कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी
काठमाडौं। दक्षिण कोरियामा आफूले कमाएको पैसा प्रेमिकाले झ्वाम्म पार्न खोजेपछि एक व्यक्ती प्रहरीकहाँ पुगेका छन्।
सुमन राईले ५९ लाख २५ हजार रुपैयाँ प्रेमिका र उनका दिदी बहिनीहरूले खाइदिएको भन्दै प्रहरीकहाँ जाहेरी दिएका थिए।
प्रहरीले प्रेमिका भनिएकी मिनाकला राई र उनकी दिदी विजन्ती राईलाई पक्राउ गरेको छ। एक जना अझै फरार छन्। सुमनका अनुसार उनी सन् २०१७ मा दक्षिण कोरिया पुगेका थिए।
सामाजिक सञ्जाल चलाउने क्रममा उनको मिनाकलासँग परिचय भएको थियो। पछि उनीहरू नजिकिएर प्रेमि-प्रेमिका सरह कुराकानी गर्थे।
सुमनले मिनकलाले विभिन्न बहाना बनाएर आफू र आफ्ना दिदीहरूको खातामा पैसा पठाउन लगाएको बताएका छन्।
२०७७ सालमा मिनाकलाले विवाह गरेपछि बस्ने घर चाहिन्छ भन्दै उनलाई पैसा पठाउन लगाएको सुमनको दाब...









