रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर २८ मा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरिया स्थित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले सउलको नमस्ते रेष्टुरेन्ट मा सेप्टेम्बर २८ तारिख चौथो अधिवेशन गर्ने भएको छ।
"प्रवासमा रहेका रामेछापीहरु एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ" भन्ने मुल नारा लिएर सन् २०१६ मा स्थापित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो चौथो अधिवेशन गत सलनालमै गर्नु पर्ने भएता पनि विभिन्न कारणवस ढिला हुन गइ छुसकको पहिलो दिन नमस्ते रेष्टुरेन्टमा बेलुकी ५ बजे गर्ने निर्णय गरेको अध्यक्ष नबिन श्रेष्ठले जानकारी दिए।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका रामेछापी बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न ...
२७ भाद्र २०८०, बुधबार ०८:५७२७ भाद्र २०८०, बुधबार ०८:५७२७ भाद्र २०८०, बुधबार ०८:५७ by विशाल श्रेष्ठNo Comments
अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने
विशाल आवाज:प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तारमा अनवरत रुपमा सकृय सँस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन छुसकको अवसरमा बृहत् साहित्यमेला गर्ने भएको छ।
कार्यक्रम छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८, बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा रहेको हिमालय रेस्टुरेन्टको सभाहलमा गर्न लागिएको हो। नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुमा रचनाहरु वाचन हुनेछन् । कविहरु अजित उत्सव, सुनिल दिप्त राई र शकुन आँसुका दमदार कविताहरु वाचन हुनुका साथै गजलकारहरु ईश्वर दाहाल, निर्दोष शिव र स्पन्दन दिपकले मेहफिल तताउने पक्का छ। त्यसैगरि मुक्तक विधामा मुक्तककार त्रय आर पि सि संगम, रुशन सुवेदी र रामचन्द्र शर्माका चोटीला मुक्तकहरुले कार्यक्रमको ...
२६ भाद्र २०८०, मंगलवार ११:३१२६ भाद्र २०८०, मंगलवार ११:३१२६ भाद्र २०८०, मंगलवार ११:३१ by विशाल श्रेष्ठNo Comments
कोरिया आएको छ महिना मात्रै भएका तामाङको मृत्यु
यहि बर्ष फेब्रुअरी महिनामा कोरिया आएका २३ बर्षीय इन्द्र बहादुर तामाङको सेप्टेम्बर ११ तारिक साँझ 8:30 बजे छिगेछाले किचेर घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ ।
कोरियाको ख्यङसाननाम्दो स्थित इन्द्र बहादुर तामाङ्ग कार्यरत कम्पनीमा हाल १५ जना नेपाली कार्यरत छन ।दिनभरी काम गरेर साँझ 8:30 बजेतिर सरसफाई गर्ने क्रममा प्लाष्टिक फाल्न श्रीलंकन र इन्द्र बहादुर तामाङ्ग छिगेछा लिएर निस्किएका थिए । इन्द्रबहादुरले छिगेछा राम्रै चलाउने गरेको तर श्रीलंकनले छिगेछा ( गर्हौ सामान उठाउने गाडी ) (फोरक्लिप ) त्यति राम्रो नचलाउने गरेको कम्पनीमा कार्यरत नेपालीले बताएका छन ।
इन्द्र बहादुर छिगेछा लिएर निस्केको तर बिचमा पुगेपछी छिगेछ श्रीलंकनलाई चलाउन दिएका रहेछन । दुर्घटनामा के कसरी भएको थियो भन्ने स्पष्ट नभएपनी दुर्घटनामा पछि दुर्घटनाको प्रकृति हेर्दा उनी छि...
२६ भाद्र २०८०, मंगलवार १०:३३२६ भाद्र २०८०, मंगलवार १०:३३२६ भाद्र २०८०, मंगलवार १०:३३ by विशाल श्रेष्ठNo Comments
कास्की परिवार दक्षिण कोरियाको आठौं केन्द्रीय अधिवेशन सेप्टेम्बर २८ मा हुने
बोम्जन गुरुङ १२ सेप्टेम्बर २०२३, कोरिया:"संगठित समूह नै परदेशको सहारा हो" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको कोरियामा स्थापित कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन यही सेप्टेम्बर २८ तारिक सउल दोङ्देमुन स्थित नमस्ते रेष्टुरेन्टको सभाहलमा हुने भएको छ ।
दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध कस्केली तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको कास्की परिवारको सातौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष किशन क्षेत्रीले जानकारी दिए ।
सन् २००८ मा कोरियामा स्थापित कास्की परिवारको कोरियाभरि दुई शाखाहरु ख्यङ्साङ्नाम्दो र थेगु शाखा व...
२५ भाद्र २०८०, सोमबार ११:४४२५ भाद्र २०८०, सोमबार ११:४४२५ भाद्र २०८०, सोमबार ११:४४ by विशाल श्रेष्ठNo Comments
काभ्रे सम्पर्क समिति कोरियाको सातौ अधिबेशन छुसकको पहिलो दिनमा
विशाल आवाज:काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको सातौ अधिबेशन छुसकको पहिलो दिन सेप्टेम्बर २८तारिखको दिन यति रेस्टुरेन्ट एण्ड बार(सउल)मा हुने भएको छ।
"कोरियामा रहेका काभ्रेली एक हौ, प्रवासी भूमिको दु:ख सुखमा सहयात्री बनौ" भन्ने मुल नारा लिएर स्थापित सस्थाले स्थापना काल देखि नै कोरियाबासी काभ्रेली हरूको हरेक सुखदुखमा हातेमालो गर्दै आउनुका साथै विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ। संस्थाले कोरियामा औधोगिक दुर्घटना,गम्भीर रोगको बिरामी,शारीरिक तथा मानसिक रूपमा समेत जटिल समस्यामा परेका काभ्रेलीहरूको लागि आर्थिक सहयोग जुटाईदिने देखि धेरैको जीवन बचाईदिने परोपकारी कामहरू गर्दै आईरहेको छ।
स्थायि बासस्थान काभ्रेपलान्चोक जिल्ला भई हाल कोरियामा बसोब...
२५ भाद्र २०८०, सोमबार १०:४५२५ भाद्र २०८०, सोमबार १०:४५२५ भाद्र २०८०, सोमबार १०:४५ by विशाल श्रेष्ठNo Comments
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले महिला स्वयंसेविकालाइ प्रेसर नाप्ने उपकरण सहयोग गर्ने
विशाल आवाज:सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर महिला स्वास्थ्य स्वयंसेविका लक्षित सहयोग अभियान संचालन गरेको छ ।
“हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान” भन्ने मूल नाराका साथ स्थापित यस संस्थाले सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रेसर नाप्ने उपकरण सहयोगको लागी अभियान सुरु गरेको हो।
सिन्धुपाल्चोकको धेरै ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा प्रेसरका बिरामी चेकजांच गरी उपचार गराउनका लागी अपरिहार्य उपकरण (Aneroid Sphygmomanometer ) को अभावमा कैयौं बिरामी रोगको उचित पहिचान तथा उपचार हुन नसकेको देखिएको हुंदा उक्त उपकरण खरिद गरि स्वास्थ्य स्वंसेविका हरुलाई बितरण गर्नको न...
२५ भाद्र २०८०, सोमबार ०९:१२२५ भाद्र २०८०, सोमबार ०९:१२२५ भाद्र २०८०, सोमबार ०९:१२ by विशाल श्रेष्ठNo Comments
गिम्छन ,गुमि नेपाली समाजको प्रथम भेला सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गिम्छन ,गुमि नेपाली समाज दक्षिण कोरियाको गिम्छन् स्टेशन स्थित हिमालय रेष्टुरेन्ट मा आइतबार प्रथम भेला सम्पन्न भइ प्रकाश राइको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ।
"प्रबासमा पनि आफ्नोपन , नेपालीको लागि नेपाली मन!" भन्ने मुल नारा लिएर कोरियाको गिम्छन् सहरमा रहेका नेपालीहरु पनि सबै एकताबद्ध हुन पर्छ भन्ने भावनाका साथ राजेश चौधरी को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। प्रथम भेला वाट प्रकाश राको अध्यक्षतामा १९ जना कार्यसमिति सहित रोशन राइ संरक्षक र नवराज आचार्य,राजेश चौधरी अनि कृष्ण पंगेनी सहित ३ जना सल्लाहकार चयन भएका हुन् । कार्यसमिति निर्वाचित हुने हरुमा वरिष्ठ उपाध्यक्षमा सुरज बर्तौला , उपाध्यक्ष मा किरण दर्लामी, महिला उपाध्यक्षमा अनु लिम्बु,कोषाध्यक्षमा दिपक काफ्ले,सह कोषाअध्यक्षमा गोपाल राई,सचिबमा बेन...
२४ भाद्र २०८०, आईतवार १४:१८२४ भाद्र २०८०, आईतवार १४:१८२४ भाद्र २०८०, आईतवार १४:१८ by विशाल श्रेष्ठNo Comments
छुसकमा भिटेनले कोरियाको तिन सहरमा प्रस्तुति दिने
नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा छुसक को अवसरमा कोरियाको ख्वाङ्जु,सउल र जेजु गरि तिन शहरमा चर्चित र्यापर भिटेनको साथमा छुसक ग्राण्ड इभेन्ट हुने भएको छ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट" ले यसपाली कोरियन पर्व छुसक को अबसरमा यूवा पुस्तामाझ चर्चित गायक समिर घिसिङ अर्थात भिटेनको कोरियामा छुसक ग्राण्ड इभेन्ट गर्ने भएको हो। कोरियाका ख्वाङ्जु,सउल र जेजु गरि तिन शहरमा भिटेनको प्रस्तुति रहने आयोजकले जनाएको छ। भिटेनले सेप्टेम्बर २८ तारिकमा कोरियाको दक्षिणी शहर ख्वाङ्जुमा आफ्नो प्रस्तुती दिनेछन् भने लगत्तै भोलीपल्ट २९ तारिक कोरियाको राजधानी सउलमा र ३० तारिख जेजुमा आफ्नो प्रस्तुती दिनेछन् । ख्वाङ्जुमा डि एन्ड एस पब लाउन्ज सगको सहकार्यमा २८ तारिक साँझ ८:३० बजेबाट शुरु हुने छु...
२४ भाद्र २०८०, आईतवार १३:२१२४ भाद्र २०८०, आईतवार १३:२१२४ भाद्र २०८०, आईतवार १३:२१ by विशाल श्रेष्ठNo Comments
पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न दिपक केसीको नेतृत्वमा कार्यसमिति चयन
बोम्जन गुरुङ/दक्षिण कोरिया:कोरिया स्थित क्षेत्रीय संस्था पर्वत समाजको सेप्टेम्बर १० मा दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा चौथो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले दिपक केसीको नेतृत्व रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाकी महिला उपाध्यक्ष कमला केसीको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका कोषाध्यक्ष सरोज गुरुङको सहजीकरणसँगै सचिव जीवन पौडेलले प्रगति प्रतिवेदन र आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
अधिवेशनमा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, विशेष अतिथिहरु गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी, पर्वत समाज कोरियाका सल्लाहकार तथा NRNA-ICC सदस्य डा. रोशन...
२२ भाद्र २०८०, शुक्रबार १२:३२२२ भाद्र २०८०, शुक्रबार १२:३२२२ भाद्र २०८०, शुक्रबार १२:३२ by विशाल श्रेष्ठNo Comments
“MRR WEEKEND SHOW" माकोरियाको विद्यार्थि जिवनका अवसर र चुनौति सम्बन्धि अन्तरक्रिया कार्यक्रम
नेपाली युवा हरुको साझा समुह MRR (MENS ROOM RELOADED) को दक्षिण कोरिया स्थित MRR TEAM KOREA ले सम्पुर्ण नेपाली हरुलाइ मध्यनजर गरेर सन्चालन गर्दै आएको “MRR WEEKEND SHOW” को लागि यस पटक कोरियाको विद्यार्थि जिवनका अवसर र चुनौति सम्बन्धि जानकारी हरु दिने उद्देश्यका अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
नेपालीहरुका लागी वैदेशिक रोजगारको उत्कृष्ट गन्तब्य मुलुक मानिएको दक्षिण कोरिया पछिल्लो समय विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुको रोजाइमा पनि पर्न थालेको छ । कोरियामा केही समय अगाडीसम्म न्यून रहेका नेपाली विद्यार्थीको संख्यामा क्रमिक वृद्दि हुँदै गैरहेको छ । उसो त कोरियन सरकारले पनि विदेशी विद्यार्थीको संख्या बढाउन विभिन्न कार्यक्रमहरु संचालन पनि गरीरहेको छ ।
संख्या वृद्धी भएसंगै के साँच...