Advertisement
Advertisement

‘छोरालाई अस्पतालमा छोडेर केही बेर बाहिर निस्किएको थिएँ, महाप्रलयजस्तै भयो’

Advertisement
Advertisement

बीबीसी। सबै अभिभावकका लागि यो भयानक दुःस्वप्नजस्तै हो। सन्तान बिरामी भएपछि तपाईँ तिनलाई अस्पताल लैजानुहुन्छ र भर्ना गर्नुहुन्छ। त्यसपछि तपाईँ निश्चिन्त बनेर सास फेर्नुहुन्छ र केही मिनेटका लागि बाहिर निस्कनुहुन्छ।

 

ठिक त्यस्तै परिस्थितिमा सिरियाको इड्लिब प्रान्तका पत्रकार इस्माइलको जीवनमा अकल्पनीय घटना भयो।

 

स्थानीय समयानुसार बिहानको ४:१८ बजे टर्कीमा केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको विनाशकारी भूकम्प आयो। उक्त भूकम्पले सिरियामा उनी भएको ठाउँका सबै संरचना “दुई मिनेटसम्म नराम्रोसँग” हल्लाइदियो।

 

“त्यसपछि भुइँचालो झन् शक्तिशाली बन्दै गयो,” उनले मसँग स्पष्ट आवाज नआइरहेको टेलिफोन कुराकानीमा भने। “बिजुली गयो र अस्पालको सिसाको प्रवेशद्वार भत्किन थाल्यो।”

 

उनले १५० मिटर पर अवस्थित दुईवटा आवासीय भवन भत्किरहेको देखे। तर अकस्मात् अँध्यारो भएकाले उनी किंकर्तव्यविमूढ भए। “त्यो महाप्रलयको दिनजस्तै थियो,” उनी भन्छन्, “मैले अब आफ्नो छोरालाई भग्नावशेषबाट उद्धार गरेर निकाल्नुपर्छ भन्ने कल्पना गर्न थालेँ।”

 

त्यसको केही मिनेटपछि उनले छोरा मुस्ताफा दौडिएर चिच्याउँदै आफूतर्फ आइरहेको देखे। उनले हातबाट सलाइन दिने पाइप चुँडाएका थिए र कुहिनोबाट रगत बगिरहेको थियो।

लगभग एक घण्टासम्म कोही पनि भत्किएका भवनसम्म पुग्न सकेन। उनीहरूले बिजुली गएको र इन्टरनेट नचलेको कारणले गर्दा सिभिल डिफेन्स यूनिटलाई गुहार्न सकेनन्।

 

अल-दाना टर्कीको सीमानजिकै छ। त्यहाँ विपक्षीको नियन्त्रण छ। सरकारी उद्धारकर्ताहरू नहुँदा प्रायः आपत्कालीन अवस्थामा सबैभन्दा पहिला सिभिल डिफेन्स यूनिटका सुरक्षाकर्मीहरू आइपुग्छन्।

 

केही घण्टापछि इस्माइल इड्लिब प्रान्तका विभिन्न ठाउँमा परिस्थितिको मूल्याङ्कन गर्न निस्किए। उनले भने, “क्षतिको तह निक्कै उच्च छ।”

“सिरिया सरकार वा रुसी फौजको गोलाबारीमा परेका क्षेत्रहरू नै सबैभन्दा धेरै प्रभावित भएका छन्।”

 

सन् २०११ को सिरियाली आन्दोलन क्रूर गृहयुद्धमा परिणत भएको थियो। त्यहाँको सत्ताले रुसको सहयोग पाएर विद्रोहीनियन्त्रित क्षेत्रमा बमबारी गरेको थियो।

कुनै पक्षको पनि हारजित नभई त्यो अन्त्य भयो। अहिले पश्चिमोत्तर सिरियाको कुनै भाग विद्रोही पक्षको त कुनै भाग दमास्कसको नियन्त्रणमा छन्।

 

इस्माइलले अलेपोको उत्तरतिर रहेको अतारेब नगरमा दर्जनौँ घरहरू भत्किएको पनि देखे। “साधनहरूको अभावले गर्दा कैयौँ भवन र टोलमा उद्धारटोलीहरू पुग्न सकेका छैनन्,” उनले भने।

 

डा. ओसामा सालौम सिरियन अमेरिकन मेडिकल सोसाइटी (साम्स) फाउन्डेशनमा काम गर्छन्। उक्त संस्थाले पश्चिमोत्तर सिरियामा विपक्षीहरूको नियन्त्रणमा रहेका कैयौँ स्थानका अस्पतालहरूलाई सहयोग गर्दै आएको छ।

 

“भूकम्प गएको केही घण्टामा नै म अतारेबको साम्स अस्पतालमा पुगेको थिएँ। म त्यहाँबाट निस्कँदा ५३ जनाको ज्यान गइसकेको थियो। मैले घाइतेहरूको सङ्ख्या गन्न सकिनँ।”

 

उनले अहिलेसम्म उक्त अस्पतालमा मात्रै १२० जनाको ज्यान गएको बताए। डा. सालौमका अनुसार यस्ता विपद्सँग जुझ्न अस्पतालहरूमा पर्याप्त स्रोत र साधन हुँदैन।

 

“भग्नावशेषबाट उद्धार गरिएका अधिकांश व्यक्तिहरूमा गहिरो चोट लागेको छ जसलाई अत्याधुनिक उपकरणको प्रयोग गरी विशेष किसिमको उपचार गर्नुपर्ने आवश्यकता छ।”

उनले अतारेब अस्पतालसँग एउटा मात्रै सीटी स्क्यान उपकरण रहेको बताए।

 

अधिकांश सहयोग टर्कीबाट भित्रिन्छ र त्यहाँ सीमामा कडा जाँच हुने गरेको छ। टर्की आफैँले भीषण मानवीय सङ्कट भोगेको अवस्थामा विपक्षीनियन्त्रित सिरियाका क्षेत्रमा कस्तो सहयोग पठाइएलान भन्ने स्पष्ट छैन। “यदि अहिलेका उपलब्ध स्वास्थ्य सामग्री सकियो भने हामी समस्यामा पर्नेछौँ,” डा. सालौमले भने।

 

भूकम्पबाट सरकारी नियन्त्रणमा रहेका उत्तरका क्षेत्रहरू पनि प्रभावित भएका छन्। पहिलो नामबाट आफूलाई चिनाउने आया शेफ हुन्। भूकम्प आउँदा उनी लाटाकियास्थित आफ्नो पुर्ख्यौली गाउँमा थिइन्।

 

छब्बीस वर्षकी उनी आफ्नी आमा र परिवारका अन्य सदस्यहरूसँगै सुतिरहेको बेला बत्ती गयो। “म ओछ्यानबाट उठेँ, तर मलाई आफू किन ब्युँझिएँ भन्ने थाहा थिएन।”

 

उनले आफ्ना परिवारका अन्य सदस्यहरू नउठेसम्म आफूले केही थाहा नपाएको बताइन्। उनको घर मूल सडकनजिकै छ र घरभरि सिसाका झ्यालहरू छन्।

 

“भूकम्प यति शक्तिशाली थियो कि हामी हलचल गर्न सकिरहेका थिएनौँ।” त्यो बेला एक ठाउँमा सबै जना बसेको उनले बताइन्।

 

उनकी आमालाई पार्किन्सन्स रोग छ। उनी ज्यादै नै डराइरहेकी थिइन्। “म आफैँ स्तब्ध भएकी थिएँ अनि हल्लिन पनि सकिरहेकी थिइनँ। मैलै कसरी पर्खालहरू यता र उता हल्लिरहेका छन् भनेर हेरिरहेँ।”

 

लाटाकियामा नै बस्ने २६ वर्षकी हानिनले उनका गाउँका पुरुषहरूले पालहरू गाढेको र बर्सातबाट जोगिने प्रयास गरेको बताइन्। यस्ता पालहरू अन्तिम संस्कारका क्रममा शोक मनाइरहेका परिवारहरूलाई राख्न टाँग्ने गरिन्छ। त्यसले हानिनलाई दुःखी बनाएको छ।

 

गाउँमा रहेकी उनकी आमा सुरक्षित छन् तर हानिनलाई गहिरो आघात परेको छ। उनले भनिन्, “म आफ्नी बहिनीलाई जोगाउन लागौँ कि आफू पहिले घर छाडौँ भन्नेमा प्रष्ट छैन। मैले उनलाई सोध्न पनि सकिरहेकी छैन।” घर फर्किनुअघि उनीहरूले स्थानीय बेकरीमा आश्रय लिएका थिए।

 

आँधी चलिरहेको समयमा आफ्नी आमा र बहिनीहरूका लागि आश्रयस्थल वा ट्याक्सी समेत नपाएकी आया अन्तत: दमास्कस पुगेकी छन्। उनका अनुसार उनको परिवार लाटाकियास्थित घर फर्किन सक्नेमा उनी ढुक्क हुन सकेकी छैनन्। “हामीले युद्ध खेप्यौँ र सन् २०१२ मा घर छाड्न बाध्य भयौँ,” उनले भनिन्।

 

उनले थपिन्, “भूकम्पको समयमा मैले गरेको अनुभूति युद्धको समयको भन्दा ज्यादै भिन्न थियो। त्यो क्षणमा मैले मेरो वरपरका सबै थोक समाप्त हुन्छ भन्ने महसुस गरेँ,” उनले भनिन्।

 

“मैले आमा वा बहिनीहरू गुमाउन सक्थे। मलाई भारी र गाह्रो भइरहेको थियो।”

 

सुरक्षित रूपमा दमास्कस पुगे पनि पूर्ण सहयोग प्राप्त भइसकेको छैन। उनलाई घण्टौँसम्म अप्ठ्यारो अनुभव भइरह्यो र भुइँचालो अझै आइरहेको छ।

 

एक दशकभन्दा लामो गृहयुद्ध सम्झिँदै उनले भनिन्, “त्यो घाउ फेरि बल्झिए जस्तै थियो। एउटा ठूलो घाउ बिस्तारै निको भइरहेको थियो, तर त्यो पुनः बल्झिएको छ।”

 

डा. सालौमलाई पनि यो विपद्ले विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी अलेपोमा भीषण आक्रमण हुँदाका दिनहरू सम्झाइदिएको छ। “मैले मृत्यु ज्यादै नजिक रहेको अनुभव गरेँ। मैले भवन र ढुङ्गाहरू खसिरहेको सुनेँ।”

 

भूकम्प जानासाथ सबैतिर निकै कोहालह सुनिएको र मानिसहरूले सहयोगको याचना गर्दै चिच्याएको उनले बताए। “के भइरहेको थियो त्यो मैले बुझ्न पनि सकिनँ। त्यो ज्यादै कठिन दिन थियो। अनि यो समाप्त हुने छाँट देखिँदैन,” उनले भने।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?Dobrý den, jmenuji se Martin Novák a dnes se s vámi podělím o své ...

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×