ब्लकबस्टर चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २)को कोरियाको अफिसियल राइट्स‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ संग दक्षिण कोरियामा चाढै नै बुकिङ खुल्ला गरिने
चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २) नेपाल लगायत दक्षिण कोरियामा पनि संगै प्रदर्शन हुने - कोरियामा चाडै बुकिङ खुल्ला गरिने
विशाल आवाज/दक्षिण कोरिया: - ब्लकबस्टर नेपाली चलचित्र पशुपति प्रसादको सिक्वेलको रुपमा रहेको बहुप्रतिक्षित चलचित्र पशुपति प्रसाद २ (भष्मे डन) को कोरियाको लागि अफिसियल राइट्स ‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ ले लिए संगै अब नेपालमा मात्र नभएर दक्षिण कोरिया लगायत विश्वभर एकैसाथ प्रदर्शन हुने भएको छ।
जय हो ,एक भगवत् गिता, भष्मे डन, दिमाग खराब लगायतका चलचित्र हरुले कोरियाको उडान भर्ने निश्चित
पछिल्लो समय दक्षिण कोरिया पनि नेपाली चलचित्रको बजारिकरणको हब बनिरहेको परिपेक्षमा पशुपति प्रसाद २ (भष्मे डन) ले पनि यहि विजयादशमीको अवसरमा दक्षिण कोरियाको उडान भर्ने निश्चित भएको हो। दक्षिण कोरियाको मार्केट सानो भएतापनि पछिल्लो समय नेपालमा प्रदर्शनमा आएका लगभग सबैजस...









