नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले "गोतोजी छोर्तोजी" कार्यक्रम सन्चालन गर्ने
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले तामाङ समुदायको भाषा, धर्म, संस्कार, सँस्कृति, कला, साहित्य, संगीत, ईतिहास र पहिचान सम्बन्धि सचेतना तथा अभिवृद्धि गर्ने कार्यक्रम गोतोजी छोर्तोजी अर्थात् बुझौँ र जागौं भन्ने कार्यक्रम जुम मार्फत मासिक एक पटक शनिबारको दिन सञ्चालन गर्ने भएको छ।
तामाङ समुदायको विषयमा दख्खल राख्ने विज्ञ व्यक्तीहरू लाई आमन्त्रित गरि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रमको मूल उद्देश्य रहेको छ। सचिव एल. बी. रुम्बा तामाङले संचालन गर्ने कार्यक्रम जुम भर्चुअल र तामाङ घेदुङ दक्षिण कोरियाको अफिसियल फेसबुक पेजबाट लाइभ प्रसारण हुने छ।
"गोतोजी छोर्तोजी" कार्यक्रमको पहिलो श्रृङ्खलामा तामाङ समुदायको बारे अध्ययन अनुसन्धान गर्ने व्यक्ति खोजराज गोले आउनु हुने भएको छ। उहाँले तामाङ समुदायको संस्का...
३१ भाद्र २०८०, आईतवार ०४:२०३१ भाद्र २०८०, आईतवार ०४:२०३१ भाद्र २०८०, आईतवार ०४:२० by विशाल श्रेष्ठNo Comments
छुसक मा "आँधीखोला सांगीतिक सौगात ६" ले माहोल तताउने पक्का
विशाल आवाज:स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर आयोजना गर्ने “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रम आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ यही सेप्टेम्बर २९ तारिकमा हुने सो कार्यक्रम छुसक अवधिभरी हुने कार्यक्रमहरु मध्ये सबैभन्दा उत्कृष्ट मनोरञ्जनको प्याकेज हुने आयोजकको दावी छ ।
कोरियामा सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (NCC) बाट कार्यक्रम आयोजना गर्ने आधिकारिक अनुमति पाएसँगै गण्डकी प्रदेश समाज दक्षिण कोरियाको विशेष सहयोगमा आयोजना हुने सो कार्यक्रमको सम्पूर्ण तयारी लगभग पूरा भईसकेको कार्यक्रम संयोजक युवराज गुरुङले बताए । गण्डकी प्रदेश समाज दक्षिण कोरिया गठन भएपछिको आफ्नो मातहतमा रहेका जिल्लाहरुमध्ये स्याङ्जा परिवारको पहिलो पटक बृहत् सांगीतिक का...
२९ भाद्र २०८०, शुक्रबार १३:३६२९ भाद्र २०८०, शुक्रबार १३:३६२९ भाद्र २०८०, शुक्रबार १३:३६ by विशाल श्रेष्ठNo Comments
माओवादी विशेष रुपान्तरण अभियान : कोरियामा पनि व्यापक सदस्यता बितरण गरिदै
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरिया ले 'माओवादी विशेष रुपान्तरण अभियान : जनता सग माओवादी' भन्ने पार्टी को अभियान लाई कोरियामा पनि लागु गर्ने भएको छ ।
माओवादी पार्टी सग आस्था राख्ने र संगठित हुन चाहने प्रगतिशिल बिचार भएका साथिहरु लाइ सदस्यता बितरण गर्दै संगठनमा एकीकृत गराउन जनप्रगतिशिल मन्च कोरियाले विशेष योजना नै बनाएको जनाइएको छ ।
मन्च ले आगामी महिना बाट आफ्ना सम्पुर्ण क्षेत्रीय संगठन हरुमा व्यापक सदस्यता बितरण गराउदै अधिबेशनको शुरुआत समेत गर्ने योजना बनाएको छ । साथै सिङ्गो पार्टी र संगठन प्रति अपनत्व महसुस गराउन प्रशिक्षण अभियान समेत शुरु गर्ने भएको छ । त्यसको पुर्ब तयारी स्वरुप पुर्ण केन्द्रिय समितिको बैठक यहि छुसकको अबसर पारेर सौल मा बस्दै छ ।उक्त बैठक बाट संगठन...
२८ भाद्र २०८०, बिहीबार ११:४३२८ भाद्र २०८०, बिहीबार ११:४३२८ भाद्र २०८०, बिहीबार ११:४३ by विशाल श्रेष्ठNo Comments
नोन्सान छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा
विशाल आवाज:कोरियाको नोन्सान सहरस्थित नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाले सेल्टर स्थापनार्थ SEATLE THAI CLUB मा सेप्टेम्बर २८ तारिखको दिन नोन्सान छुसक डान्स पार्टी गर्ने भएको छ।
"नोन्सान नेपाली एकता,सामाजिक कार्य हाम्रो प्रतिबद्धता" भन्ने मुलनारा लिएर दक्षिण कोरियाको नोन्सान क्षेत्रमा रहेका नेन्सान बासि नेपाली हरु मिलेर स्थापित समाजले सेल्टर स्थापनार्थ कार्यक्रम गर्न लागेको हो। समाजको स्थापना पश्चात समाजले विभिन्न कार्यक्रम आयोजना गरि , केहि व्यक्तिगत सहयोग बाट सेल्टर स्थापना कोष खडा गरिसकेको छ। हाल कोरियामा प्राय ठुला ठुला सहर हरूमा मात्र सेल्टर छ तर नोन्सान जस्तो सानो सहरमा पनि सेल्टरको ठुलै आबश्यक्ता भएको महसुस गरि यस कार्यलाई तीब्र रुपमा अगाडि बढाउन DJ ACROZ को साथमा कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष सोनम शेर्पाले जानकारी दिए। सक...
२७ भाद्र २०८०, बुधबार १०:४२२७ भाद्र २०८०, बुधबार १०:४२२७ भाद्र २०८०, बुधबार १०:४२ by विशाल श्रेष्ठNo Comments
छल्लानाम्दो ख्वाङ्जुमा बृहत क्रिकेट टुर्नामेन्ट हुने
विशाल आवाज:छल्लानाम्दो ख्वाङ्जुमा यहि सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन बृहत मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । 'ख्वाङ्जु नेपाली क्रिकेट क्लब' ले दोस्रो पटक आयोजना गरेको यो प्रतियोगिता सर्बाधिक ठूलो पुरस्कार राशी सहित आयोजना हुने भएको हो ।
'प्रबासी भुमिमा नेपालीहरूको एकता : सम्पुर्ण खेल प्रेमीहरुको सहभागिता' भन्ने मुल नारा सहित आयोजना हुन लागेको प्रतियोगितामा कोरियामा रहेका सम्पुर्ण कृकेट क्लब हरुलाइ आफ्नो टिम सहित उपस्थित जनाउन आयोजक क्लब ले हार्दिक आग्रह गरेको छ ।
'ख्वाङ्जु कृकेट क्लब' बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रहदै आएको एक सशक्त क्लब हो । यसले गत बर्ष पनि छुसककै अबसर पारेर मैत्रीपुर्ण कृकेट टुर्नामेन्ट आयोजना गरेको थियो । यसपटक बिगतका कमिकमजोरी लाई सुधार गरेर अझ परिस्कृत रुपमा खेल आ...
२७ भाद्र २०८०, बुधबार ०९:३४२७ भाद्र २०८०, बुधबार ०९:३४२७ भाद्र २०८०, बुधबार ०९:३४ by विशाल श्रेष्ठNo Comments
रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर २८ मा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरिया स्थित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले सउलको नमस्ते रेष्टुरेन्ट मा सेप्टेम्बर २८ तारिख चौथो अधिवेशन गर्ने भएको छ।
"प्रवासमा रहेका रामेछापीहरु एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ" भन्ने मुल नारा लिएर सन् २०१६ मा स्थापित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो चौथो अधिवेशन गत सलनालमै गर्नु पर्ने भएता पनि विभिन्न कारणवस ढिला हुन गइ छुसकको पहिलो दिन नमस्ते रेष्टुरेन्टमा बेलुकी ५ बजे गर्ने निर्णय गरेको अध्यक्ष नबिन श्रेष्ठले जानकारी दिए।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका रामेछापी बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न ...
२७ भाद्र २०८०, बुधबार ०८:५७२७ भाद्र २०८०, बुधबार ०८:५७२७ भाद्र २०८०, बुधबार ०८:५७ by विशाल श्रेष्ठNo Comments
अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने
विशाल आवाज:प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तारमा अनवरत रुपमा सकृय सँस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन छुसकको अवसरमा बृहत् साहित्यमेला गर्ने भएको छ।
कार्यक्रम छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८, बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा रहेको हिमालय रेस्टुरेन्टको सभाहलमा गर्न लागिएको हो। नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुमा रचनाहरु वाचन हुनेछन् । कविहरु अजित उत्सव, सुनिल दिप्त राई र शकुन आँसुका दमदार कविताहरु वाचन हुनुका साथै गजलकारहरु ईश्वर दाहाल, निर्दोष शिव र स्पन्दन दिपकले मेहफिल तताउने पक्का छ। त्यसैगरि मुक्तक विधामा मुक्तककार त्रय आर पि सि संगम, रुशन सुवेदी र रामचन्द्र शर्माका चोटीला मुक्तकहरुले कार्यक्रमको ...
२६ भाद्र २०८०, मंगलवार ११:३१२६ भाद्र २०८०, मंगलवार ११:३१२६ भाद्र २०८०, मंगलवार ११:३१ by विशाल श्रेष्ठNo Comments
कोरिया आएको छ महिना मात्रै भएका तामाङको मृत्यु
यहि बर्ष फेब्रुअरी महिनामा कोरिया आएका २३ बर्षीय इन्द्र बहादुर तामाङको सेप्टेम्बर ११ तारिक साँझ 8:30 बजे छिगेछाले किचेर घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ ।
कोरियाको ख्यङसाननाम्दो स्थित इन्द्र बहादुर तामाङ्ग कार्यरत कम्पनीमा हाल १५ जना नेपाली कार्यरत छन ।दिनभरी काम गरेर साँझ 8:30 बजेतिर सरसफाई गर्ने क्रममा प्लाष्टिक फाल्न श्रीलंकन र इन्द्र बहादुर तामाङ्ग छिगेछा लिएर निस्किएका थिए । इन्द्रबहादुरले छिगेछा राम्रै चलाउने गरेको तर श्रीलंकनले छिगेछा ( गर्हौ सामान उठाउने गाडी ) (फोरक्लिप ) त्यति राम्रो नचलाउने गरेको कम्पनीमा कार्यरत नेपालीले बताएका छन ।
इन्द्र बहादुर छिगेछा लिएर निस्केको तर बिचमा पुगेपछी छिगेछ श्रीलंकनलाई चलाउन दिएका रहेछन । दुर्घटनामा के कसरी भएको थियो भन्ने स्पष्ट नभएपनी दुर्घटनामा पछि दुर्घटनाको प्रकृति हेर्दा उनी छि...
२६ भाद्र २०८०, मंगलवार १०:३३२६ भाद्र २०८०, मंगलवार १०:३३२६ भाद्र २०८०, मंगलवार १०:३३ by विशाल श्रेष्ठNo Comments
कास्की परिवार दक्षिण कोरियाको आठौं केन्द्रीय अधिवेशन सेप्टेम्बर २८ मा हुने
बोम्जन गुरुङ १२ सेप्टेम्बर २०२३, कोरिया:"संगठित समूह नै परदेशको सहारा हो" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको कोरियामा स्थापित कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन यही सेप्टेम्बर २८ तारिक सउल दोङ्देमुन स्थित नमस्ते रेष्टुरेन्टको सभाहलमा हुने भएको छ ।
दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध कस्केली तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको कास्की परिवारको सातौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष किशन क्षेत्रीले जानकारी दिए ।
सन् २००८ मा कोरियामा स्थापित कास्की परिवारको कोरियाभरि दुई शाखाहरु ख्यङ्साङ्नाम्दो र थेगु शाखा व...
२५ भाद्र २०८०, सोमबार ११:४४२५ भाद्र २०८०, सोमबार ११:४४२५ भाद्र २०८०, सोमबार ११:४४ by विशाल श्रेष्ठNo Comments
काभ्रे सम्पर्क समिति कोरियाको सातौ अधिबेशन छुसकको पहिलो दिनमा
विशाल आवाज:काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको सातौ अधिबेशन छुसकको पहिलो दिन सेप्टेम्बर २८तारिखको दिन यति रेस्टुरेन्ट एण्ड बार(सउल)मा हुने भएको छ।
"कोरियामा रहेका काभ्रेली एक हौ, प्रवासी भूमिको दु:ख सुखमा सहयात्री बनौ" भन्ने मुल नारा लिएर स्थापित सस्थाले स्थापना काल देखि नै कोरियाबासी काभ्रेली हरूको हरेक सुखदुखमा हातेमालो गर्दै आउनुका साथै विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ। संस्थाले कोरियामा औधोगिक दुर्घटना,गम्भीर रोगको बिरामी,शारीरिक तथा मानसिक रूपमा समेत जटिल समस्यामा परेका काभ्रेलीहरूको लागि आर्थिक सहयोग जुटाईदिने देखि धेरैको जीवन बचाईदिने परोपकारी कामहरू गर्दै आईरहेको छ।
स्थायि बासस्थान काभ्रेपलान्चोक जिल्ला भई हाल कोरियामा बसोब...