कास्की परिवार दक्षिण कोरियाको आठौं केन्द्रीय अधिवेशन सेप्टेम्बर २८ मा हुने

बोम्जन गुरुङ १२ सेप्टेम्बर २०२३, कोरिया:“संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको कोरियामा स्थापित कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन यही सेप्टेम्बर २८ तारिक सउल दोङ्देमुन स्थित नमस्ते रेष्टुरेन्टको सभाहलमा हुने भएको छ ।
दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध कस्केली तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको कास्की परिवारको सातौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष किशन क्षेत्रीले जानकारी दिए ।
सन् २००८ मा कोरियामा स्थापित कास्की परिवारको कोरियाभरि दुई शाखाहरु ख्यङ्साङ्नाम्दो र थेगु शाखा विस्तार गरिसकेको सन्दर्भ उल्लेख गर्दै दिनको ११:३० बजेदेखि शुरु हुने गरी सो अधिवेशनको तयारीमा जुटेको संस्थाका सचिव ई. भरत सुवेदीले बताए ।
उक्त आठौं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई आयोजक कास्की परिवारले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
तपसिल :
मिति : २०२३ सेप्टेम्बर २८ (छुसकको पहिलो दिन)
समय : दिनको ठिक ११:३० बजे
स्थान : नमस्ते रेष्टुरेन्टको सभाहल,
सउल दोङ्देमुन









