Advertisement
Advertisement

कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी

Advertisement
Advertisement

कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी

काठमाडौं। दक्षिण कोरियामा आफूले कमाएको पैसा प्रेमिकाले झ्वाम्म पार्न खोजेपछि एक व्यक्ती प्रहरीकहाँ पुगेका छन्।

सुमन राईले ५९ लाख २५ हजार रुपैयाँ प्रेमिका र उनका दिदी बहिनीहरूले खाइदिएको भन्दै प्रहरीकहाँ जाहेरी दिएका थिए।

प्रहरीले प्रेमिका भनिएकी मिनाकला राई र उनकी दिदी विजन्ती राईलाई पक्राउ गरेको छ। एक जना अझै फरार छन्। सुमनका अनुसार उनी सन् २०१७ मा दक्षिण कोरिया पुगेका थिए।

सामाजिक सञ्जाल चलाउने क्रममा उनको मिनाकलासँग परिचय भएको थियो। पछि उनीहरू नजिकिएर प्रेमि-प्रेमिका सरह कुराकानी गर्थे।

सुमनले मिनकलाले विभिन्न बहाना बनाएर आफू र आफ्ना दिदीहरूको खातामा पैसा पठाउन लगाएको बताएका छन्।

२०७७ सालमा मिनाकलाले विवाह गरेपछि बस्ने घर चाहिन्छ भन्दै उनलाई पैसा पठाउन लगाएको सुमनको दाबी छ।

ललितपुरको लुभुमा जग्गा हेरेको छु, राम्रो छ भनेपछि सुमनले त्यसका लागि आवश्यक ५२ लाख रुपैयाँ जम्मा गरिदिएको बताएका छन्।

केही रकम आफूले दक्षिण कोरियाबाट पठाएको र केही रकम नेपालमा रहेका आफन्तमार्फत जुटाइदिएको उनको भनाई छ।

जग्गा खरिद गरेपछि मिनाकलाले जग्गाको श्रेस्ता र रजिस्ट्रेसनको कागज सुमनलाई म्यासेन्जरमा पठाई दिएकी पनि थिइन्।

तर मिनाकलाको नाममा जग्गा खरिद भएपछि उनले विभिन्न बहाना बनाएर आफूलाई वास्ता गर्न छाडेको सुमनको भनाई छ।

त्यसपछि मिनाकलाले विवाह नगर्ने र जग्गा पनि फिर्ता नगर्ने बताएको सुमनले दिएको जाहेरीमा उल्लेख छ। सन् २०२३ को फेब्रुअरीमा नेपाल फर्किएपछि सुमनले प्रेमिकासँग पैसा र जग्गा फिर्ता मागेका थिए।

मिनाकलाले तेरो पैसाले जग्गा किने पनि कानूनमा म बलियो छु कसरी लिँदो रहेछस् हेर्छु भन्ने, कहिले २० लाख रुपैयाँ दे तेरो जग्गा फिर्ता गर्छु भन्ने, कहिले बढी कुरा गरिस् भने तँलाई जबरजस्ती करणी मुद्दा हालेर फसाई दिन्छु भन्ने’ धम्की दिने गरेको सुमनको दाबी छ।

यता पक्राउ परेकी मिनाकलाले आफूहरूबिच प्रेम सम्बन्ध भएपनि कुनै कारोबार नभएको दाबी गरेकी छिन्।

प्रहरीमा उनले दिएको बयानअनुसार सुमनले खर्चसम्म पठाए पनि उनैले पठाएको पैसाले जग्गा खरिद गरेकी होइनन्। आफूले विभिन्न व्यक्तिसँग सापटी लिएर जग्गा खरिद गरेको र नेपालमा रहेका सुमनका कोही पनि आफन्तबाट नगदै पैसा लिएको भन्ने दाबी झुटो भएको उनले बयानमा उल्लेख गरेकी छिन्।

नेपाल प्रेसबाट

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×