अमिर योन्जन/दक्षिण कोरिया: मन्जुश्री सम्वद २८५९औं ह्योइ ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २९ आइतबार विविध साँस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथ मनाएको हो । घेदुङको सन् २०२१ मा क्षेत्रीय शाखा स्थापना भएको हो । शाखा स्थापना भएपछि पहिलो पटक ल्होछारको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
नेपाल तामाङ घेदुङ सौल केन्द्रको उपाध्यक्ष राम तामाङको प्रमुख अथितिमा भएको कार्यक्रमको सभापतित्व शाखाकी उपाध्यक्ष सुनिता ब्लोन रहेको थियो । उपाध्यक्ष ब्लोनले पहिलो पटक मनाउदै गर्दा जेजुदोमा ल्होछार कार्यक्रमको शुरूवात पनि भएको बताइन् । ‘पहिलो पटक औपचारिक रुपमा घेदुङले कार्यक्रम गरिरहँदा ब्यवस्थापनमा केही त्रुटि, कमीकमजोरी भएको पकै पनि छ, यसै कमीकमजोरीलाई हेरेर आगामी दिनको लागि सुधार्ने मौका मिल्ने छ,’ उनले थपिन् ।
कार्यक्रममा उत्साहित रुपमा ल्होछारप्रेमी सहभागी भए...
१९ माघ २०७९, बिहीबार १२:२११९ माघ २०७९, बिहीबार १२:२११९ माघ २०७९, बिहीबार १२:२१ by एलिनाNo Comments
काभ्रेको नमोबुद्ध नगरपालिका-७ स्थित भकुण्डेमा बिहीबार बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बीसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नं को बसले दिउँसो साढे ३ बजेतिर ठक्कर दिँदा पैदलयात्री स्थानीय कृष्णबहादुर अधिकारीका ८ वर्षीया छोरी दिविसाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिए ।
उनका अनुसार, दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बसमा आगजनी गरेका थिए । नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो ।
स्थानीयले करिब दुई घण्टादेखि बीपी राजमार्ग समेत अवरोध गरेको सूचना अधिकारी न्यौपानेले बताए ।...
१९ माघ २०७९, बिहीबार १२:०११९ माघ २०७९, बिहीबार १२:०११९ माघ २०७९, बिहीबार १२:०१ by एलिनाNo Comments
१९ माघ, जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका उनले लाइटर पार्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको छ ।
प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला ।’...
२५ पुष २०७९, सोमबार ०२:३६२५ पुष २०७९, सोमबार ०२:३६२५ पुष २०७९, सोमबार ०२:३६ by एलिनाNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको जनावरी ८ तारिख को दिन दक्षिण कोरिया स्थित किम्हे सहरमा भएको तेश्रो अधिवेशन वाट जीवन शर्मा अध्यक्ष चयन हुनुभएको छ।
जिवन शर्माले सन्चालन गरेको न्यू भिजन ग्रुप दक्षिण कोरियाको कार्यवाहक संयोजक उत्तम लामिछानेको सभापतित्वमा आयोजित कार्यक्रममा NRNA का वरिष्ठ उपाध्यक्ष सन्जिभ राइ प्रमुख अतिथि तथा किम्हे बुसान क्षेत्रका विभिन्न संघसंस्थाहरु को प्रतिनिधि हरुको अतिथित्वमा सम्पन्न तेश्रो अधिवेशन वाट तेस्रो कार्यसमितिमा जीवन शर्माको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा तगेन राई उपाध्यक्षमा साजन थापा, महासचिवमा आशिष शाह ठकुरी,सचिवमा रमेश श्रेष्ठ ,कोषाध्यक्षमा मोहन अधिकारी सहकोषाध्यक्षमा प्रकाश गिरी, र सदस्यहरुमा दोस्तिहाङ राई, शंकर पौडेल ,शुशिल अर्य...
२३ पुष २०७९, शनिबार १०:५८२३ पुष २०७९, शनिबार १०:५८२३ पुष २०७९, शनिबार १०:५८ by एलिनाNo Comments
सिन्धुपाल्चोक,पुस २३- राेजगारीका लागि काेरिया आएर १० वर्ष काम गरि गत नाेभेम्बर १६ तारिख फर्किएका गाेकर्ण राउतकाे पुस २२ गते शुक्रबारका दिन मृत्यु भएको छ ।
राउत बाह्रबिसे स्थित सिम्लेमा रहेकाे आफ्नै घरमा झुन्डिएको अवस्थामा शुक्रबार फेला परेका हुन् । उनी १० वर्ष कार्यकाल सकिन २ महिना बाकी हुदा गत महिना नेपाल फर्किएका थिए। तर नेपाल फर्किएको ५५ दिन नबित्दै शुक्रबार अन्दाजी १२ बजेकाे समयमा उनी आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला परेकाे स्थानीयले बताएका छन् ।
घरमा श्रीमान,श्रीमती रहेकाे र राउतले आफ्नी श्रीमतीलाई बाहिर काम गर्नु म खाजा बनाउछु भन्दै घरभित्र पसेका थिए साेहि समयमा उनले डाेरिकाे पासाे बनाई झुन्डिएर आत्माहत्या गरेका हुन् । राउतकाे शव शुक्रबारनै प्रहरीले पाेष्टमार्टम गरिसकेपछि बाह्रबिसेकाे शुनकाेशि मन्दिर नजिकैको आर्यघाटमा अन्त्यष्टि गरिएकाे हाे । मृतक राउतकाे श्रीमती, एक छाेरा र एक छ...
२२ पुष २०७९, शुक्रबार १४:४८२२ पुष २०७९, शुक्रबार १४:४८२२ पुष २०७९, शुक्रबार १४:४८ by एलिनाNo Comments
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया को छैठौं अधिवेशन तथा साधारण सभा यहि जनवरी १५ तारिख आइतबारको दिन "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा 'हुने भएको छ।
परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित "पाँच-स" एक आध्यात्मिक संस्था भएकाले पूर्वीय कला,संस्कार साथै संस्कृतिको प्रवर्द्धनमा दक्षिण कोरियामा दशैं तिहार,तिजमा कार्यक्रम गर्ने तथा ध्यान योगा सिकाउने, पुजापाठ गर्ने ,단원FM सग सहकार्य ...
१० पुष २०७९, आईतवार १४:२३१० पुष २०७९, आईतवार १४:२३१० पुष २०७९, आईतवार १४:२३ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: ""प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको २०१९ मा स्थापित थेगु शाखाको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
बाग्लुङ समाज दक्षिण कोरिया(थेगु शाखा) को दोश्रो अधिबेसन प्रत्यक्ष उपस्थित थेगु शहरमा गरेर सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रुपमा ज्ञानू श्रीस मगरलाइ अध्यक्ष र सचिबमा हिमशिखर भण्डारी चयन गरेको छ ।बाग्लुङ समाज दक्षिण कोरिया (थेगु शाखाको) अध्यक्ष ज्ञानु श्रीस मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अन्तरास्ट्रिय बाग्लुङ समाजका महासचिव प्रेमसागर पौडेल प्रमुख अतिथि तथा बागलुङ समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष भुमिराज भुसाल विशेष अतिथि थिए । लोक दोहोरी प्रतिष्ठान का संरक्षक तथा...
८ पुष २०७९, शुक्रबार १२:२८८ पुष २०७९, शुक्रबार १२:२८८ पुष २०७९, शुक्रबार १२:२८ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: "प्रवासी भूमीमा नेपाली एकता,गण्डकी प्रदेशको सामूहिक सहभागिता" मूल नाराका साथ गण्डकी प्रदेशमा घर भइ हाल कोरियामा बसोबास गर्ने नेपालीहरु एकजुट भइ गण्डकी प्रदेश समाज दक्षिण कोरिया लाई औपचारिक प्रदान गर्ने उद्देश्यका साथ यहि डिसेम्बर २५ तारिख आइतबारका दिन वृहत भेला र प्रथम अधिवेशन गर्ने भएको छ।
'' प्रवासी भुमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता '' भन्ने मुलभुत उद्धेश्यका साथ प्रवासी भुमिमा हुने हरेक गतिविधी , नेपालीहरुमा देखा पर्ने मानविय समस्या, आपत-विपत ,सामाजिक तथा प्रादेशिक विकास एवं फरक भुगोल तथा जिल्ला हरुमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्दै आपसी सद्धभाव बढाउदै गण्डकी प्रदेशलाई आन्तरिक तथा बाह्य क्षेत्रमा परिचित गराउन प्रदेश भित्रका जिल्लाहरुलाई सामुहिक रुपमा ऐक्यबद्ध गरी '' गण्डकी प्रदेश समाज दक्षिण कोरि...
८ पुष २०७९, शुक्रबार १०:३०८ पुष २०७९, शुक्रबार १०:३०८ पुष २०७९, शुक्रबार १०:३० by एलिनाNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया : NEPKOR ENTERTAINMENT को आयोजनामा कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन जनवरी २२ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण पार्टि लभर लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ ""NEPKOR NIGHT PARTY"नेपालको चर्चित र्यापर DONG को साथमा राजधानी सउलमा हुने भएको छ।
अहिले नेपहपका चर्चित ऱ्यापर महेश दोङ AKA DONG को साथमा कोरियामा रहेको चर्चित DJ RX / DJ BIT/ DJ MAEG ले मनोरञ्जन दिने नाइट पार्टी को opening act कोरियामा रहेको र्यापर द्वय बिक्रम लामा, DORZ JOJO ले दिने भएको छ। NAMDUNG र ALOYNA HARA ले सन्चालन गर्ने "NEPKOR NIGHT PARTY"युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न ...
७ पुष २०७९, बिहीबार १३:२९७ पुष २०७९, बिहीबार १३:२९७ पुष २०७९, बिहीबार १३:२९ by एलिनाNo Comments
परशुराम धाममा ४ वर्ष अगाडि परशुराम नगरपालिकाले आयोजना गरेको परशुराम महामहोत्सवको पारिश्रमिक अझै पनि भुक्तानी गरेको छैन । महोत्सव आयोजनाको बेला आफुहरुलाई ठाउँ ठाउँमा बाँसका गेटहरु निर्माण गर्न लगाएर हाल सम्म पनि भुक्तानी नदिएको वडा नं. ९ का धनसिंह ठगुन्नाले दुखेसो पोख्नु भयो । वडा नं. ९ का धनसिंह ठगुन्ना ,बल बहादुर धामी र मोहन सिंह ठगुन्नाले बाँसका गेटहरु बनाए बाफतको रु ४२ हजार २ सय ६० ररुपैया नपाएको गुनासो गरेका हुन । दोस्रो पटक जनप्रतिनिधी निर्वाचित भईसक्दा पनि रकम भुक्तानीको कुनै संकेत नदेखिएको भन्दै धार्मीक क्षेत्रमा हुने श्रमिक हिंसा अन्त्य गर्न पिडितहरुले माग गरेका हुन् । यस पूर्व २ पटक नगरपालिका न्यायीक समितिमा निवेदन दिईसक्दा पनि हाल सम्म सुनुवाई नभएको पिडितहरुको गुनासो छ । स्थानीयहरुबाट खरिद गरेको बाँसको रकम पनि भुक्तानी गर्न बाँकी रहेका बेला उल्टै नगरपालिकाले पैसा दिईकसेको भन्दै भ...