Advertisement
Advertisement

दक्षिण कोरियामा ८ ,जापानमा १५ सहित १ हजार बढि नेपाली बिदेशी जेलमा, ४१ जना मृत्युदण्ड कुर्दै

Advertisement
Advertisement

प्रमोद गिरी हिरोसिमा। बिदेशमा रोजगार, अध्ययन, व्यवसाय वा अन्य कारणले नेपालीहरु लाखौंको संख्यामा बर्षेनी जाने गरेका छन् । यसरी जाने नेपालीबाट दैनिक करोडौं रेमिट्यान्स देश भित्रने मात्र होइन हरेक महिना सयौं नेपालीको शव पनि स्वदेश फर्कन्छ । त्यो भन्दा बढि संख्यामा देश नर्फकाइएका नेपालीको शव विदेशमै सदगद हुने गर्दछ ।

यो बाहेक अर्को दुःखद र अँधेरो पाटो हो बिदेशी जेलमा रहने नेपालीहरु । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा नागरिकमध्ये एक हजार ३० जना हाल विदेशी जेलमा छन् ।

 

मानव अधिकार आयोगले सार्वजनिक गरेको आप्रवासी नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ मा सो संख्याका नेपाली विदेशी जेलमा रहेको तथ्यांक उल्लेख छ । आयोगले आर्थिक वर्ष ०७६२७७, ०७७२७८र ०७८२७९ को तथ्यांक संकलन गरेको थियो । आयोगको गत आवसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स ९युएई० मा दुई सय ६० नेपाली नागरिक जेलमा छन् ।

 

 

 मलेसियाको जेलमा दुई सय २३, कुवेतमा एक सय ६८, साउदी ८८, कतारमा ४५, थाइल्यान्डमा अरबमा एक सय ५३, हङकङमा २७, जापानमा १५, ल्हासामा १२, दक्षिण कोरियामा आठ र अन्य मुलुकका जेलमा ३१ जना रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

मलेसियाको जेलमा रहेका दुई सय २३ मध्ये ४६ जना प्रहरीको नियन्त्रणमा छन् । एक सय एकजनाको मुद्दा अन्तिम अवस्थामा पुगेको छ । अदालतबाट दोषी ठहर भएका ६९ जना विभिन्न जेलमा छन् । सातजना जेल सजाय पूरा गरी मलेसियाको डिटेन्सन सेन्टरमा छन् । जेलमा रहेकामध्ये ८९ जना नेपालीलाई फौजदारी मुद्दा लागेको छ ।

 

 ५९ जनामाथि मलेसियाको इमिग्रेसन नियम तोडेको मुद्दा लागेको छ । २८ जनालाई कम्पनीको नियम तोडेको मुद्दा लागेको छ । २३ जनालाई हत्या र दुईजनालाई जनालाई हत्या र दुईजनालाई अपहरणको मुद्दा लागेको छ । सातजनालाई अन्य विभिन्न मुद्दा लागेको प्रतिवेदनमा उल्लेख छ ।

 

आयोगले विभिन्न मुलुकका दूतावासलाई पत्राचार गरी नेपाली नागरिकको अवस्थाबारे तथ्यांक संकलन गरेको थियो । पत्राचार गरेको दूतावासमध्ये २७ वटाले मात्रै प्रतिक्रिया दिएको प्रतिवेदनमा उल्लेख छ ।

 

दूतावासले दिएको प्रतिक्रिया अनुसार कुवेतको जेलमा रहेकामध्ये ४३ जना महिला छन् । ५१ जना जेलमा छन्, ८३ जना डिटेन्सन सेन्टरमा र ३४ जना प्रहरी हिरासतमा छन् । साउदी अरबको जेलमा रहेकामध्ये तीनजनाले मृत्युदण्ड सजाय पाएका छन् ।

 

 

थाइल्यान्डको जेलमा रहेकामध्ये तीनजना महिला छन् । उनीहरूलाई लागुऔषध ओसारपसारको मुद्दा लागेको छ । उनीहरूलाई थाइल्यान्ड,कम्बोडिया, लाओस, भियतनामका दलालले थाइल्यान्ड पुऱ्याएको प्रतिवेदनमा उल्लेख छ । साथै, इजरायलमाकेयर गिभर भिसामा गएकी सुनसरीकी जमुना पनि जेलमा परेकी छिन्। उनलाई दूतावासले संरक्षण प्रदान गर्ने भएको छ । 

 

 

विभिन्न मुलुकको जेलमा परेका नेपाली नागरिकमध्ये ४१ जनालाई मृत्युदण्ड सजाय दिइएको मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ।

 

आयोगमा प्राप्त दूतावासको प्रतिक्रिया अनुसार साउदी अरबमा २४ जनाले मृत्युदण्ड सजाय पाएका छन् । मलेसियामा १४, युएईमा दुई र कतारमा एकजनाले मृत्युदण्डको सजाय 

पाएका छन् । विदेशका विभिन्न जेलमा परेको नेपाली नागरिकले कानुनी उपचार पाउँदैनन।

 

विभिन्न आरोपमा जेल परेका नेपालीले आफ्नोतर्फबाट सम्बन्धित मुलुकको अदातलमा मुद्दा लड्न वकिलसम्म नपाउने गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार जेलमा परेकामध्ये ७.२ प्रतिशतले मात्रै कानुनी उपचार पाउने गरेका छन् ।

 

दूतावासले दिएको जानकारी अनुसार साउदी अरबस्थित जेलमा परेका नेपालीलाई कानुनी उपचारका लागि सहयोग गरेको थियो।

 

इजरायलस्थित नेपाली दूतावासले एकजना पीडितलाई सहयोग गरेको जानकारी दिएको आरोपितलाई सहयोग गरेको प्रतिवेदनमा छ । बेलायतले तीनजना रसियाले तीन, मलेसियाले आठजनालाई सहयोग गरेको बताएका छन् । जब कि ९३ प्रतिशतले भने कुनै कानुनी उपचार पाएका छैनन् ।

 

आयोगको प्रतिवेदन अनुसार कतिपय नेपाली नागरिक अपराधविनै जेलमा पर्ने गरेका छन् । कतिपय कानुनी उपचारमा पहुँच नहुँदा अनाहकमा सजाय भोगिरहेका हुन्छन् ।

 

चेतना र सम्बन्धित मुलुकको कानुन थाहा नहुँदा सामान्य गल्तीमा पनि नेपाली जेलमा पुग्ने गरेको प्रतिवेदनमा उल्लेख छ । तर, उनीहरूका तर्फबाट कसैले पनि कानुनी लडाइँ नलडिदिने हुनाले निर्दोष कामदारले सजाय हुनाले निर्दोष कामदारले सजाय भोगिरहेका हुन्छन्।

 

जापानको जेलमा १५ जना नेपाली रहेको प्रतिवेदनमा उल्लेख भएपनि कस्ता मुद्दामा कहाँको जेलमा रहेको उल्लेख छैन । साथै के, कति दण्ड सजाय पाएका छन् तथा कानुन उपचारमा दूतावास वा नेपाल सरकारबाट सहयोग पाए नपाएको विषयमा पनि प्रतिवेदनमा केहि उल्लेन नभएका पाइनुले सरकारी निकायबाट उनिहरुले सहयोग नपाएको देखिन्छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×