Advertisement
Advertisement

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

 बोम्जन गुरुङ२० अगष्ट २०२३, कोरिया/कोरिया स्थित प्रादेशिक संस्था गण्डकी प्रदेश समाजको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थापनाको छोटो अवधिमा हालसम्मको गतिविधिबारे स्पष्ट गराउँदै आगामी कार्यदिशाबारे केन्द्रित रहेर दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

समाजका अध्यक्ष प्रविण गिरीको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय अध्यक्ष विनोद कुँवर, विशेष अतिथिहरुमा NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, प्रदेशको आफ्नो मातहतमा रहेका जिल्लाका अध्यक्षहरु, विभिन्न क्षेत्रीय, जातीय, राजनैतिक र शैक्षिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र अन्य शुभचिन्तकहरु अतिथिको रुपमा उपस्थित थिए ।

संस्थागत तर्फबाट सृजना तिवारीले कास्की पोखरामा रहेको मेडिप्लस अस्पताल र ओम अस्पतालसँग सहकार्य गर्दै गण्डकी प्रदेश समाजले अबको केही हप्तामै अनलाईन मार्फत् नि:शुल्क स्वास्थ्य परामर्श सेवा दिइने तयारी रहेको बताउँदै र गण्डकी प्रदेशको सदस्यता प्राप्त गरेका सदस्य र परिवारमा समेत उल्लेखित अस्पतालहरुबाट उपचारको विभिन्न शिर्षकमा छुट र सहुलियत दिइने गरी कार्यक्रम तर्जुमा गरिने जानकारी गराएकी थिइन् । 

गण्डकी प्रदेशको मातहतमा रहेको स्याङ्जा परिवारले आगामी छुसक सेप्टेम्बर २९ मा आयोजना गरिने आँधीखोला सांगीतिक सौगात -६ को बारेमा पोष्टर प्रचार प्रसार समेत गरिएको थियो । स्याङ्जा परिवारको केन्द्रीय सल्लाहकार तथा गण्डकी प्रदेशको उपाध्यक्ष नर कुमार गुरुङले गण्डकी प्रदेश स्थापना भएपछिको आफ्नो मातहतमा रहेको जिल्लाहरु मध्येको पहिलो बृहत् सांगीतिक कार्यक्रम रहेको बताउँदै सबैबाट सहयोगको आग्रह गरेका थिए । स्याङ्जा परिवारको केन्द्रीय अध्यक्ष भक्त थापाले छुसकमा मनोरञ्जनको पूरा प्याकेजको लागि ब्यापक तयारी भइरहेको बताउँदै सहयोग सङ्कलन कार्यले तीव्रता लिएकोले कार्यक्रम सफल हुनेमा विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विनोद कुँवरले आफ्नोपन र अपनत्वलाई अझ मजबुत बनाउन गण्डकी समाजले गर्दै आइरहेको भूमिकाको खुलेर प्रशंसा गर्दै शुभकामना व्यक्त गरे । अन्य वक्ताहरुले पनि आफू सम्बन्धित संस्थागत जानकारी सहित जिल्लाहरुसँग सहकार्य र समन्वयमा प्रतिबद्धता व्यक्त गरे । सो कार्यक्रममा वक्ताहरुले गण्डकी प्रदेशभित्र एतिहासिक, राजनैतिक र शैक्षिक क्षेत्रमा मात्र नभएर कला, साहित्य, संगीत, संस्कृति र प्राकृतिक रुपमा उत्तिकै धनी रहेको बताउँदै निकट भविष्यमा विभिन्न थप योजना, कार्यदिशाबारे स्पष्ट खाका तथा योजना बनाउनुपर्ने धारणा राखेका थिए ।

गण्डकी प्रदेश समाजले कार्यक्रम मार्फत् आफ्नो संस्थागत गतिविधिलाई थप जागरुक र चलायमान बनाउने उद्धेश्यले आयोजना गरेको कार्यक्रमले अतिथहरुबाट महत्वपूर्ण राय, सुझाव र सल्लाह संकलन गर्ने काम भएको र त्यही अनुरुप समाजको स्पष्ट कार्यदिशा अगाडि बढ्न प्रेरणा मिलेको र आफूहरु प्रतिबद्ध रहेको गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरीले बताउँदै सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरे । 

समाजका महिला उपाध्यक्ष प्रगती पन्थ पौडेलको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा उपाध्यक्ष देवी गौतमले संस्थागत प्रगति विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव विदुर शर्माले गरेका थिए । गण्डकी प्रदेश समाजभित्रका विशेष व्यक्तिहरुलाई सम्मान कार्यक्रम समेत जोडिएको सो कार्यक्रमलाई सफल बनाउन उपस्थित आमन्त्रित अतिथिहरु, गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्लाका अध्यक्ष सहित कार्यसमिति परिवार , सल्लाहकार समूह , बौद्धिक र प्रबुद्ध वर्ग, दाजुभाई, दिदीबहिनीहरु र शुभचिन्तक महानुभावहरुमा आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×