Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले मनायो धुमधाम साथ पहिलो पटक ल्होसार कार्यक्रम फोटो फिचर सहित

Advertisement
Advertisement

 

अमिर योन्जन/दक्षिण कोरिया: मन्जुश्री सम्वद २८५९औं ह्योइ ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २९ आइतबार विविध साँस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथ मनाएको हो । घेदुङको सन् २०२१ मा क्षेत्रीय शाखा स्थापना भएको हो । शाखा स्थापना भएपछि पहिलो पटक ल्होछारको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

नेपाल तामाङ घेदुङ सौल केन्द्रको उपाध्यक्ष राम तामाङको प्रमुख अथितिमा भएको कार्यक्रमको सभापतित्व शाखाकी उपाध्यक्ष सुनिता ब्लोन रहेको थियो । उपाध्यक्ष ब्लोनले पहिलो पटक मनाउदै गर्दा जेजुदोमा ल्होछार कार्यक्रमको शुरूवात पनि भएको बताइन् । ‘पहिलो पटक औपचारिक रुपमा घेदुङले कार्यक्रम गरिरहँदा ब्यवस्थापनमा केही त्रुटि, कमीकमजोरी भएको पकै पनि छ, यसै कमीकमजोरीलाई हेरेर आगामी दिनको लागि सुधार्ने मौका मिल्ने छ,’ उनले थपिन् ।

कार्यक्रममा उत्साहित रुपमा ल्होछारप्रेमी सहभागी भएको थियो । ल्होछारको सांगीतिक कार्यक्रमको लागि नेपालबाट चर्चित गायक आशुसेन लामा आइपुगेको थियो । गायक आशुसेनले आधा दर्जन सेलो तथा नेपाली चर्चित गीतहरु गाएर दर्शक नचाएको थियो । सांगीतिक प्रस्तुतिमा गायिका रिचा ब्लोन तामाङ, प्रतिक तामाङ, र्‍यापर जिएम जोन थियो । र नृत्यमा प्रतिज्ञा लामा, पासाङ तामाङ, झरना वि.क. को प्रस्तुति थियो । ल्होछार कार्यक्रममा तामाङ सेलो र म्हेन्दोमाया नाच्ने, गाउने महोल भएको थियो । प्राविधिकमा धर्मराज गाैतमले सहयोग गरेको थियो ।

कार्यक्रममा घेदुङ जेजुदो शाखाले गायक आशुसेन लामा, नेपाल तामाङ घेदुङ सौल केन्द्रको उपाध्यक्ष राम तामाङ, ख्याङ्साङ शाखाका अध्यक्ष धनराज तामाङ, गायिका रिचा ब्लोन तामाङ र धनजित तामाङलाई मायाको चिनोको साथमा दोसल्लाले सम्मान गरेको छ ।  नेपालबाट ल्होछार पूजाको सामग्रीहरू थाङ्का, सगुन पोङ, नाङसाल, दार्ज्यु, बुद्धिष्ट झण्डा लगायत तामाङ चलचित्र निर्देशक  विनय दोङ तामाङले गरेको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ ख्याङ्साङ शाखाका अध्यक्ष धनराज तामाङ, एनआरएनए जेजुदो शाखाका अध्यक्ष सुमन हाङश्रोङ, एनआरएनए निवर्तमान संयोजक कमल प्याकुरेल, सबु प्रहरी स्टेशनका प्रतिनिधिहरू, किराँत याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य अर्जुन तुम्बापो, नेपाल आदिवासी जनजाति महासंघका सचिव सरिता राई, तमु धीका सचिव रुपक गुरुङलगायतको अथितिहरु सहभागी थियो ।

फोटो फिचर

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×