Advertisement
Advertisement

पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न दिपक केसीको नेतृत्वमा कार्यसमिति चयन 

Advertisement
Advertisement

पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न दिपक केसीको नेतृत्वमा कार्यसमिति चयन 

बोम्जन गुरुङ/दक्षिण कोरिया:कोरिया स्थित क्षेत्रीय संस्था पर्वत समाजको सेप्टेम्बर १० मा दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा चौथो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले दिपक केसीको नेतृत्व रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाकी महिला उपाध्यक्ष कमला केसीको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका कोषाध्यक्ष सरोज गुरुङको सहजीकरणसँगै सचिव जीवन पौडेलले प्रगति प्रतिवेदन र आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । 

अधिवेशनमा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, विशेष अतिथिहरु गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी, पर्वत समाज कोरियाका सल्लाहकार तथा NRNA-ICC सदस्य डा. रोशन पौडेल, नेपाली सम्पर्क समिति (NCC) का अध्यक्ष हरि खनाल र अतिथिहरुमा कोरियास्थित क्षेत्रीय, राजनैतिक, जातीय, धार्मिक लगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेको सो अधिवेशनमा वक्ताहरुले पर्वत समाजको संस्थागत गतिविधिहरुको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । 

उद्घाटन सत्रपछिको बन्द सत्रमा संस्थाका सल्लाहकार डा. रोशन पौडेलको संयोजकत्वमा सदस्यहरु किरण अधिकारी र संगीता कार्की रहेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए । समाजको चौथो अधिवेशनबाट अध्यक्षमा दिपक केसी, वरिष्ठ उपाध्यक्ष विमल खत्री, उपाध्यक्ष जीवन पौडेल, उपाध्यक्ष सरोज गुरुङ, महिला उपाध्यक्ष सृजना तिवारी, महासचिवमा  क्रियाशिल पत्रकार एबं कार्यक्रम प्रस्तोता कमला केसी, सचिव आशिष गुरुङ, सचिव मनोज भुसाल, कोषाध्यक्ष मेघनाथ पौडेल, सहकोषाध्यक्ष मिलन पुर्जा, सदस्यहरुमा विमल क्षेत्री, कमल भुसाल, प्रकाश बिक, अनिल पौडेल, जीवन पुरी, सुगम भुवाजी, दिपक पौडेल, विपना अधिकारी, कल्पना गौतम, हरि विवश लामिछाने र सरोज कार्की सर्वसम्मत चयन भएका छन् । 

गण्डकी प्रदेश समाज दक्षिण कोरियाले अभिभावकत्व प्रदान गरिरहेको संस्था स्याङ्जा परिवारले यही सेप्टेम्बर २९ तारिक आयोजना गर्न गईरहेको “आँधीखोला सांगीतिक सौगात ६” को पोष्टर प्रचारप्रसार समेत जोडिएको अधिवेशनमा सरोज गुरुङको सहजीकरणसँगै कार्यक्रम सञ्चालन संस्थाका सचिव जीवन पौडेलले गरेका थिए । 

“आजको आवश्यकता प्रवासी पर्वतेहरुको एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको पर्वत समाज दक्षिण कोरियाको सो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था उपस्थित आमन्त्रित अतिथिहरु, संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरु, कोरियास्थित विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायत सम्पूर्णलाई आयोजक पर्वत समाजले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×