अजय सोडारीको उम्मेदवारी खारेज, परराष्ट्र आइसिसिमा मुद्दा हाल्ने सोडारीको तयारी
विशाल श्रेष्ठ/दक्षिण कोरिया: गैरआवासीय नेपाली संघ कोरियाको आगामी दुई वर्ष (२०२३-२०२५) का लागि जुलाइ २९/३० मा हुन लागेको चुनावको लागि युवा संयोजकमा उम्मेदवारी दिएका चर्चित उम्मेदवार अजय सोडारीको उम्मेदवारी निर्वाचन कमिटीले खारेज गरिदिएको छ।
जुलाइ २९/३० मा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहने उम्मेदवार हरुले गंगाराज राई को संयोजकत्वमा बनेको निर्वाचन कमिटीले निकालेको उम्मेदवारी आह्वान सम्बन्धको सुचना बमोजिम जुलाइ १६ तारिख मनोनयन दर्ता गरेका थिए ,र निर्वाचन कमिटीले १७ तारिख बेलुका उम्मेदवार हरुको नामावली प्रकाशन गरेका थिए भने १८ तारिख सो उम्मेदवार हरुको नामावली तथा उम्मेदवारी माथि दाबी विरोध गर्ने समय दिइएको थियो। NRNA-NCC कोरियाको २३-२५ को उम्मेदवार हरुको उम्मेदवारी माथि दावी विरोध गर्ने...
४ श्रावण २०८०, बिहीबार १०:०८४ श्रावण २०८०, बिहीबार १०:०८४ श्रावण २०८०, बिहीबार १०:०८ by विशाल श्रेष्ठNo Comments
इ९ देखि विद्यार्थी सम्म, पत्रकारितादेखि व्यवसायी सम्म-सरोज कुमार खड्का उपाध्यक्ष पदका उम्मेदवार
एनआरएन कोरियाको नवौं महाधिवेसन यहि जुलाई २९ र ३० तारिख हुँदै छ । उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरिसकेका सरोज कुमार खड्का एकमात्र उम्मेदवार हुन जो इ९ को अनुभव देखि पत्रकारिता, विद्यार्थीको अनुभव संगाल्दै हाल व्यवसायी सम्मको अनुभव लिदै छन् ।
कोरिया आउनुअघि नेपालमा बैंकको जागिर खाने सपनाको पाइलाहरु भर्खरै शुरु गर्दै थिए । कोरियाको फ्लाइट सेड्युल आएसँगै रहरै रहरमा शुरु गरेको बैंकको जागिर करिब ३ महिनामै राजीनामा गरेर सन् २०११ मा विदेश जाने अर्को सपनालाई रोजे । केही समय कोरियाको वातावरणमा घुलमिल हुन निकै कष्ट गर्नुपर्यो । यहाँ टोपी, पञ्जा, मास्क लगाएर दिनभरी उभिएर काम गर्दा टाइशुट लगाएर बैंकको कुर्सीमा बसेर जागिर खाएको झल्झली सम्झिए । विस्तारै काममा बानी पर्दै गयो ।
पछि संगत भयो पत्रकार मह...
३ श्रावण २०८०, बुधबार १३:३७३ श्रावण २०८०, बुधबार १३:३७३ श्रावण २०८०, बुधबार १३:३७ by विशाल श्रेष्ठNo Comments
श्रमिकको साथी श्रमिकनै हुनुपर्छ,म जीतको नजिक छु- महासचिव पदका उम्मेदवार सन्तोष खड्का
गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न बुद्दी गुरुङको अध्यक्षमा बनेको टिम बाट सन्तोष खड्काले ले महासचिव पदमा उम्मेदवारी दिए लगत्तै बजारमा चुनावि माहोल ह्वात्तै बढेको छ।
रामेछाप मा जन्मिएर कोरियालाई कर्मभुमी बनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीको रुपमा आफुलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरुको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३-०२५ क...
३ श्रावण २०८०, बुधबार ११:१६३ श्रावण २०८०, बुधबार ११:१६३ श्रावण २०८०, बुधबार ११:१६ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक पक्राउ परेका छन् ।
दुई देशबीचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी सैनिक ट्राभिस किङलाई पक्राउ गरेको उत्तर कोरियाले जनाएको छ ।
अमेरिकी सरकारले आफ्ना नागरिकलाई कुनै पनि हालतमा उत्तर कोरियाको भ्रमण नगर्न सुझाव दिइरहेको अवस्थामा ती सैनिक उत्तर कोरिया प्रवेश गरेका जनाइएकोे छ ।
अमेरिकी सेनाका अनुसार ती सैनिक जानाजानी र बिना अनुमति उत्तर कोरिया प्रवेश गरेका हुन् । बीबीसीका अनुसार ती सैनिक संयुक्त राष्ट्रद्वारा आयोजित दुई देशलाई विभाजन गर्ने क्षेत्रको सङ्गठित भ्रमणमा थिए ।
एक वरिष्ठ अमेरिकी कमान्डरले ती सैनिकसँग अहिले कुनै सम्पर्क नभएको जानकारी दिएका छन् ।
ती सैनिकलाई हिरासतमा लिएको केही घण्टापछि उत्तर कोरियाले नजिकैको समुद्रमा दुई वटा शङ्कास्पद बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जना...
३ श्रावण २०८०, बुधबार ०८:१७३ श्रावण २०८०, बुधबार ०८:१७३ श्रावण २०८०, बुधबार ०८:१७ by विशाल श्रेष्ठNo Comments
एनआरएनए दक्षिण कोरियाको चुनाव र पीत पत्रकारिताको प्रभाव
दक्षिण कोरियामा आगामी जुलाइ २९/३० तारिख गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको नवौं महाधिवेशन हुने तय भएको छ । जति महाअधिवेशन नजिकिँदैछ, त्यति नै मात्रामा उम्मेदवारहरूको प्रचार–प्रसारले तीव्रता पाएको छ ।
आसन्न चुनावमा विपिन कुमार गुरुङ, बुद्दी गुरुङ र सन्जिब कुमार राइ ३ जना अध्यक्षमा उम्मेदवारी दिदै प्यानल सहित नै खडा भएका छन्। चुनावको लागि अध्यक्ष तथा प्यानल हरुको संकल्पपत्र, घोषणापत्र र प्रतिबद्धता पत्र सार्वजनिक गरिरहेका छन् । मतदातालाई प्रभावित गर्नका लागि गर्न सक्ने र गर्न नसक्ने पनि प्रतिबद्धता सार्वजनिक भइरहेका छन् । उम्मेदवार यथार्थपरक प्रतिबद्धताका आधारमा मत माग्नुपर्ने हो । तर, त्यो कुरा गौण हुन्छ र मुख्य कुरा जे–जसरी भए पनि मतदातालाई आफूतिर आकर्षित गर्ने हो र चुनावमा विजयी हुने हो । यस्तो पेच...
३१ असार २०८०, आईतवार ०८:०८३१ असार २०८०, आईतवार ०८:०८३१ असार २०८०, आईतवार ०८:०८ by विशाल श्रेष्ठNo Comments
कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी
काठमाडौं। दक्षिण कोरियामा आफूले कमाएको पैसा प्रेमिकाले झ्वाम्म पार्न खोजेपछि एक व्यक्ती प्रहरीकहाँ पुगेका छन्।
सुमन राईले ५९ लाख २५ हजार रुपैयाँ प्रेमिका र उनका दिदी बहिनीहरूले खाइदिएको भन्दै प्रहरीकहाँ जाहेरी दिएका थिए।
प्रहरीले प्रेमिका भनिएकी मिनाकला राई र उनकी दिदी विजन्ती राईलाई पक्राउ गरेको छ। एक जना अझै फरार छन्। सुमनका अनुसार उनी सन् २०१७ मा दक्षिण कोरिया पुगेका थिए।
सामाजिक सञ्जाल चलाउने क्रममा उनको मिनाकलासँग परिचय भएको थियो। पछि उनीहरू नजिकिएर प्रेमि-प्रेमिका सरह कुराकानी गर्थे।
सुमनले मिनकलाले विभिन्न बहाना बनाएर आफू र आफ्ना दिदीहरूको खातामा पैसा पठाउन लगाएको बताएका छन्।
२०७७ सालमा मिनाकलाले विवाह गरेपछि बस्ने घर चाहिन्छ भन्दै उनलाई पैसा पठाउन लगाएको सुमनको दाब...
३१ असार २०८०, आईतवार ०५:५४३१ असार २०८०, आईतवार ०५:५४३१ असार २०८०, आईतवार ०५:५४ by विशाल श्रेष्ठNo Comments
कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने
काठमाडौँ - रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण सिप बिल्डिङका लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ ।
कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकरी दिएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा सिप बिल्डिङ क्षेत्रको परीक्षा गर्ने कोरियाको योजना रहेको बताए ।
“कृषि क्षेत्रमा ८ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने छैन, उहाले कारोबारसँग भन्नू भयो , यसैगर...
३१ असार २०८०, आईतवार ०५:१३३१ असार २०८०, आईतवार ०५:१३३१ असार २०८०, आईतवार ०५:१३ by विशाल श्रेष्ठNo Comments
सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने अध्यक्ष उम्मेदवार बुद्दी गुरुङको माग
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले MTU हल सदेमुन, १२ तल्ला (경향신문사본사, 서울특별시 중구 정동 22)मिति : २०२३-०७-१५ तारिख (शनिबार) का दिन NRNA दक्षिण कोरियाका संरक्षक, सल्लाहकार तथा पदाधिकारी ,दक्षिण कोरियामा रहेका राजनीतिक संस्थाका प्रमुख ,दक्षिण कोरियामा क्रियाशील पत्रकार साथीहरु, दक्षिण कोरियामा रहेका सामाजिक तथा क्षेत्रिय संघ संस्थाका प्रमुख लगायत सम्पूर्णमा विभिन्न व्यक्तित्व हरु उपस्थिति निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा एनआरएनए दक्षिण कोरियाको २०२३-२५ को अध्यक्ष पदका उम्मेदवार बुद्दी गुरुङले सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने माग गर्नु भएको छ।
NRNA दक्षिण क...
३० असार २०८०, शनिबार १३:३८३० असार २०८०, शनिबार १३:३८३० असार २०८०, शनिबार १३:३८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा उच्च बर्षा : १० जनाको मृत्यु ,हजारौं घरबार बिहिन
दक्षिण कोरियामा बिताग ५ दीन देखि परेको भारी वर्षा संगै आएको बाढी पहिरोका कारण कम्तिमा १० जनाको ज्यान गएको छ भने देशभरि हजारौंले आफ्नो घर छडेका छन l केन्द्रीय प्रकोप तथा सुरक्षा मुख्यालका अनुसार हाल सम्म तीन जना बेपत्ता र अन्य सात जना घाइते भएका छन् l
दक्षिणी छुङ्चेओङ प्रान्तको नोन्सानमा शुक्रबार पहिरोले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ ।
सेजोङको मध्य शहरमा माटोको ढिस्कोमा परेर एक जनाको मृत्यु भएको छ भने घर भत्किँदा दक्षिणपूर्वी क्षेत्र याङ्जु र छेङयाङमा तीन जनाको मृत्यु भएको छ।
उत्तरी ख्याङसाङ प्रान्तको बोङ्वामा बिहान करिब ९ बजे पहिरोले घर भत्किँदा ६० वर्षकी एक महिलासहित दुई जनाको मृत्यु भएको छ । त्यसैगरी मध्य शहर छन्जुमा एउटा कार पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।
देशैभरी परेको अविरल बर्षाका कारण हज...
३० असार २०८०, शनिबार ०९:१९३० असार २०८०, शनिबार ०९:१९३० असार २०८०, शनिबार ०९:१९ by विशाल श्रेष्ठNo Comments
दुइ मान वनमा आत्मसम्मान नगुमाउनुहोस,जिन्दगीभर पश्चातापको तापमा नराप्नुहोस। -डा.केशव थापा, महासचिव उम्मेदवार
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको नवौं महाधिवेशन यहि आउँदो जुलाई २९ र ३० तारिखमा हुदैछ। दक्षिण कोरियामा सबै भन्दा ठुलो र सबै भन्दा विवादित संस्थाको परिचय बनाएको NRNA दक्षिण कोरियाको नवौं कार्यसमितिमा प्रवेश प्राप्त गर्नको निम्ति विभिन्न पदहरुमा विभिन्न व्यक्तीहरूले आफ्नो प्रतिवद्धता पत्र सहित उम्मेदवारीको घोषणा गरिसकेको छ। प्रचारप्रसार पनि तीव्र गतिमा अगाडि बढिरहेको छ। करिव पाँच हजार प्रमाणित सदस्यहरुको मतले नवौं कार्यसमिति निर्वाचित हुनेछ। विशाल आवाजले "एन.आर.एन.ए. विशेष कार्यक्रम" अन्तर्गत यस भन्दा अघि तीन जना अध्यक्षको उम्मेदवारहरू लगायत अन्य उम्मेदवारहरुको परिचय मतदाताहरू माझ प्रस्तुत गरिसकेको छ। आज महासचिव पदको लागि उम्मेदवार दिनुभएको डा. केशव थापाक...