फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरद्वारा प्रथम नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने
फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरद्वारा प्रथम नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा रहेको 율북체육공원 मा अक्टोबर २९ तारिख प्रथम नेपाली कम्युनिटी भलिबल कप २०२३ हुने भएको छ।
खेङ्गिदो फ्यङथेक स्थित २०१२ सालमा स्थापना भई निरन्तर नेपाली दाजुभाईहरुको आपतविपतमा सहयोग हुँदै आइरहेको संस्था द्वारा आयोजित प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १३ लाख कोरियन वन प्राप्त गर्ने छन् भने र सेमिफाइनल पुग्ने २ टिमले ५/५ लाख वन र प्रमाणपत्र प्राप्त गर्नेछन्। अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर, उत्क...









