Advertisement
Advertisement

विदेशी कामदारको संख्या दोब्बर बनाउँदै कोरिया

Advertisement
Advertisement

विदेशी कामदारको संख्या दोब्बर बनाउँदै कोरिया

दक्षिण कोरियाली सरकारले देशको बढ्दो श्रमिक अभावलाई सम्बोधन गर्न उत्पादन, कृषि र सेवा जस्ता प्रमुख उद्योगहरूमा विदेशी कामदारहरूको संख्या दोब्बर बनाउने योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत यस वर्षको रोजगार अनुमति प्रणाली (E-9) को चौथो त्रैमासिकको लागि नयाँ कोटा थप १०,००० ले बढ्नेछ भने अर्को वर्ष अर्थात सन् २०२४ कोटा हालसम्मकै उच्च संख्यामा १२०,००० वा सोभन्दा बढी हुनेछ । 

कम जन्मदर र स्थानीय जनसङ्ख्या घटेका कारण कोरियाका विभिन्न कार्यस्थलहरुमा करिब २ लाख १३ हजार श्रमिकको माग रहेपनि यतिनै संख्यामा कामदार अभाव छ । 

यसअघि गैर-व्यावसायिक कार्य भिसा (E-9) लिएर दक्षिण कोरिया प्रवेश गरेका विदेशी कामदारहरूले चार वर्ष १० महिनासम्म काम गरेपछि पुनः स्वदेश फर्किएर पुन प्रवेशको प्रक्रिया गर्नुपर्थ्यो । अबको नयाँ प्रणालीले सिधै १० वर्षको अवधि बढाउनेछ । 

कोरियन कम्पनीहरुमा काम गरीरहेका विदेशी कामदार स्वदेश फर्कँदा वा पुन प्रवेशको अनुमति लिएर कोरिया आउँदासम्म खाली रहने स्थान र उक्त स्थानमा छोटो समयका लागी अन्य कामदार नपाउँदा रोजगारदाताहरुलाइ समस्या भैरहेको छ । यसैको समाधानका लागी कमिटेडको सिस्टम हटाइ लगातार १० बर्षसम्म बस्न पाउने कानुन बनाउन लागिएको छ ।

कोरियामा विदेशी श्रमिक अभाव हुनुको अर्को कारण कोरियाली रोजगारदाताहरुले राख्न पाउन विदेशी कामदारको सिमा पनी हो । यस योजनामा यो सिमालाइ बढाइएको छ । अब उत्पादन क्षत्रमा एउटै कम्पनीले १८ देखी ८९ जना सम्म विदेशी कामदार राख्न पाउनेछन् । जबकी यसअघी ९ देखी ४० जना मात्रै राख्न पाउने नियम थियो ।

त्यस्तै कृषिमा ४ देखी पच्चिसको सिमालाइ दोब्बर बनाएर ८ देखी ५० जनाको सिमा तोकिएको छ । 

कोरियाले कामदार अभावको दिर्घकालिन समाधानका लागी एक पटक कोरिया आइ रोजगार गरेका श्रमिकलाइ लामो समयसम्म कोरियामै राख्नका लागी भिसा तथा अध्यागमन कानुन समेत परिवर्तन गर्न लागेको छ । जसको उदाहरण हो अघिल्लो बर्षको तुलनामा १७ गुणा कोटा बढाइ ३५ हजार E7-4कोटा निर्धारण गर्नु ।

गोबिन्द बानियाँ/कोरिया अपडेट /एजेन्सि को सहयोग मा

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×