कोरियामा सेप्टेम्बर २८ देखि अक्टोबर ३ सम्म लगातार ६ दिन विदा दिने तयारी
कोरियन सरकारले आगामी अकटोबर २ तारिक मा सार्वजनिक विदा दिने तयारी गरिरहेको छ । सेप्टेम्बर २८ देखि अक्टोबर १ सम्म छुसकको विदा तथा अक्टोबर ३ मा कोरियाको राष्ट्रिय स्थापना दिवस अर्थात् खेछनजलकोबिदा रहेकाले बिचमा बाँकी १ दिनलाइ पनि बिशेष विदा निर्धारण गरि लगातार ६ दिने विदा दिनुपर्ने प्रस्ताव पेश भएको छ ।
कोरियाको सत्तारुढ पिपुल्स पावर पार्टीले गरेको यो प्रस्तावमा विपक्षी दलसंगको छलफलपछी बिदाको टुंगो लाग्नेछ । त्यसपछी राष्ट्रपतीले मन्त्रिपरिषद बैठकमा प्रस्ताव गरेपछी मात्रै पारित हुने छ ।
गोविन्द वानिया/कोरिया अपडेट/ कोरियन निउज एजेन्सी योन्हापवाट
@koreaupdate.np कोरियन सरकारले आगामी अक्टोबर २ तारिक मा सार्वजनिक विदा दिने तयारी गरिरहेको छ । #epsnepal #epskorea #koreaupdate #Koreanews #koreaholiday #Nepaliinkorea










