रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर २८ मा

विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरिया स्थित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले सउलको नमस्ते रेष्टुरेन्ट मा सेप्टेम्बर २८ तारिख चौथो अधिवेशन गर्ने भएको छ।
“प्रवासमा रहेका रामेछापीहरु एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ” भन्ने मुल नारा लिएर सन् २०१६ मा स्थापित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो चौथो अधिवेशन गत सलनालमै गर्नु पर्ने भएता पनि विभिन्न कारणवस ढिला हुन गइ छुसकको पहिलो दिन नमस्ते रेष्टुरेन्टमा बेलुकी ५ बजे गर्ने निर्णय गरेको अध्यक्ष नबिन श्रेष्ठले जानकारी दिए।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका रामेछापी बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आइरहेको छ। सन् २०१६ मा स्थापित संस्थाले अहिले आफ्नो चौथो कार्यकाल पुरा गर्दैछ संस्थापक अध्यक्ष गोबिन्द गौतम हुँदै लगातार दोस्रो भिम खड्का, तेस्रो कार्यकालका लागी रबि प्रताप घिसिङले नेतृत्व गरेको संस्थाको चौथो अध्यक्ष नविन श्रेष्ठ छन्।
स्थायि बासस्थान रामेछाप जिल्ला भई हाल कोरियामा बसोबास गरिरहेका रामेछाप बासि हरुको साझा यस संस्थाको आसन्न चौथो अधिबेशनमा कोरियामा विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी रामेछापि दाजुभाइ तथा दिदिबहिनीहरु,सल्लाहकार,शुभेच्छुक,ब्यबसायी,पत्रकार,कलाकार,बिध्यार्थी,खेलप्रेमी खेलाडीबर्ग लगायत समस्त कोरिया बासि नेपाली हरूमा गरिमामय उपस्थितिको लागी आयोजकले निमन्त्रणा समेत गरेको छ।









