
सिन्धुपाल्चोक,पुस २३- राेजगारीका लागि काेरिया आएर १० वर्ष काम गरि गत नाेभेम्बर १६ तारिख फर्किएका गाेकर्ण राउतकाे पुस २२ गते शुक्रबारका दिन मृत्यु भएको छ ।
राउत बाह्रबिसे स्थित सिम्लेमा रहेकाे आफ्नै घरमा झुन्डिएको अवस्थामा शुक्रबार फेला परेका हुन् । उनी १० वर्ष कार्यकाल सकिन २ महिना बाकी हुदा गत महिना नेपाल फर्किएका थिए। तर नेपाल फर्किएको ५५ दिन नबित्दै शुक्रबार अन्दाजी १२ बजेकाे समयमा उनी आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला परेकाे स्थानीयले बताएका छन् ।
घरमा श्रीमान,श्रीमती रहेकाे र राउतले आफ्नी श्रीमतीलाई बाहिर काम गर्नु म खाजा बनाउछु भन्दै घरभित्र पसेका थिए साेहि समयमा उनले डाेरिकाे पासाे बनाई झुन्डिएर आत्माहत्या गरेका हुन् । राउतकाे शव शुक्रबारनै प्रहरीले पाेष्टमार्टम गरिसकेपछि बाह्रबिसेकाे शुनकाेशि मन्दिर नजिकैको आर्यघाटमा अन्त्यष्टि गरिएकाे हाे । मृतक राउतकाे श्रीमती, एक छाेरा र एक छाेरी गरि दुई सन्तान छन् ।
हाम्रो कान्तिपुर बाट साभार









