुने इभेन्टमा विभिन्न देशका झन्डै ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जुनियर र सिनियरमा पुम्से, स्पाइरिङको सबै क्याटगोरीमा प्रतिस्पर्धा हुनेछ । क्षेत्रीले यस अवसरलाई आफ्नो खेलजीवनको कोसेढुंगा भएको जनाए । प्रतियोगिताको उद्घाटनमा रक एन्ड रोल गायक एल्भिस प्रेस्ल...
१७ फाल्गुन २०७९, बुधबार १३:१०१७ फाल्गुन २०७९, बुधबार १३:१०१७ फाल्गुन २०७९, बुधबार १३:१० by विशाल श्रेष्ठNo Comments
काठमाडौं । एक अर्काबाट टाढा बस्न बाध्य अर्थात् लङ् डिस्ट्यान्स रिलनसिपमा रहने जोडीहरुका लागि चिनियाँ वैज्ञानिकहरुले एउटा अनौठो डिभाइस आविष्कार गरेका छन् ।
उक्त उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ । उक्त डिभाइसको सहयोगमा टाढा रहेका जोडीहरुले एक आपसमा चुम्बन गर्न सक्नेछन् । उक्त उपकरण निर्माताहरुका अनुसार टाढा रहेका जोडीहरुले सो ग्याजेटको मद्दतले जोडीहरुले वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन् ।
ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार उक्त चुम्बन उपकरणको ओठ सिलिकनबाट तयार गरिएको छ । त्यसमा सेन्सर पनि जडान गरिएको छ जसबाट चुम्बन गर्ने समयमा ओठमा वास्तविक चुम्बन गरेजस्तै अनुभूति हुनेछ । यो डिभाइसले ओठको दबाब, गति तथा तापमानको पनि अनुभूति गराउन सक्दछ ।
झांगझाउ भोकेसनल इन्स्टिच्यूट अफ मेक्ट्रोनिक टेक्नोलोजीका वैज्ञानिकहरुले उक्त डिभाइस तयार पारी पेटेन्ट दर्ता गरेका छन् । उक्त डिभा...
१७ फाल्गुन २०७९, बुधबार १२:४८१७ फाल्गुन २०७९, बुधबार १२:४८१७ फाल्गुन २०७९, बुधबार १२:४८ by विशाल श्रेष्ठNo Comments
यस्तो लाग्छ टिकटकसामु भौगोलिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टिकटक बनाउँदै संसारभर फैलाएका छन् । यसै महिना गायिका एलिना चौहानको कन्सर्टमा गाइएको गीत ‘मिनरल वाटर’को दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् ।
यतिबेला हामी दक्षिण कोरियाली टिकटक स्टार केजिमिनको कुरा गर्दैछौं, जो पछिल्लो समयमा नेपालमा समेत हिट छिन् । झण्डै दुई दर्जन नेपाली हिट गीतमा उनले टिकटक बनाएकी छन् । विश्वचर्चित कोरियाली ब्याण्ड बीटीएसको गीतदेखि नेपालीसम्म जसरी उनले भिडियो बनाएकी छन्, यसले पक्कै नेपाली संगीतलाई फाइदा पुगेको छ ।
केजिमिनलाई टिकटकमा एक करोड जनाले पछ्याएका छन् । टिकटकमा उनको लाइक २६ करोड ४१ लाख पटक उनको भिडियोमा लाइक गरिएको छ । हरियो कपालमा आकर्षक देखिएकी केजिमिनको ...
१५ फाल्गुन २०७९, सोमबार ११:५०१५ फाल्गुन २०७९, सोमबार ११:५०१५ फाल्गुन २०७९, सोमबार ११:५० by विशाल श्रेष्ठNo Comments
मार्च १२ मा प्रदर्शन हुन लागेको "छक्का पन्जा-४" को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता" भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।
राप्ती अक्षयकोष निर्माणका लागि कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं १ जोङ्गाक स्टेसन , गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी तय गरिएको कार्यक्रमको हाल सग र सुवनको विभिन्न नेपाली रेष्टुरेन्ट,पसल, मार्केट, रेमिट्यान्स हरुमा आयोजना टोलि गएर पोष्टर प्रदर्शन गर्दै र टाँस्दै धमाधम प्रचा...
१४ फाल्गुन २०७९, आईतवार १२:५६१४ फाल्गुन २०७९, आईतवार १२:५६१४ फाल्गुन २०७९, आईतवार १२:५६ by विशाल श्रेष्ठNo Comments
१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए ।...
११ फाल्गुन २०७९, बिहीबार ०९:४२११ फाल्गुन २०७९, बिहीबार ०९:४२११ फाल्गुन २०७९, बिहीबार ०९:४२ by विशाल श्रेष्ठNo Comments
युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ।
बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।”
...
८ फाल्गुन २०७९, सोमबार १४:१५८ फाल्गुन २०७९, सोमबार १४:१५८ फाल्गुन २०७९, सोमबार १४:१५ by विशाल श्रेष्ठNo Comments
"भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको चौथो अधिवेशन आउने मार्च १२ तारिक हुने भएको छ।
शाखाको गत फेब्रुअरी १२ तारिकमा भएको भर्चुअल अनलाईन बैठक बाट आउदो मार्च १२ तारिक आईतबारका दिन ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा चौथो अधिवेशन हुने निर्णय गरिएको आयोजकले जनाएको छ।खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु गर्दै आएको घेदुङ शाखाले विगत चार वर्ष अगाडि देखि विभिन्न समस्यामा परि बस्ने दिदिबहिनी हरुलाई मध्यनजर गरि "नाना आङा धिम"(आवास गृह) संचालन गर्दै आएको छ। हाल सम्म पाँच सय भन्दा बढि दिदि बहिनि हरुले "नाना आङा धिम" बाट सेवा सुविधा लिईसक्नुभएको संस्थाका अध्यक्ष धनराज तामाङ ज्यूले जानकारी गराउनु भयो।
तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको अध्यक्...
८ फाल्गुन २०७९, सोमबार १०:५१८ फाल्गुन २०७९, सोमबार १०:५१८ फाल्गुन २०७९, सोमबार १०:५१ by विशाल श्रेष्ठNo Comments
८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ ।
माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घन्टायता वार्ता चलिरहेको हो ।
उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।...