जापानमा अण्डाको भाउ आकाशिएर खानै नसकिने भयो
प्रमोद गिरी हिरोसिमा। हालैका केही महीनायता जापानमा अन्डाको भाउ निरन्तर बढिरहेको छ । हुन त अहिले जापानमा के चिज चाँहि सस्तो छ र ? भनेर तपाईको मनमा प्रश्न उठ्न सक्छ । हो, जापानमा अहिले महँगी दशकौंयताकै उच्च स्तरमा छ । तर अन्डाको मूल्य वृद्धिले अन्य सबै वस्तुको मूल्य वृद्धिलाई उछिनेको छ ।
चालु सिजनमा देशभरमा बर्डफ्लुको प्रकोपका कारण डेढ करोड भन्दा धेरै कुखुराहरु नष्ट गर्नु पर्यो । यसका कारण देशभरमा अन्डाको अभाव चरम देशभरमा अन्डाको अभाव चरम छ । भाउ आकाशिएर खानै नसकिने स्तरमा उक्लिएको छ । त्यसमाथि युक्रेनमा युद्धका कारण कुखुराको दाना बनाउन प्रयोग हुने अन्नको भाउ बढ्दा पनि अन्डाको भाउ झन झन बढ्दो छ
“एजेन्सी” को अनुसार टोकियोमा मझौला आकारको अण्डाको मूल्य यो महिनाको औसत प्रति किलोग्राम ३५० येन पुगेको छ । गएको वर्षको सोही अवधिको तुलनामा यो ६५ प्रतिशत धेरै हो । त्यति बेला यही आका...









