Advertisement
Advertisement

अन्तर्राष्ट्रिय खबर

कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु

कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, समाचार
कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु बोम्जन गुरुङ/बिशाल आवाज:बागलुङ जिल्ला स्थायी घर भई विभिन्न पेशा, व्यवसाय, शैक्षिक र रोजगारीको सिलसिलामा कोरियामा रहेका बागलुङेहरुको गुगल मार्फत अनलाईन डाटा सङ्कलन शुरु गरिएको छ । नेपाली राजदुतावास वा अन्य कुनै निकायबाट यथेष्ट जानकारी नपाईएको कारणले पनि बागलुङ समाज दक्षिण कोरियाले यो अभियान शुरु गरेको हो । सन् २००१ मा कोरियामा स्थापना भएको यस समाजको वर्तमान केन्द्रीय अध्यक्ष भूमिराज भुसालले यो तथ्याङ्क संकलन आधारमा आजीवन र साधारण सदस्यता ग्रहण गर्ने व्यक्तिहरुलाई दुःख, आपतविपत र बिरामी परेको बेला विशेष प्राथमिकतामा राखेर सहयोग गरिने स्पष्ट पारे । यस प्रकारको डाटा संकलनले संस्थाको हरेक गतिविधि, महत्वपूर्ण कार्यक्रम र नीति एवं योजनाहरु तर्जुमा गर्न सहज हुने तर्क केन्द्रीय सचिव केशव आचार्यले अघि सारे । यसरी गुगल मार्फत भरिएको आजीवन र साधार...
त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू

त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शंकास्पद देखिने सामानको सूचीसहित नल्याउन र नपठाउन अनुरोध गरेको छ । कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा शंकास्पद देखिने सामान नल्याउन र नल्याउन भनेको हो । भन्सारले इमर्जेन्सी लाइट, पानी तान्ने पम्प, पावरबैंक, हेयर ड्रायर र मिक्स्चर विदेशबाट नल्याउन भनेको हो । यी सामान एक्स-रे मेसिनमा हेर्दा शंकास्पद देखिने गरेको कार्यालयले जनाएकव छ । जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपरेको भन्दै सेवाग्राहीलाई क्षति हुने भनी कार्यालयले सूचनामा जनाएको छ ।  ...
अक्टोबर २८ मा नेपाल-कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव हुने 

अक्टोबर २८ मा नेपाल-कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव हुने 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, शिक्षा
अक्टोबर २८ मा नेपाल-कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव हुने  नेपाल र कोरियाको कूटनीतिक सम्बन्धको ५०औं बर्षगांठको अबसरमा आगामी नेपाल र कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव (Cultural exchange event) यही अक्टोबर २८ सौल को Geumcheong-gu Office मा GEUMCHEON CULTURE), कोरिया स्थित नेपाली राजदुतावास,  지구촌다문화연맹 Global Multicultural फेदेरतिओन तथा Jongno Cultural Center Gugak Team, नेपाली विद्यार्थी समाज (SONSIK), र Yeongji Hanbok को सयुक्त आयोजना मा हुने भएको छ ।   सन १९७४ मे १५ देखि शुरुवात भएको नेपाल र दक्षिण कोरिया बीचको कूटनीतिक सम्बन्धले लगभग आधा शताब्दि अवसरमा कोरियाका र नेपालका स्थानीय कलाकारहरुले आ-आफ्नो देशको प्रस्तुति दिने कार्यक्रम रहेको छ । नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउनका लागि उक्त कार्यक्रमले ठुलो भूमिका खेल्नुका साथै आगा...
काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियो

काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियो

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
८ असोज, काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो । विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो । जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको स्रोतले बतायो । स्रोतका अनुसार उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी छ । यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ । टिकास के हो ? जहाजहरुको ककपिटमा ‘ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम– टीसीएएस’ (टिकास) हुन्छ । टिकासबाट पाइलटले आकाशमा उडिरहेका अरु जहाजहरु कति दुरीमा छन् र कति उचाइमा छन् भन्ने...
“इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” भब्यताका साथ सम्पन्न

“इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” भब्यताका साथ सम्पन्न

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन
"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" भब्यताका साथ सम्पन्न विशाल श्रेष्ठ/दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाको कोरियन पर्व छुसकको अवसरमा सेप्टेम्बर ३० तारिख जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजित "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" भब्यताका साथ सम्पन्न भएको छ ।  नेपाली राजादुतवास, एनाअरएनए, एनसिसि,  विभिन्न राजनीतिक दलका भातृ संगठन का अध्यक्ष, जातिय, क्षेत्रीय संस्था का पदाधिकारीहरु,पत्रकार महासंघ,फोनिज कोरिया, लगायत कोरियामा रहेका बिभिन्न संघसस्था का अध्यक्ष तथा प्रतिनिधिहरुको र केहि दर्शकको उपस्थितिमा २ बजे वाट पुर्वान्चल सरोकार का महासचिब केदार निरौलाले औपचारिक कार्यक्रम सन्चालन गरेका थिए। स्थानिय कलकारहरुको सुरुवाती प्रस्तुती बाट सुरु भएको कार्यक्रम एकदेव लिम्बुको अन्तिम प्रस्तुति संगै कलाकार सम्मान गरेर कार्यक्रम बेलुकी ९:३० बजे सम्म चलेको थियो । लग...
अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने

अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, साहित्य
अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने विशाल आवाज:प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तारमा अनवरत रुपमा सकृय सँस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन छुसकको अवसरमा बृहत् साहित्यमेला गर्ने भएको छ।  कार्यक्रम छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८, बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा रहेको हिमालय रेस्टुरेन्टको सभाहलमा गर्न लागिएको हो। नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुमा रचनाहरु वाचन हुनेछन् । कविहरु अजित उत्सव, सुनिल दिप्त राई र शकुन आँसुका दमदार कविताहरु वाचन हुनुका साथै गजलकारहरु ईश्वर दाहाल, निर्दोष शिव र स्पन्दन दिपकले मेहफिल तताउने पक्का छ। त्यसैगरि मुक्तक विधामा मुक्तककार त्रय आर पि सि संगम, रुशन सुवेदी र रामचन्द्र शर्माका चोटीला मुक्तकहरुले कार्यक्रमको ...
ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाको खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सेप्टेम्बर ३०मा

ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाको खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सेप्टेम्बर ३०मा

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेल, खेलकुद, जानकारी
ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाको खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सेप्टेम्बर ३०मा विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो" भन्ने मुख्य नारा लिएर सन् २०१९ मा स्थापित ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाले‌ छुसक को अवसर पारेर सेप्टेम्बर ३० मा खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता २०२३ गर्ने भएको छ। कोरियामा रहेका नेपाली खेलप्रेमी साथी हरुलाई एकढिक्का बनाएर प्रतियोगिताको मुनाफा बाट कोरियामा रहेका नेपालिहरुलाई अकस्मात भैपरी आउने समस्यामा सहयोग गर्ने उद्धेश्यका ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाले‌ प्रतियोगिता आयोजना गर्न लागेको हो। बिदाको समयमा परदेशमा एकआपसमा रमाइलो गर्न घररदेशको झझल्को मेटाउनका साथै स्वास्थ्य र मनोरञ्जन लाइ ध्यानमा राखेर आयोजकले २०२३ सेप्टेम्बर ३०तारिखका दिन बिहान ९ बजे बाट ४:३० सम्म हुने प्रतियो...
बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छनोट 

बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छनोट 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, मनोरञ्जन
बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छनोट  विशाल श्रेष्ठ/दक्षिण कोरिया:दक्षिण एसियामै प्रतिष्ठित मानिने अक्टोबर ४ तारिखदेखि १३ तारिखसम्म चल्ने दक्षिण कोरियाको बुसानको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलको नयाँ संस्करणमा यस वर्ष तीन नेपाली फिल्म छानिएका छन्। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’सँगै ‘साक्षी रुख’ (दी विट्नेस ट्री) र ‘गुराँस’ कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएका हुन्। नवीन सुब्बा निर्देशित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ। बुसानले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार ‘अ विन्डो अन एसियन सिनेमा’अन्तर्गत ‘गाउँ आएको बाटो’ छनोट भएको हो। राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यो चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई चित्रण गरेको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई...
एउटा लिंक क्लिक गर्दा ३८ करोड वन गायब

एउटा लिंक क्लिक गर्दा ३८ करोड वन गायब

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
एउटा लिंक क्लिक गर्दा ३८ करोड वन गायब दक्षिण कोरियामा हालसालै एउटा यस्तो घटना भएको छ जस्ले गर्दा एकजना व्यक्तिको जिवनभर बचाएर राखेको रकम सबै गायब भयो । अगस्ट २४ तारिक बेलुकी चार बजे उक्त व्यक्तिको मोबाइलमा म्यासेज आयो, लेखिएको थियो, कुरियर ठेगाना गलत भएको छ सच्चाउनका लागी यो लिंक क्लिक गर्नुहोला । त्यो म्यासेज पाएपछी उनले तुरुन्तै उक्त लिंक क्लिक गरे, क्लिक गर्ने वित्तिकै मोबाइलले काम गर्न छोड्यो । त्यस्को ८ घन्टा पछी थाहा भयो, उनको खातमा रहेको ३८३ मिलियन वन अर्थात नेपाली करिब तिन करोड असी लाख रुपैयाँ गायब भयो । यो घटना बुसानको भएकाले उनले बुसानको सासाङ प्रहरी चौकीमा उजुरी दिएका छन् । उजुरीकर्ताको बयानको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  पिडीतले रकम ट्रान्सफर गर्दा ओटीपी आउनुपर्नेमा त्यो पनि नआइ रकम ट्रान्सफर भएकोमा अचम्मित भएको र आफ्नो जिवनभर बचत गरेको पैसा एकै लिंक क्लिक ...
छुसकको सेप्टेम्बर ३० मा हुने”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को भेन्यु सार्वजनिक संगै कार्यक्रमको तयारी लगभग पूरा 

छुसकको सेप्टेम्बर ३० मा हुने”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को भेन्यु सार्वजनिक संगै कार्यक्रमको तयारी लगभग पूरा 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
छुसकको सेप्टेम्बर ३० मा हुने"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को भेन्यु सार्वजनिक संगै कार्यक्रमको तयारी लगभग पूरा  विशाल श्रेष्ठ/दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार नेपालका चर्चित राष्ट्रिय कलाकारुको साथमा जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजना गर्न लागिएको"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को प्रोग्राम हल पब्लिक गरे संगै कार्यक्रमको लगभग तयारी पुरा भएको छ।  नवीनतम ध्वनि उपकरणहरु तथा आकर्षक लाईटिङ प्रणाली जडान भएको, जति नाचे पनि जति उफ्रे चिच्याए पनि गर्मी नहुने, पसिना नआउने,फुल_टाईम_Ac_भएको, गलियो थाकियो भने आरामका साथ ढल्केर बस्न मिल्ने आरामदायी सिट भएको सुबिधा_सम्पन्न_अत्याधुनिक_हल मा कार्यक्रम हुने भएको हो। -१० जनाको ग्रुपमा आउने दर्सकहरु लाइ प्रोत्साहन स्वरूप १ टिकेट फ...