प्रथम फारान युनाईटेड फुटसल कप -2023 ” को उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल
प्रथम फारान युनाईटेड फुटसल कप -2023 " को उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल
विशाल आवाज संवाददाता ,फारान युनाईटेड फुटबल क्लब ह्वासाङ्गको आयोजनामा सुवनमा सम्पन्न भएको " प्रथम फारान युनाईटेड फुटसल कप -2023 " को उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल भएको छ l
दक्षिण कोरियाको सुवन शहर स्थित खेङ्गी बोछोछाङ् फुटबल मैदानम़ा हिजो सम्पन्न फाइनल अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा जेछन फुटबल क्लबले फारान युनाईटेड फुटबल क्लबलाई 1 का बिरुद्ध 2 गोल गरि बिजय हासिल गरेको थियो l" बि" पोलबाट सेमीफाइनलम़ा मोक्पो फुटबल क्लबलाई पराजित गरि जेछन फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने " ए" पोलबाट तेह्रथुम फुटबल क्लबलाई पराजित गरि फारान युनाईटेड फुटबल क्लब फाइनल भिड्न्त सुरक्षित गरेको थियो l
आयोजक सहित 36 फुटसल टिमको सहभागिता रहेको उक्त फुटसल प्रतियोगिताम़ा बिजता जेछन फुटबल क्लबले नगद 35 लाख वन ट्रफि...









