Advertisement
Advertisement

काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियो

Advertisement
Advertisement

८ असोज, काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।

विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको स्रोतले बतायो ।

स्रोतका अनुसार उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी छ । यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।

टिकास के हो ?

जहाजहरुको ककपिटमा ‘ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम– टीसीएएस’ (टिकास) हुन्छ । टिकासबाट पाइलटले आकाशमा उडिरहेका अरु जहाजहरु कति दुरीमा छन् र कति उचाइमा छन् भन्ने कुरा थाहा पाउँछ । यदि टिकासमा समस्या आए अरु जहाजहरुको पोजिसन थाहा हुँदैन ।

अर्को कुरा काठमाडौंबाट दमाम उड्ने जहाजहरु ३५/३६ हजार फिट उचाइमा उड्छन् । यदि टिकासमा समस्या आयो भने २९ हजार फिट भन्दा तलको उचाइमा उड्नुपर्छ । त्यसलाई रिड्युस्ड भर्टिकल सेपरेसन मिनिमा (आरभीएसएम) भनिन्छ । आरभीएसएममा छिर्न मिल्दैन । आरभीएसएम भनेको २९ हजारदेखि ४१ हजार फिटसम्म रहन्छ । लो लेभलमा उड्दा जहाजको इन्धन बढी खर्च हुने गर्दछ ।

त्यसैले नेपाल एयरलाइन्सको जहाज दमाम नपुग्दै डाइभर्ट भएको स्रोतले बतायो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×