Advertisement
Advertisement

नेपालले दिएको उपहार देवशिला राम जन्मभूमि पुगेपछि नेपाली झण्डा फहराउने को हुन् यी युवा ?

Advertisement
Advertisement

काठमाडौं । कालीगण्डकी नदीबाट दुई वटा देवशिला भगवान राम जन्मभूमि अयोध्या पुगेको छ ।

 

देवशिला भारतको उत्तरप्रदेशस्थित अयोध्याको श्रीराम भूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गर्नुअघि नेपाली झण्डा फहराउँदै देवशिलालाई लगिएको थियो । राम मन्दिर निर्माण भइरहेको अयोध्यामा सीतालाई समेत समेट्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो ।

 

सीताविना राम अधुरो हुने भएकाले अयोध्यामा सीता जन्मभूमि नेपाललाई समेटिएको हो । सीताविना राम अधुरोजस्तै नेपालविना भारत अधुरोजस्तो सन्देश अयोध्याले दिएको छ । गोरखपुरदेखि अयोध्यामा फहराइएको नेपाली झण्डाले यसलाई स्पष्ट पार्छ ।

 

अयोध्यामा नेपाली झण्डा फहराउने युवा हुन्, विकाशकुमार ठाकुर । नेपाली कांग्रेस सर्लाही जिल्ला सदस्य ठाकुरले नेपालीहरूको शिर ठाडो हुनेगरी अयोध्यामा नेपाली झण्डा फहराएका हुन् ।

 

ठाकुरले फहराएको झण्डासहितको तस्बिर नेपालीमाझ लोकप्रिय रुटिन अफ नेपाल बन्द फेसबुकले सार्वजनिक गरेको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतमा नेपालको झण्डा फहराएको क्षणमा गौरव गरेका छन् ।

 

‘मेरो देशको झण्डा अरुको देशमा फर्फराउँदा यो मन आन्न्दित भो’ गणेश जिसीले लेखेका छन् । रिचाले ‘एक देश र अर्को देशबीचको सम्मान दर्सायो’ भनेकी छन् ।

 

क्रिस क्षेत्रीले ‘मेरो देशको झन्डा उठायौ त्यसमै खुसी लाग्यो’ भनेका छन् । अर्जनु बोहोराले अब जनकपुर अयोध्या एक्प्रेस रेल सञ्चालन गर्नुपर्ने धारणा राखेका छन् ।

 

नेपाल–भारतका जनताबीच हार्दिकता ल्याउनेगरी झण्डा फहराएका ठाकुर नेपाल फाउण्डेसनका अध्यक्ष पनि हुन् । उनी धार्मिक पर्यटन प्रवर्द्धनमा पनि सक्रिय छन् । ठाकुरले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत भेटेर राम सीता जोड्न अयोध्यामा नेपाल हाउस बनाउनुपर्ने धारणा राखेका थिए ।

 

आदित्यनाथले निःशुल्क भोजन र बसोबास हुनेगरी नेपाल हाउस बनाउन अयोध्या स्मार्ट सिटीको कामअघि बढाउने घोषणा गरेका छन् ।

 

नेपालको धार्मिक पर्यटनलाई भारतसहित विश्वका विभिन्न देशमा प्रवर्द्धन गर्नेगरी नेपाल फाउण्डेसन चलाइरहेका ठाकुर सामाजिक सेवामा पनि सक्रिय छन् । सर्लाहीबाट प्रतिनिधित्व गर्ने ठाकुरले राजनीतिमा भइरहेका विकृति विसंगतिविरुद्ध पनि आवाज उठाइरहेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×