नेपालले दिएको उपहार देवशिला राम जन्मभूमि पुगेपछि नेपाली झण्डा फहराउने को हुन् यी युवा ?
काठमाडौं । कालीगण्डकी नदीबाट दुई वटा देवशिला भगवान राम जन्मभूमि अयोध्या पुगेको छ ।
देवशिला भारतको उत्तरप्रदेशस्थित अयोध्याको श्रीराम भूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गर्नुअघि नेपाली झण्डा फहराउँदै देवशिलालाई लगिएको थियो । राम मन्दिर निर्माण भइरहेको अयोध्यामा सीतालाई समेत समेट्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो ।
सीताविना राम अधुरो हुने भएकाले अयोध्यामा सीता जन्मभूमि नेपाललाई समेटिएको हो । सीताविना राम अधुरोजस्तै नेपालविना भारत अधुरोजस्तो सन्देश अयोध्याले दिएको छ । गोरखपुरदेखि अयोध्यामा फहराइएको नेपाली झण्डाले यसलाई स्पष्ट पार्छ ।
अयोध्यामा नेपाली झण्डा फहराउने युवा हुन्, विकाशकुमार ठाकुर । नेपाली कांग्रेस सर्लाही ...









