गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न
बोम्जन गुरुङ२० अगष्ट २०२३, कोरिया/कोरिया स्थित प्रादेशिक संस्था गण्डकी प्रदेश समाजको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थापनाको छोटो अवधिमा हालसम्मको गतिविधिबारे स्पष्ट गराउँदै आगामी कार्यदिशाबारे केन्द्रित रहेर दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
समाजका अध्यक्ष प्रविण गिरीको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय अध्यक्ष विनोद कुँवर, विशेष अतिथिहरुमा NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, प्रदेशको आफ्नो मातहतमा रहेका जिल्लाका अध्यक्षहरु, विभिन्न क्षेत्रीय, जातीय, राजनैतिक र शैक्षिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र अन्य शुभचिन्तकहरु अतिथिको रुपमा उपस्थित थिए ।
...
२ भाद्र २०८०, शनिबार ०६:०९२ भाद्र २०८०, शनिबार ०६:०९२ भाद्र २०८०, शनिबार ०६:०९ by विशाल श्रेष्ठNo Comments
MRR TEAM KOREA ले "MRR WEEKEND SHOW" गर्ने पहिलो एपिसोडमा E7-4 भिषा बारे जानकारी दिने कार्यक्रम
गोविन्द बानियाँ/दक्षिण कोरिया: नेपाली युवा हरुको साझा समुह MRR (MENS ROOM RELOADED) को दक्षिण कोरिया स्थित MRR TEAM KOREA ले दक्षिण कोरिया मा अबस्थित नेपाली हरुलाइ मध्यनजर गरेर "MRR WEEKEND SHOW" गर्ने भएको छ।
पछिल्लो समय कोरियामा रहेका नेपालीहरुको सबैभन्दा चासोको बिषय भनेको E-7-4 भिसा हो । यस्को बारेमा जानकारी दिन सामाजिक संजालहरुमा धेरैजना नेपालीहरु हुनुहुन्छ । उहाँहरुमाझ दिनहुँ अनेक प्रश्नको ओइरो लाग्ने गर्दछ भने यता यस भिसाप्रति चासो राख्नेको संख्या बढेको बढ्यै छ । उसो त रोजगार अनुमति प्रणालीअन्तर्गतको भिसाको अवधि बढीमा १० बर्ष हुने गर्छ । त्यसभन्दा बढी समय कोरिया बस्न मन लागे भिसा परिवर्तन गर्नुपर्छ । परिवार संगै ल्याउन पाइने, मन लागेसम्म भिसाको म्याद थप गरेर बस्न सकिने र यस भिस...
३१ श्रावण २०८०, बुधबार १३:२३३१ श्रावण २०८०, बुधबार १३:२३३१ श्रावण २०८०, बुधबार १३:२३ by विशाल श्रेष्ठNo Comments
KTM 2 SEOUL द्वारा JB BANK KAMALAको प्रस्तुति नेपाली चलचित्र "जय हो" सुवन सो अगस्ट २७ मा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया सरकार वाट मान्यता प्राप्त KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीको मातहतमा JB BANK KAMALA ले अगस्ट २७ तारिख आइतबार का दिन नेपाली चलचित्र 𝐉𝐚𝐲 𝐇𝐨 प्रदर्शन गर्ने भएको छ।
आगामी भदौ ८ गतेबाट नेपाल र विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको टेक पौरखी राईद्वारा निर्देशित शोभित बस्नेतको फिल्म ‘जय हो’ दक्षिण कोरियाको सुवन मा भने अगस्ट २७ तारिख आइतबारका दिन 경기도 수원시 팔달구 행궁로 88 남문 로데오아트홀 (SUWON STATION EXIT NO 9 बाट 9,9-1,10,13,13-4. नम्बर बस चढेर FAMILY WOMEN'S HALL मा झर्ने ) मा प्रदर्शन हुने भएको छ।
केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय रहेको फिल्म हेर्न सिट सिमित भएकाले जतिसक्दो चाँडो सिट रिजर्भ गर्न💵 𝐄𝐚𝐫𝐥𝐲 ...
३१ श्रावण २०८०, बुधबार १२:१९३१ श्रावण २०८०, बुधबार १२:१९३१ श्रावण २०८०, बुधबार १२:१९ by विशाल श्रेष्ठNo Comments
रामेछाप सम्पर्क समिति दक्षिण कोरिया द्वारा छात्रवृत्ति प्रदान
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासमा रहेका रामेछापीहरु एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ" भन्ने मुल नारा लिएर सन् २०१६ मा स्थापित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले रामेछाप जिल्लाको ८ वटै स्थानीय तहका प्रत्येक स्थानिय तह वाट २/२ जना गरि १६ जना गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाइ शैक्षिक छात्रवृत्ति वितरण गरेको छ।
"प्रवासी एकता आजकाे आवश्यकता ,सामाजिक सेवामा हाम्रो प्रतिबद्धता। दुर्गम र शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोगार्थ" भन्ने उद्देश्यले सन् २०१९ मा रामेछाप सम्पर्क समितिले दोलखा समाज दक्षिण कोरिया र सिन्धुपाल्चोक समाज दक्षिण कोरिया संग सहकार्य गरेर मङ्गोलियन हार्ट सांगीतिक धमाका २०१९ कार्यक्रम भब्यताका साथ सम्पन्न गरि कार्यक्रमबाट आएको नाफावाट १५ लाख रुपैयाँ रामेछाप सम्पर्क समितिले सबैको सरसल्लाह र छलफलबाट उक्त र...
३० श्रावण २०८०, मंगलवार ०५:४७३० श्रावण २०८०, मंगलवार ०५:४७३० श्रावण २०८०, मंगलवार ०५:४७ by विशाल श्रेष्ठNo Comments
SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्यूद्वारा शुभकामना सन्देश
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: दक्षिण कोरिया मा अध्ययनरत नेपाली बिधार्थी हरु को साझा संस्था नेपाली बिधार्थी समाज दक्षिण कोरिया (SONSIK) को २६ र २७ मा हुन गइरहेको २० औँ साधारण सभा तथा SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि नेपालका वर्तमान प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल "प्रचण्ड" ज्यूद्वारा SONSIK को नाममा शुभकामना सन्देश दिइएको छ।
सोनसिक १९ औ कार्यसमितिले आउदो अगष्ट मा हुने २०औ बार्षिक साधारण सभामा विमोचन गर्ने गरि ”सोनसिक स्मारिका“ प्रकाशन गर्दैछ यस्को लागि नेपाल तथा विश्वभरि छरिनु भएका जो कोही सृजनशील व्यक्तित्वहरूले आफ्ना लेख रचनाहरु (लेख, कथा, कविता, निबन्ध, मुक्तक, गजल तथा साहित्य विधाका कुनैपनि रचनाहरू) doc.sonsik@gmail.com ईमेल एड्रेस मा अगष्ट १०, २०२३ (साउन २५,...
२९ श्रावण २०८०, सोमबार १५:०३२९ श्रावण २०८०, सोमबार १५:०३२९ श्रावण २०८०, सोमबार १५:०३ by विशाल श्रेष्ठNo Comments
नेफिन जेजुको अध्यक्षमा पुनःगजिन हाङस्रोङ, २९ औ विश्व आदिवासी दिवस भव्यरुपमा सम्पन्न
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरिया जेजु शाखाको दोश्रो अधिवेशन वाट अध्यक्षमा गजिन हाङस्रोङ निर्वाचित भएका छन्। जेजु प्रान्तको 제주특별자 치도 제주시 명신 1 길 11 (KCTU ) को हलमा सम्पन्न २९ औ विश्व आदिवासी दिवस २०२३ तथा नेफिन जेजु शाखाको अधिवेशन वाट गजिनको अध्यक्षतामा २३ सदस्यिय नया कार्यसमिति चयन गरिएको हो।
विभिन्न जातीय मौलिक परिकारको स्वाद सँगै स्थानिय कलाकारहरुको मौलिक सांस्कृतिक तामाङ समुदायको म्हेन्दो माया नाच,लिम्बु समुदायको धान नाच लगायत व्यापकरुपमा प्रस्तुत गरिएको कार्यक्रममा र्याली पनि गरिएको थियो। कार्यक्रम मा नेफिन कोरिया दक्षिण कोरियाको कार्यबाहक अध्यक्ष शुभराज बोम्जनको प्रमुख अतिथी तथा जनजाति महासंघ बुशान शाखाकि अध्यक्ष परि गुरुङ विशिष्ट अतिथि लगायत नेपाल तामाङ...
२८ श्रावण २०८०, आईतवार १४:००२८ श्रावण २०८०, आईतवार १४:००२८ श्रावण २०८०, आईतवार १४:०० by विशाल श्रेष्ठNo Comments
अब KIIP अर्थात 사회통합프로그램 पढ्न शुल्क तिर्नुपर्ने
गोबिन्द बानियाँ/दक्षिण कोरिया:कोरियामा बसोबास गरिरहेका विदेशी नागरीकहरुको कोरियन भाषाको दक्षता अभिवृद्धी तथा कोरियन समाजसंग घुममिल हुन उपोयोगी होस् भन्ने उद्धेश्यले कोरियाको अध्यागमन विभागले निशुल्क रुपमा कोरियन भाषाको कक्षा संचालन गर्दै आएको थियो ।
जसलाइ कोरियनमा साह्वेथोङ्हाप प्रोग्राम भन्ने गरिन्छ । ० देखी ५ लेवलसम्म जम्मा ५१५ घन्टाको कक्षा संचालन हुने यस कार्यक्रममा यो भन्दा अगाडी यस किसीमको भाषा अध्ययनका लागी कोरियन भाषाको ज्ञान परिक्षण गर्ने साजनफ्यङ्गा अर्थात लेवल टेस्टका लागी शुल्क लिएपनी भाषा अध्ययन गरेको शुल्क भने लिने गरेको थिएन ।
देशभरका ३४१ वटा कक्षा संचालन गर्ने इन्स्टिच्युटबाट संचालन हुँदै आएको कार्यक्रमप्रति विदेशी नागरीकहरुको रुचि बढ्दै गएपछी आगामी बर्षदेखी भने श-शुल्क कक्षा संचालन गर्ने सुचना सार्वजनिक भएको छ ।...
२८ श्रावण २०८०, आईतवार १३:२९२८ श्रावण २०८०, आईतवार १३:२९२८ श्रावण २०८०, आईतवार १३:२९ by विशाल श्रेष्ठNo Comments
छुसकको सेप्टेम्बर २९ मा हुने "आँधीखोला साँगीतिक सौगात ६" को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सगरमाथा हामी नेपालीको माथ,विपतमा सधैं स्याङजालीकोसाथ " भन्ने मुल नारा लिएर सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा "आपतकालिन राहत कोष स्थापना सहयोगार्थ" आयोजना गर्न लागेको "आँधीखोला साँगीतिक सौगात ६" को पोष्टर सार्वजनिक पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
चर्चित राष्ट्रिय कलाकार हरु प्रमोद खरेल,रामजी खाँड, शर्मिला गुरुङ, समिक्षा अधिकारी,मेक्सम गौडेल, घनश्याम रिजाल,चिना थापा,मिलन गुरुङ, अस्मिता राना लगायतले माहोल तताउने
सउल दोङ्देमुन स्थित निक नेपाल थाइ रेष्टुरेन्टको को सभाहलमा आयोजित पोष्टर सार्वजन...
२८ श्रावण २०८०, आईतवार १२:४६२८ श्रावण २०८०, आईतवार १२:४६२८ श्रावण २०८०, आईतवार १२:४६ by विशाल श्रेष्ठNo Comments
उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण महर्जन
विशाल आवाज/दक्षिण कोरिया:कोरियाको उल्सान स्थित नेपालीहरुको साझा संस्था उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । उल्सान स्थित Ulsan Immigrants Association हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट कृष्ण महर्जन अध्यक्ष रहने गरि २३ सदस्यीय संरचनाको कार्यसमिति गठन भएको हो ।
समाजका अध्यक्ष लोकेन सुवेदीको सभाध्यक्ष र समाजका संस्थापक अध्यक्ष विनोद चाँपागाईका प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष कृष्ण महर्जन को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा रा.स्व.पा. ग्याङ्साङ्नाम्दोका अध्यक्ष तेजेन्द्र सिंह, उल्सान माइगे्रन्ट एसोसीयसनका प्रमुख 장정화, ख्यंजु नेपालि एकता समाजका अध्यक्ष रोशन बोहरा ले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्घोषण अनि...
२८ श्रावण २०८०, आईतवार १२:०२२८ श्रावण २०८०, आईतवार १२:०२२८ श्रावण २०८०, आईतवार १२:०२ by विशाल श्रेष्ठNo Comments
छुसकको सेप्टेम्बर ३० मा हुने"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सुर्योदय र हरियाली ईलामेली पहिचान,पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार नेपालका चर्चित राष्ट्रिय कलाकारुको साथमा जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजना गर्न लागिएको"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
"चर्चित राष्ट्रिय कलाकार हरु एकदेव लिम्बु,प्रकाश सपुत,रचना रिमाल लगायतले माहोल तताउने"
सउल दोङ्देमुन स्थित निक नेपाल ट्राभल को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था लगायत पत्रकार हरुको बाक्लो उप...